जयनाथ यादव
लहान, १४ साउन । धुलो र हिलोमुक्त सडक बनाउँने लक्ष्य लिएपनि सिरहाको लहान ठाडीं सड़क खण्डको आवस्था जर्जर छ ।
लहानको लोकमार्ग र ठाडीभन्सार जोड़ने नाकाको यो सडकमा पैदल हिडन समेत नसक्ने अवस्था छ । पिचमार्गसम्म सजिलो भएपनि भगवानपुरदेखि ठाडीसम्मको सडक जर्जर रहेपनि सरोकारवाला निकायको ध्यान त्यसतर्फ नगएको स्थानीयको गुनासो छ ।
स्थानिय व्यापारी बलरामप्रसाद गुप्ताको(बल्लु)ले यहांको सड़क निकै खराब छ । पैदल हिडने अवस्था पनि छैन गाड़ी आउने कुरै भएन । वडा अध्यक्ष र गाउंपालिका अध्यक्ष लाई कति पटक भने केही जवाब आएन अध्यक्ष आउछ हेर्छन् जान्छ तर कुनै वास्ता गर्दैन । प्रहरी चौकी र बरी भन्सार कार्यालय व्यपारी केन्द्र रहेपनि सडकको अवस्था नाजुक छ । गाडीहरुको आवत जावत नभएकोले व्यपारमा समस्या खेप्न बाध्य छु ।
सोही ठाउंका युवा दुर्गानन्द साहले यो ठाडी बजारको चौबाटो हो तर यहां रोडको अवस्था पानी भरीएको छ । गाउंपालिकाको अध्यक्ष खाली ठुलाठुला गफ दिन्छ । ४ लेनको रोड बन्छ १०० दुरी लिन्छ ’दिनमा सपना देखाउने कुरा मात्र गर्छ ।’ अब सड़क कसले बनाउछ कुनै कुरा स्पष्ट छैन हामी स्थानिय अन्योलमा परेको छ । सम्बन्धित निकाय कार्यालय आखांमापटी कानमा तेल हालेर बस्दा स्थानियबासी हिलो धुलोको समस्या खेप्न बाध्य छन् । भगवानपुर गाउंपालिकाको अध्यक्ष बेचन प्रसाद यादवका अनुसार सडकको हाल यस्तो हुनुमा सड़क डिभिजन कार्यालय लहान डिईको लापर्वाही हो । पटक पटक भन्दा रोडको सम्बन्धमा केही चासो राखेन टेन्डर भईसकेछ आज हुन्छ भोली भनेर बच्चा जस्तो ठग्ने काम मात्र गरयो । सिडियोलाई डिईको बारेमा भने पछि टुक्रा ईटा खसाएर अझै सड़कलाई बिग्रादियो सड़क विभागले आवत जावत अझै कठिन नै भयो यो सब सड़क विभाग डिईको बदमासी हो ।
गाडीहरु फसेपछि म राती राती जेसीबी पठाउछु । गाउंपालिकाले नै ५—६ किमी सड़क बनाउछ भने सड़क विभाग के गर्छ । उसको काम म नै गर्छु भने उसको काम के हो मेरो काम उसले गर्छ तरपनि दिन रात सहयोग गर्छु । सड़क डिभिजन कार्यालय लहानको डिई कुरा नबुझने जस्तो गर्छन् ।
सड़क डिभिजन कार्यालय लहान डिई रबिन्द्रलाल दासले ०७६।०७७ को आर्थिक वर्षमा लहान ठाडी रोडमा बजेट नै छुटयाएको थिएन तरपनि मैलै आफ्नो रिक्समा सड़क मर्मत गराए ताकी गाड़ी चलोस । पहिला पनि सडकको हाल जर्जर थियो तर काम सुरु नहुने कारण बजेट थिएन । एक प्रदेश साँसदले त्यसमा बजेट दिहाल्नु तब त्यतिखैर चर्चा भयो तर संचालनमा आएन । इस्टिमेट नै असारमा भयो । अब टेन्डर लागिसकेको छ । रोडमा अहिले पानी जमेको छ सुकेपछि ग्रेडर मागाएर काम सुरु गरिदिन्छु उनले बताए ।