नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jan 27, 2018
विकासको विरोध गर्ने लहानमा कांग्रेसको बानी बनेको छ, उहांहरुलाई आग्रह छ मिलेर जाऔं ः मेयर साह
 लहान, १३ माघ । लहान नगरपालिकाका मेयर मुनी साहले ‘नगरस्तीय र वडागरी हरेक वडामा जनसंख्या तथा भौगोलिक दृष्टिले बजेट विनियोजित गरिएको’ बताउंनुभयो । आज लहान नगरपालिकाले पत्रकार सम्मेलनमा बजेट सार्वजनिक गर्दै मेयर साहले ‘म विकास कामलाई प्राथमिकता दिन खोज्दा जहिले पनि कांग्रेसले विरोध गर्दै आएको छ । र, अहिले संघीय समाजवादी फोरम पनि कांग्रेसीको पछिपछि लागेको छ ।’‘ म त भन्छु सबै मिलेर जाऔं, लहानलाई सुन्दर नगरी बनाऔं ।’ बताउंनुभयो । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताले हामीले पनि विकासका कल्पना गरिएका संग्रहालय, चिडियाखाना, डिजिटल युग अनुसारको प्रविधिहरुको स्थापना गर्ने जुन लक्ष्य लिएको हो त्यो सराहनीय र महत्वपूर्ण रहेको बताउंनुभयो । 
सिरहाको लहान नगरपालिकाको पहिलो नगरसभाले आर्थिक बर्ष ०७४।०७५ का लागि रु.१ अर्ब ४७ करोड भन्दा बढीको बजेट बिनियोजित गरेको छ ।  नगरसभाबाट पारित नीति कार्यक्रम ताथा बजेटको निर्णयहरु सार्वजनिक गर्न आज विहान आयोजित पत्रकार सम्मेलनमा  नगरपालिकाका प्रमुख मुनि साहले नगरसभाबाट चालु आर्थिक बर्ष ०७४।०७५ का लागि १ अर्ब ४७ करोड २७ लाख ४० हजार ३२७ रुपैयाको बजेट पारित भएको जनाए ।
नगरप्रमुख साहका अनुसार आयतर्फ आन्तरिक श्रोतबाट १० करोड ४४ लाख ९३ हजार ३ सय २७, राजस्व बाँडफाँड (रजिष्टेशन तर्फ) बाट १ करोड, अन्य आयबाट १२ करोड नेपाल सरकारबाट ५८ करोड ३१ लाख ४७ हजार, प्रदेश सरकारबाट ४ करोड २० लाख, नेपाल सरकारबाट विशेष अनुदानबाट ४० करोड, सडक बोर्डबाट ५५ लाख, इएफएलजीबाट ४६ लाख, जनसहभागिताबाट ३० लाख र बैंक तथा दातृ निकायबाट २० करोड गरी रु.१ अर्ब ४७ कारेड २७ लाख ४० हजार ३२७ रुपैयाँको  अनुमान गरिएको छ । 
यस्तै व्यय खर्चतर्फ २७ करोड ४४ लाख १३ हजार, सेवा खर्चतर्फ ५ करोड ३७ लाख ३५ हजार ५ सय, वित्तीय व्यवस्थापनतर्फ ५ लाख,  निर्माणतर्पm ५ करोड करोड ९० लाख १५ हजार, समाजिक निर्माण खर्चतर्फ १ अर्ब ८ करोड ५० लाख ९१ हजार ८ सय २७ रुपैयाँ बिनियोजन गरिएको नगरप्रमुख साहले पत्रकार सम्मेलनमा जानकारी दिए । नगरसभाले लहान नगरपालिकाभित्र घण्टाघर, नगरसभा हल, डिजिटल वाचनालय, वा संग्रहालय, टाउन प्लानिङ, चिडियाघर,पूरानो बजारलाई स्मार्ट सिटीमा परिणत गर्नेसँगै नयाँ बजार र चोकका बजारहरुलाई आकर्षक बजारमा परिणत गर्ने योजना पारित गरेको जनाइएको छ । 


यस्तै लहान नगरको नमुना सडक निर्माण, लगभग १७ देखि १८ किलो मिटरसम्म कालो पत्रे र कच्ची सडकमा ग्राभेल गर्ने, बृद्धआश्रम सेफ हाउस, दलित, गरिब बिपन्नलाई घरबाटो प्रमाणित सेवा शुल्कमा ५० प्रतिशत छुट दिने जस्ता जनप्रिय निर्णय लिइएको प्रमुख साहले बताए । उता, कांग्रेस र संघीय समाजवादी फोरमले अलगै पत्रकार सम्मेलन गरेर बजेटको अपव्याख्या गरेको छ ।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी