नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jan 13, 2018
मान्छेले आंटे जस्तोसुकै काम गर्न सक्छन् ः धुर्मुस
 लहान, २९ पुष । धुर्मुस सुन्तली फाउण्डेशनका संस्थापक सीताराम कट्टेलले शुक्रबार सिरहाको लहानमा सन नेपाल लाइफ इन्स्योरेन्सको लहान शाखा उद्घाटन गर्दै ‘मान्छेले आंटे जस्तोसुकै काम गर्न सक्छन् ।’ ‘यो जीवन बीमा गरेर सामाजिक र पारिवारिक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने’ बताएका छन् । 
सन नेपालका ब्रान्ड एम्बेस्डर समेत रहेका धुर्मुसले यतिबेला नेपाली वित्तीय बजारमा बीमा क्षेत्रको पहँुच अर्थात् कभरेज मात्र ७ प्रतिशत रहेको उहांले यसलाई दोब्बर बनाउंन यस इन्स्योरेन्सले आफ्नो सक्रियता देखाउंने बताउंनुभयो । 
धुर्मुसले भूकम्प पछिको पुर्ननिर्माणका क्रममा काभ्रे जिल्लाको पहरी गाउंका भुकम्प पीडित २० परिवारका लागि भुकम्प प्रतिरोधी २० घर निर्माण, सिन्धुपाल्चोकको गिरानचौरको भुकम्प पीडित तामांङ गाउंमा ६६ आवासिय घर तथा महोत्तरीको बर्दिबास स्थित मुसहर बस्तीमा मानवता र सद्भावका लागि अपांग, बालमैत्री ५३ घरको एकीकृत नमुना मुसहर बस्ती निर्माण सम्पन्न गरिसकिएको बताउंनुभयो । उहांले ‘रौतहटको सन्तनगरमा बाढीपीडितको लागि ६ करोडमा निर्मित वस्ती माघ २१ गते हस्तान्तरण गर्ने बताउंनुभयो ।
हाल यस बिमा कम्पनीले सीमित भुक्तानी सार्वधिक जीवन बीमा योजना, सार्वधिक लघु जीवन बीमा योजना र वैदेशिक रोजगार जीवन  बीमा   योजना सञ्चालन गर्ने भएको छ । कार्यक्रमका सभाध्यक्षता सन नेपालका सिइओ राजकुमार अर्यालले गर्नुभएका थिए भने सन नेपालका महाप्रबन्धक कमलराज गौतम, नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति दिनेश्वर गुप्ता, पत्रकार महेश सिंहलगायतले शुभकामना  मन्तव्य राख्नुभएका थिए । 
यसैबीच शीतलहर पीडित सिरहाको धनगढीमाई –१३, भर्लेनीका एक सय २५ परिवार सदाय (मुसहर) तथा दलित परिवार र गोलबजार नपा १० धोवीयाधारका ६० परिवार सदायहरुलाई सीताराम कट्टेल ‘धुर्मुस’ ले कम्बल वितरण गरेका हुन् ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता