नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jan 07, 2018
सुखिपुर नगरपालिकाको ३९ करोडबढीको बार्षिक बजेट सार्वजनिक
  लहान २३ पुष । सिरहाको सुखीपुर नगरपालिकाले आर्थिक बर्ष २०७४।०७५ का निम्ति ३७ करोड ९५ लाखबढीको बजेट विनियोजित तथा कार्यक्रम सार्वजनिक गरेको छ । 
‘राम्रो नगर हाम्रो पहिचान, सफा नगर सुखिपुरको अभियान’ भने मुल नाराका साथ सुखिपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०७४।७५ का बजेट पारित गरेका छन् ।
सो बजेट आज एक कार्यक्रमबीच पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ भने पुष २१ गते सम्पन्न प्रथम नगरसभाबाट उक्त बजेट सुखिपुर नगरपालिकाले  निर्णय गरेको हो । सुखिपुर व्यपार संघमा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाले ३७ करोड ९५ लाख ८५ हजार ९ सय ८१ रुपैयाँ ९१ पैसाको बजेट तथा कार्यक्रम पारित गरिएको जानकारी गराएका छन् । 
बजेटमा विकास पूर्वाधारमा जोड नगर सभाले चालु आर्थिक वर्षका लागि पारित बजेट तथा कार्यक्रममा कृषि, शिक्षा र विकास पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । सुखिपुर नगरपालिकाले पुंजिगत सुधार तथा सार्वजानिक निमार्ण खर्च १७ करोड तैतिस लाख ८ हजार ४ सय अठहत्तर रुपैया ७० पैसा , वडा स्तरिय योजना तथा कार्यक्रमहरु ६ करोड तिस लाख र समाजिक सुरक्षा तथा वाल पोषणको लागि ४ करोड तिरसठी लाँख तिस हजार लगायत विभिन्न शिर्षकमा सैतिस करोड पन्चान्वे लाँख ८५ हजार नौ सय एकासी रुपैया एकान्नवे पैसा विनियोजन गरेको पत्रकार भेटघाट कार्यक्रममा नगरपालिकाका नगर प्रमुख रामअवतार यादबले सार्वजनिक गरेका छन् । नगरपालिकाले चालु आ.व.मा नगरपालिका क्षेत्र भित्रका मुख्य सडक खण्डमा सोलारवती तथा दबै तिर रुख र ढल निकास कार्य, सडक छेउमा रहेका घर टहरा, आदी हटाई सार्वजानिक जग्गा व्यवस्थापन गर्ने , बालबालिकालाई बिधालय नपठाउने अभिभावकलाई नगरपालिकाबाट पाउने सुविधाबाट बञ्चित गर्ने तथा बृद्धाभत्ता प्रत्येक वडा मार्फत घरघरमा पुर्याउने नगरपालिकाका प्रमुख यादबलले जनाएको छ । कार्यक्रम संचालन प्रशासकीय अधिकृत राजकुमार दासले गर्नु भएका थिए । स्वागत मन्तव्य नगरपालिका लेखापाल रुद्र सुवेदीले गर्नुभएका  थिए  भने  नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति दिनेश्वर गुप्ताले  धन्यवाद तथा शुभकामना मन्तव्य राख्नु भएका थिए । नवसंग्राम दैनिक ।

चिसो छल्न विष्णुपुरमा कम्बल वितरण
सोनु मिश्र
लहान २३ पुष । विष्णुपुर गाउंपालिकाले विपन्न दलित गरिबलाई चिसो छल्न कम्बल उपलब्ध गराएका छन् ।  तीन सय बिपन्न गरिब घर परिबारलाई सिरहाको बिष्णुपुर गाउँपालिकाले  एक कार्यक्रमबीच सो कम्बल उपलब्ध गराएका छन् । 
केहि दिन देखि बढीरहेको चिसोका कारणले गरिब घर परिबारलाई राहत स्वरुप गाउँपालिका प्रमुख जागेश्वर यादबले कम्बल बितरण गरेको छ । गाउँपालिकामा रहेको ५ वटै वाडामा रहेको ७५ वर्ष नाघेको बुद्धा, दलित, अपाङ्ग, सुत्केरी महिला र असहाय बालबालिका (विपन्न व्यक्तिहरु) लगायत करिब ३०० घर परिबारलाई कम्बल बितरण गरेको र सोही गाउँपालिकामा रहेको ईलाका प्रहरी कार्यालयल बिष्णुपुर लगायतकालाई समेत बितरण गरेको अध्यक्ष यादवले जानकारी गराएका छन् । यसरी आफुहरूले जाडोमा बाच्नका लागि पहिलो पटक कम्बल पाएकोले आफु निकै खुसिभएको झौली महतोले बताए । आफुहरूलाई राहतको थप सामग्रिहरू उपलब्ध गराइदिनहुन उनिहरुले अध्यक्ष यादवलाई आग्रह समेत गर्नुभयो । उक्त वितरण कार्यक्रम बिष्णुपुर गाउँपालिकाका नवनिर्वा्चित अध्यक्ष जागेश्वर यादवको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादवको प्रमुख आतिथ्य तथा ५ वटै वडाका नवनिर्वा्चित वडा अध्यक्ष लगायत इलाका प्रहरी कार्यालय बिष्णुपुरका इन्चार्ज विश्वनाथ महतो, स्थानीय बुद्धिजिवी, समाजसेवी, पत्रकारहरुको उपस्थितमा कम्बल वितरण गरिएको बिष्णुपुर गाउँपालिकाका कार्यकारी अधिकृत राम प्रमोद यादवले बताएका छन् । नवसंग्राम दैनिक ।

कुपोषण हटाउंन सिरहामा एकीकृत व्यवस्थापन कार्यक्रम
रामनारायण पंडित
लहान २३ पुष । कुपोषण हटाउन सिरहामा शिघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएको छ । गएको भदौमा मधेशमा आएको बाढीको चपेटामा परेका बालबालिकाहरुको दृष्टिगत गर्दै सिरहामा कुपोषण हटाउन शिघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा. चुमनलाल दासले बताए ।
बाढीका कारण पोषणमा परेका असरलाई सम्हाल्नका लागि कार्यक्रम संचालन गरिएको उनले बताए । उनले भने सानो बच्चा भएका दुध चुसाउने आमा र बच्चाहरुमा बाढीका कारण पोषणमा असर परेकोले न्युट्रिसियन इन ईमरजेन्सि भन्ने कार्यक्रम ल्याईएको छ । मिर्चैयामा संचालित सिध्र कुपोषण एकीकृत ब्यबस्थापन कार्यक्रम सम्बन्धि स्वास्थ्यकर्मीहरुको प्रशिक्षणको क्रममा प्रमख डा. दासले सिरहामा गरिएको क्विक एसिस्टेन्ट अध्ययन अनुसार १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा रहेको बताए ।
उनले भने, अहिले जिल्ला भित्रको अवस्था हेर्दा कडा खालको कुपोषित बालबालिका १५ प्रतिशत रहेको छ, जबकी देशभरीमा १० प्रतिशत र प्रदेश नम्बर २ मा १४.४ प्रतिशत बालबालिकाहरु कडा कुपोषणको मारमा रहेका छन् । गर्भवती महिलामा पोषणयुक्त खानाको अभाव, कामको अत्यधिक बोझ, आरामको अभाव र पारिवारिक बेवास्ताका कारण बालबालिकामा कुपोषणको अवस्था पनि भयावह देखिएको छ । कार्यक्रम अन्तर्गत जिल्लाका बिभिन्न स्थानमा सर्वोतम पिठो बाड्एिको छ भने कतिपय स्थानहरुमा बाड्ने क्रम जारी रहेको उनले बताए । 
त्यस्तै, आमाहरुलाई तयारी खाना बितरण गर्ने, बच्चाहरुको पाखुराको नाप र वजन लिने काम भइरहेको समेत उनले बताए । ग्रामीण भेगका गरिब तथा दलित समुदायका बच्चा खान नपाएर कुपोषणग्रस्त छन् भने शहरी भेगमा सन्तुलन मिलाएर खुवाउने चेतनाको कमीले कुपोषित रहेका प्रमुख डा.दासको भनाई रहेको छ । उनले भने ५ बर्ष सम्मका बालबालिकामा गरिएको अध्ययनमा कुपोषण ग्रस्त बच्चाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा असर पुगेको, उमेर अनुसार तौल र उचाई नबढेको पाईएको छ, तसर्थ, कुपोषित बच्चालाई सुपोषित बनाउन अभियान संचालन गरिएको छ । 
कार्यक्रम अन्तर्गत जिल्ला भरीका महिला स्वास्थ्य स्वयंसेविकादेखि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई कुपोषण व्यवस्थापन र उपचारका बिषयमा तालिम दिईरहेको समेत प्रमुख डा. दासले स्पष्ट गरे । ढिलै भएपनि सिरहा जिल्लाको लागि यो धेरै राम्रो कार्यक्रम रहेको कार्यक्रमका प्रशिक्षक रामानन्द पंडितले बताए ।
उनले भने  यस्तो कार्यक्रम हुनै पर्ने हो, सिरहा जिल्लामा धेरै बच्चाहरु कुपोषित भएका छन्, बच्चाहरुलाई कुपोषित हुन नदिनका लागि स्वास्थ्य कार्याकर्ताहरुको माध्यमबाट सहजिकरण गर्नुपर्छ । यो समस्या खासगरि गरिबी र अशिक्षाका कारण भएकोले बुझाउन सके सजिलै संग कम गर्न सक्ने प्रशिक्षक पंडितले दाबी गरे ।
युनिसेफ र डब्ल्युएफपीको आर्थिक सहयोग, युके एड, रिपब्लिक फ्रान्सिस, ग्लोबल हेल्थ एलाईन्स नेपाल, नेपाल पब्लिक हेल्थ फाउन्डेसन, अस्ट्रेलियन एडको समन्वय र जिल्ला स्वास्थ्य कार्यालय सिरहाको संयोजनमा कार्यक्रम संचालित रहेको प्रमुख डा. दासले बताए । नवसंग्राम दैनिक ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता