नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
स्थानीय समाचार :
Nov 10, 2017
उपभोग्य बस्तुको सहि मूल्य निर्धारण गर्न सरकार समेत असक्षम
  लहान, २३ कात्तिक । खाद्यसाधनको गुणस्तरीयतामा जोड दिन व्यवहारिक अनुगमन र निरिक्षणतर्फ ध्यान दिई सम्पूर्ण गुणस्तरहीन खाद्य पदार्थबाट  प्रयोगकर्तालाई सचेत बनाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । राष्ट्रिय उपभोक्ता मन्च सिरहा लहानको आयोजनामा आज लहानमा उपभोक्ता जागरण कार्यक्रममा सहभागीहरुले अवैध बजारीकरणलाई निराकरण गर्न विभिन्न सरोकारवाला संघसंस्थालाई प्रभावकारी कार्यान्वयन गर्नेतर्फ जोड दिनका लागि कार्यक्रम उपयोगी रहेको बताएका थिए ।
उपभोग्य बस्तुको सहि मूल्य निर्धारण गर्न सरकार समेत असक्षम देखिएको भन्दै सहि मुल्य निर्धारण नहुँदा उपभोत्ताले समेत सहि मूल्य तिर्न नसकेको सहभागीहरुले बताएका थिए । अहिले उपभोक्ता मूल्य, गुणस्तर र नापतौलमा ठगीरहेका र बनेका नियमहरु कानुनमा सिमित रहँदा उपभोत्ता मर्कामा परेको बताए । 
उत्पादन, मिसावट, ढुवानीसहितको अवस्थामै सहि मूल्य निर्धारण हुन नसकेको भन्दै सहभागीहरुले उपभोत्ता हरेक ठाउँमा ठगिएको र नियमनकारी निकायपनि मुकदर्शक मात्र बनेको स्पष्ट पार्नुभयो । उपभोत्ता अधिकारकर्मीहरुले पटक–पटक यस विषयमा कुरा उठाएपनि सम्बोधन हुन नसकेको अवस्था छ । 
बजारमा न्युन गुणस्तरिय बस्तु बिक्रीवितरण भैरहेको तर प्रभावकारी अनुगमन हुन नसकेको भन्दै ठगी गर्नेलाई उचित कारबाहि हुन नसक्दा उल्टो व्यापारी र व्यवसायीको मनोवल बढेको र ठगी कार्य झन मौलाएको सहभागी व्यक्ताहरुको भनाई थियो । व्यवसायीहरुमा उपभोत्ताको हित सम्बन्धी कुरा हराउँदै गएको छ । कार्यक्रममा उपभोक्तको अधिकार,उत्पादकको दायित्व र उपभोक्ताको कर्तव्र्यबारे जानकारी समेत गराइएको थियो । कार्यक्रममा सहभागीहरुले उपभोक्ता सचेत हुनुपर्ने भन्दै म्याद सकिएका उपभोग्य वस्तुको पहिचान गर्न सक्नुपर्ने बताएका थिए । 
कार्यक्रमका प्रमुख अतिथी सोमप्रसाद भट्टराईले उपभोक्ता ठगिन नदिन प्रशासन सक्रिय रहेको बताउँदै अनुचित सामान बिक्री नगर्न व्यवसायीहरुसँग आग्रह गर्दै म्याद गुज्रेका सामानहरु बिक्री नगर्न पनि सचेत गराउंनुभयो ।  
उपभोक्ता मंचका सिरहा अध्यक्ष रमानन्द गुप्ताका सभाध्यक्षतामा भएको सो कार्यक्रममा उपभोक्ता मंचका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन, उपभोक्ता मंचका नविन झा, गोविन्द सुवेदी, गीता चौधरी, घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख राजेन्द्रलाल कर्ण, साल्ट ट्रेडिगं लहानका प्रमुख जितेन्द्र साह, मानव अधिकार संगठन सिरहाका अध्यक्ष राजकुमार राउत, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ता, उद्योग वाणिज्य संघका कोषाध्यक्ष करिम, संचारकर्मी अनुपम झालगायत पांच दर्जनबढी सहभागी रहेको थियो । 

डुबेर सुखिपुरमा महिलाको मृत्यू
लहान, २३ कात्तिक । सिरहाको सुखीपुर नगरपालिका–१० दैहीपौडी बस्ने ४० वर्षीया अस्लानीदेवी यादवको उनकै घर नजिकैको पोखरीमा नुहाउने क्रममा बिहीबार डुबेर मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । उता, सोलुखुम्बुको दुधकौशिका गाउँपालिका २ बस्ने अन्दाजी ६५ बर्षिय गर्भ बहादुर राई बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सोलु काकु घर भइ हाल सोही ठाउँका नबराज कार्कीको जग्गामा काम गरेर बस्ने राईलाई विहान ९ बजेतिर स्थानियले बारीमा मृत अवस्थामा फेला पारेका थिए । घटनास्थलमा जिल्ला प्ररही कार्यालय सोलुखुम्बुबाट प्रहरिको टोली  खटिगई थप अनुसन्धान भइरेहको  उक्त कार्यालयले जनाएको छ ।

स्थानीयतहमा कृषिका सवालमा छलफल 
रामसेवक राम
लहान,२३ कात्तिक । राष्ट्रिय कृषक समूह महासंघ नेपाल वडा कार्य समिति लहान १८ र  १९ मा नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई एवम स्थानिय तहका कृषिका सवालहरुमाथी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । 
राष्ट्रिय कृषक समूह महासंघ नेपालद्धारा केएर नेपालको सहयोगमा संचालित  खाद्य अधिकार परियोजना अन्र्तगत पर्ने वडा महासंघको अध्यक्ष  गंगाराम महतोका अध्यक्षतामा नव निर्वाचित जन प्रतिनिधिहरुलाई माग पत्र वडा अध्यक्ष मो.समसेरलाई हस्तान्तरण गरि दर्ता गराएका छन् ।


मो.समसेर– लहान १८ भदैयामा सबै भन्दा पहिले कृषिमा ५०% प्रतिशत कृषि बजेट विनियोजन गरी सामुहिक खेती ,करार खेती ,पशुपालन , निर्वाहमुखि खेतीबाट व्यवसायिक खेतीतर्फ उन्मुख गराई युवाहरुलाई स्वोरोजगारको व्यवस्था मिलाउछु । सबै कृषक , साना महिला किसानहरुको जिवनमा परिर्वतन गर्ने कुरा प्रतिबद्धता व्यक्त गर्नु भएको छ । योजनाबद्ध तरिकाले भुमिगत सिंचाई,सतही सिंचाई र कृषि विधुतीकरणको व्यवस्था  मिलाउने ,साथै तत्काल विधुत नपुगेको स्थानमा सोलार सिचाईको व्यवस्था गर्ने भुवनेस्वर महतो–युवा किसानहरुको लागि तरकारी खेती ,फलफुल खेती ,पुष्प खेती,पशुपालन ,माछापालन,नगदे बाली लागाएत कृषिमा अधारित संभाव्य व्यवसायिक स्कीम अनुुसार सिप  मुलक तालिमको व्यवस्था र ती युवा किसानहरुको  स्वोरोजगारको लागि  सहुलियत दरमा कृषि ऋणको व्यवस्था गर्ने ।
जिवछ पंडित–जग्गा भाडामा लिई सामुहिक खेती गर्ने साना तथा सिमान्तकृत कृषक समूहहरुलाई जग्गा भाडामा कम्तीमा ५०% सहुलियत दरमा कृषि ऋण ,सिपमुलक तालिम ,सिचाई,र उत्पादन सहयोग गर्ने कुरा बताउनु भएको छ ।
मिना चौधरीले रैथाने जातका वीउहरुको संरक्षण र प्रर्वद्धन गर्नको लागि वीउ बैँकको स्थापना भएकोलाई संचालन गर्न बजेट विनियोजन गर्ने छु ।
शान्ति देवी सदाय–लहान नगर पालिकाको नावौँ नगरपरिषदबाट पारित भई राष्ट्रिय कृषक समूह महासंघ नेपालको सहयोग तथा सहजिकरणमा निर्माण भईरहेको  ५ बर्षे कृषि तथा खाद्य सुरक्षा गुरु योजना अगामी नगर परिषदबाट पारित गरी सोही अनुसार संचालन  गर्ने कुरा  जन प्रतिनिधहरुले  प्रतिबद्धता जनाएको कुरा वडा महिला सदस्य र निर्वाचित जन प्रतिनिधिहरुले व्यक्त गर्नु भएको छ । नगर महासंघ सचिव अमिरलाल यादव–आफनो गाउँ कृषि मैत्री बनाउन पर्ने सबै कृषकहरुहको कर्तव्य हो तर यहाँ कृषकहरुले छिमेकी देश भारतबाट घुस दिएर चामल,तरकारी खाद्यन्न बस्तु ल्याउने काम गरेको छ । किसानको नाममा खुलेको बैँक कमर्सियल बैँक बनि हुनेखाने ,आफना नातेदारमा कुषि ऋण दिने गरेको छ । त्यसैले अव किसान जागउनु पर्ने अवस्था आएको छ बताए । सभाध्यक्ष गंगाराम महतोले कार्यक्रम समापन गरेका थिए ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता