नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
स्थानीय समाचार :
Nov 09, 2017
सिरहा ४ मा राजपाको लहर,बाम गठबन्धन परित्याग बढ्दो
 सिरहा ४ मा राजपाको लहर,बाम गठबन्धन परित्याग बढ्दो
सोनु मिश्र ,
सिरहा २२ कात्तिक । सिरहाकोे चार निर्वाचन क्षेत्र मध्ये राजपाको कोल्टोमा परेको निर्वाचन क्षेत्र नं.४ मा राजपाको लहर वढेदै गएको छ ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि राजपावाट अध्यक्ष मण्डल राजकिशोर यादव, सुरेश मण्डल र रामकुमार मण्डलको उम्मेदवारी परेको छ । त्यस्तै,वामगठवन्धनबाट अजय शंकर नायकको उम्मेदवारी परेका छन् । सिरहा क्षेत्र नं.४ पर्ने विष्णुपुर गाँउपालिकामा आज वुधवार नेकपा एमालेका सयौं कार्यकर्ता पार्टी परित्याग गरी  राजपामा प्रवेश गरेका छन् । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेवाट वाडा अध्यक्षमा पराजित कुलदेव यादवले पार्टी परित्याग गरेका छन् । उनी सँगै नेकपा एमाले र काँग्रेसका सयौं कार्यकर्ता पार्टी प्रवेश गरेको राजपाका वाडा अध्यक्ष राम ईश्वर यादवले वताए । यादवलाई राजपाका सहमहामन्त्री सुरेश मणडलले अविर लगाई पार्टि प्रवेश गराएका छन् ।
अवकी वार मधेश सरकार ः सहमहामन्त्री मण्डल राजपाका सहमहामन्त्री सुरेश मण्डलले अव हुने प्रदेस सरकार मधेशी दल नै हुने ठोकुवा गर्नूभयो । विष्णुपुर गाँउपालिका वाडा नं.३ मा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै सहमहामन्त्री मण्डलले प्रदेश नं.२ मा मधेशी दलको सरकार नहुनवाट कसैले रोक्ने नसक्ने वताउनुभयो । उहाँले अव बन्ने सरकारमा मधेशी दलको तर्फवाट राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुरको नाम मूख्यमन्त्रिीको लागि सिफारिस भईसकेकोले मधेशी दलको नै सरकार हुने निश्चित नै भईसकेको दावी गर्नूभयो । विगतलाई स्मरण गर्दै सहमहामन्त्री मण्डलले मधेश सरकारको लागि हामीले सरकारी अफिसहरुमा मधेश सरकार लेख्ने कुरा अव वास्तविकता नै हुन लागेकोले आ आफनो स्थानवाट सहयोग गरी मधेश सरकार वनाउन मेरो पनि सहयोग भन्ने भावना उजाँगर हुनु जरुरी छ भन्ने तर्क गरे ।

सिरहामा महिला हिंसाको घटना उच्च
लहान २२ कात्तिक । महिला हिंसा न्यूनिकरणमा जोड दिंदै ईलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईले मानव अधिकारको प्रत्याभूति दिलाउंन पीडकलाई कानुनी दायरमा ल्याउंनुपर्ने बताउंनुभयो । 


राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरको आयोजनामा आज लहानमा सिरहा जिल्लाको मानव अधिकार प्राथमिकता निर्धारण कार्यक्रममा प्रमुख अतिथी भट्टराईले मानव अधिकार संरक्षणका लागि आयोग प्रतिबद्ध हुनुपर्ने भन्दै संविधानले दिएको संवैधानिक अधिकारमा रहेर आयोगले अनुगमन तथा अनुसन्धानको कार्यलाई अगाडि बढाउंनुपर्ने जोड दिनुभयो । 
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुवेदीले निष्पक्ष रुपमा अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गरी दोषी उपर कारबाही गर्ने गरेको भन्दै अधिकारप्रति हामी प्रतिबद्ध रहेको बताउंनुभयो । 
लहान नगरपालिकाका उपमेयर सरियार चौधरीले भाषा, संस्कृति, पहिचान र अस्तित्वको संघर्ष मानव अधिकारको दृष्टिबाट उचित रहेको तर त्यस्तो संघर्ष अहिंसात्मक हुनु पर्ने र त्यसबाट कसैको अधिकार कुण्ठित हुने स्थिति सिर्जना हुन नदिने तर्फ सचेत रहनुपर्ने बताउंनुभयो । उपमेयर चौधरीले सरकारी स्कूलहरुमा गुणस्तरहीन शिक्षा रहेको भन्दै घरेलु हिंसा विरुद्ध अभियान, लहानलाई सुन्दर नगरको रुपमा विकास गर्दै महिला रोजगारीलाई    बढावा दिने बताउंनुभयो । 
कार्यक्रममा  महिला अधिकार, बाल अधिकार, जातीय विभेद दलित अधिकार, श्रम, शिक्षा, स्वास्थ, अपागं, तेस्रो लिंगीलगायतका विषयलाई सहभागीहरुले प्राथमिकता दिएका थियो । त्यसमा अधिकांश सहभागीले महिला अधिकारलाई प्राथमिकतामा मत दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ता, अधिकारकर्मी दुर्गा महतो, मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका निर्देशक दिपेन्द्र सिंह, आयोगका दिप यादवलगायतले मन्तव्य राखेका थिए । 

हरियो तरकारीको मूल्य आकाशियो
लहान, २२ कात्तिक । सिरहाको लहानमा हरियो तरकारीको मूल्य एक्कासी बढेको छ । दसैं तिहार र छठले आकाशिएको तरकारीको मूल्य हालसम्म घटेको छैन् । व्यवसायिक तरकारी खेतीका कृषकहरु कम भएकोले तरकारी यहां महँगो हुने गरेको सरोकारवालाहरु बताउँछन् ।
अहिले बजारमा हरियो सागको मूल्य प्रतिकिलो एक रुपैंया भन्दा बढी मूल्य रहेको छ ।  सागमध्ये रायो र लट्टेको मूल्य एउटै रहेको छ । अहिले रायो र लट्टेको साथ प्रति पाउ २५ देखि ३० रुपैंया सम्म पर्ने गरेको तरकारी व्यापारी देवन महतोले बताए ।
स्थानीय उत्पादन कम भएकाले सबै बाहिरको बजारमा भर पर्नुपर्दा महँगो पर्ने गरेको उनले बताए । सागसँगै अन्य तरकारी पनि उत्तिकै महँगो पर्ने गरेको छ । सागसँगै आल, टमाटर, काउली, बन्दा, फर्सी, इस्कुस, परवल, घिरौला, करेला, चुचे करेला, भिन्डी र मसलाजन्य लसुन, प्याज र अदुवाको सबैको भाउ उक्लिएको व्यापारीहरु बताउँछन् । त्यसबेला ३० रुपैंया प्रतिकिलो रहेको प्याजको भाउ अहिले ७० रुपैंया पुगेको छ । आलुको भाउ प्रतिकिलो ८० रुपैंया सम्म पुगेको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता