नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
स्थानीय समाचार :
Nov 07, 2017
सहिद उमा सिंहकी आमालाई शान्ति सुरक्षाको खाचो
 लहान २० कात्तिक । सहिद महिला पत्रकार उमा सिंहकी आमा शुशिला सिंहलाई हातमुख जोर्न कठिनाई भएका छन् । शुशिला सिंहसंग आफ्नो अंशमा साढे सात विघा जग्गा रहेपनि त्यसको उब्जनी उनले हात पार्न सकिरहेका छैन । उनीसंग मिर्चैया नगरपालिका वाडा नम्बर ९ पिपरा ढोढना स्थित रहेको खेती बटैआमा रहेको छ । शुशिला भन्छिन्—‘उमाकी हत्या भएपछि सात—आठ बर्षदेखि बटैआबाट आएको खान्थिए ।’ ‘तर, ललिता सिंह रिहा भएदेखि समस्या बढेको छ ।’ ‘ललिताले खेती गर्ने बटिदारलाई उब्जनी अब मलाई देऔं भनी धम्की दिंदै आएको छ ।’ ‘बटिदारले पनि बटैआ रोकिदिएको छ ।’ 
ललिता सिंहलाई उमा सिंहको हत्या आरोपमा जन्मकैद सुनाएका थिए । तर, यही दशैंको बेला आठ बर्षमै रिहा भएका छन् । शुशिला सिंहकी पति रंजित सिंह र छोरा संजय सिंहलाई माओवादी द्धन्द्धकालमै हत्या गरेका थिए । उनीहरुको हत्या पूर्व ललिता सिंहलाई अंश वण्डा गरी जग्गा छुट्टयाइदिसकेको छ । 
यता, शुशिला र उमासिंहकी नाममा रहेको जग्गाको उब्जनी ललिता सिंहले हस्तक्षेप गर्न थालेको छ । पीडित शुशिला सिंहले आफ्नो सुरक्षा र उब्जनी प्राप्तिको निम्ति कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालय सिरहामा शान्ति सुरक्षा कायम गरी पाउं भनेर निवेदन दिएका छन् । हत्याकी आरोपित ललिता सिंह जेलबाट आएदेखि मलाई आफ्नै सम्पतिबाट वेदखल गरी खान लाउन समेत अप्ठयारो पारेको निवेदनमा उल्लेख छ । हत्याको आरोपमा जन्मकैद भइसकेका ललिता सिंह के कति कारण रिहा भएको हो निवेदनमा उल्लेख छ । शान्ति सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालय सिरहाले सम्बन्धित प्रहरी कार्यालय मिर्चैयालाई पत्राचार गरिसकेको छ । उमा सिंहकी हत्या भएपछि उनकी आमा शुशिला सिंह आठ बर्षदेखि डरत्रासले भारतमा बस्दै आएकी छन् ।  उनकी आमा खेतको उब्जा लिन बर्षमा तीन—चार चोटी आउंने गर्छन् । उनी छोरीहरुको सहयोगमा भारतमामा बस्दै आएकीछीन् । उमा सिंहकी हत्या २०६५ पौष २७ गते जनकपुरमा भएको थियो ।

सिरहामा म्यादी प्रहरी परिचालन

महेशसिंह महतो 
लहान २० कात्तिक । प्रदेश र प्रतिनिधीसभा निर्बाचनका लागि सिरहामा २ हजार ३ सय ५० म्यादी प्रहरी परिचालन गरिएको छ ।  म्यादी प्रहरीका लागि सिरहामा १० हजार ६९ युवा आबेदन दिएका मध्ये दरबन्दी अनुसार म्यादी प्रहरी छनौट गरी भर्ना गरीएको  जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक राजन भेटवालले जनाएको छ ।  १ हजार ९ सय १४ पुरुष र ४ सय ३६  महिला म्यादी प्रहरी परिचालन गरिएको छ ।  संबिधानसभा र स्थानीय तहमा छनौट भै काम गरिसकेको  म्यादी प्रहरीका लागि ७ दिन र नयां म्यादी प्रहरीका लागि १२ दिने बिभिन्न ईलाका प्रहरी कार्यालयहरुमा औपचारिक रुपमा तालिम भईरहेको छ ।

हरुवाचरुवा बालबालिकालाई शैक्षिक सामाग्री

लहान, २० कात्तिक । दलित संरक्षण अभियान मञ्च लहानले आज लहान नगरपालिका बस्तीपुरका दलित हरूवा चरूवा बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराएका छन् ।
लहान नगरपालिका बस्तीपुरमा रहेको सरस्वती आधारभुत बिद्यालयका ७५ जना छात्रा छात्रलाई कापी किताब, पेन्सिल, इरेजर, र स्कूल ड्रेस बितरण गरेको दलित संरक्षण अभियान मन्चका अध्यक्ष सूर्य नारायण रामले जानकारी दिए । दलित बिपन्न ४० बालिका र ३५ बालकलाई छात्रबृति प्रदान गरिएको थियो ।
दलित बिपन्न परिवारका बालबालिकाले किताब ,कापी ,ड्रेस, किन्न नसकेकै कारण बिद्यालय छोड्न पर्ने बाध्यता नहोस भनेर शैक्षिक सामाग्री बितरण गरेको रामले बताए ।
छात्रबृति बितरण कार्यक्रममा अस्थायी प्रहरी पोष्ट बस्तीपुर प्रतिनिधि, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अधिकारकर्मीको रोहबरमा शैक्षिक सामग्री बितरण गरिएको हो ।
बरियारपट्टी गाउंपालिकामा खुदिमुको तिब्र अभियान
लहान २० , कात्तिक । सिरहाको  बरियारपट्टीलाई जिल्लाको पहिलो खुल्लादिसामुक्त गाउंपालिका घोषणा गर्न अभियान थालिएको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्लाशाखा सिरहातथा एस एनभी नेपालको सहकार्यमा“सबैको लागि सधैको लागिदिगो सरसफाई” अन्तर्गत बरियारपटी गाउँपालिकाको ५ वटा वडा मध्ये ३ वडा खुल्लादिसामुक्त घोषणा भईसकेको बाँकीवडा १ र ५ माअभियानतिब्र रुपमा थालिएको र दुई वटै वडामा ९० प्रतिशत तथा ८० प्रतिशत घरधुरीमा शौचालय निर्माण भईसकेको कार्तिक मसान्तभित्र गाउँपालिकालाई नै घोषणा गर्ने गाउँपालिका अध्यक्ष संतोषकुमार महतो सुडीले बताउँनु भयो । सन् २०१७ सम्म नेपाललाई खुल्ला दिसामुक्त घोषणा गर्ने राष्ट्रिय लक्ष्यअनुरुप सिरहा जिल्लामा स्थानिय निकाय,सरकारी एवं गैर सरकारी संघ संस्थाहरु सक्रिय रहेको छ ।

कारागारमै एक कैदीको मृत्यू

लहान, २० कात्तिक । जिल्ला कारागार मोरङमा लागूऔषध मुद्धामा सजाय भुक्तान गरिरहेका एक जना बिरामी कैदी बन्दीको आईतबार बिहान मृत्यु भएको छ ।
जिल्ला कारागारमा २०७३  । १०। १० गते देखी कैद सजाय भुक्तान गरिरहेका धनकुटा खोकु ५ बस्ने बर्ष ३९ को हरीकुमार राई झाडा पखाला र श्वास प्रश्वास सम्बन्धी बिरामी भई सोमबार बेलुका उपचारका लागि कोशी अंचल अस्पताल बिराटनगर लगिएको थियो ।  
राईको उपचारको क्रममा आईतबार बिहान ७ बजे सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता