नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
स्थानीय समाचार :
Nov 05, 2017
प्रधानमन्त्रीको लागि प्रदीप गिरीको मधेशबाट उम्मेदवारी
 
लहान, १८ कात्तिक । राजनीतिकमा लामो जीवन विताए पनि कहिले मन्त्री बन्न इच्छा नगरेका नेपाली काँग्रेसका नेता प्रदिप गिरीले मन्त्री नखाने भने कसम नखाएको भन्दै यस पटक प्रधानमन्त्रीको लागि मधेशबाट चुनाव उठेको बताउंनुभयो । नेपाल प्रेस युनियन सिरहाले शनिबार लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो चुनावमा उम्मेदवारको जात, धर्म, समुदाय र व्यक्तिगत चरित्र हेर्नुभन्दा पनि उम्मेदवारले कुन विचार बोकेको छ भन्ने कुरा हेर्नु आवश्यक रहेको उल्लेख गर्दै उनले वाम गठबन्धनले बोकेको विचार र लोकतान्त्रिक आन्दोलनले सिर्जना गरेको विचारबीचको बहस लहानबाट सुरु होस भन्ने आफ्नो विचार रहेको औंल्याए । एक प्रश्नको उत्तरमा उनले स्थानीय स्तरमा फोरम र राजपासँग तालमेल हुने सम्भावना जीवितै रहेको दावी गरे । उनले भने, ‘तालमेलका लागि अझै छलफल जारी छ । भोलीसम्म उम्मेदवारी फिर्ता लिने समय रहेकाले फोरम—राजपा गठबन्धन बीच छलफल चलिरहेका छन् ।’

यस पटक सम्भव त लहानमा बढी सांसद जन्मिने

लहान, १८ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमको समानुपातिक उम्मेदवारको पहिलो नम्बरमा को परेका छन् ? राजपाका पहिलो नम्बरमा चन्दा चौधरी परेकी छन् । शुक्रबार निर्वाचन आयोगले सार्वजनिक गरेको बन्द सूचीको दोस्रो नम्बरमा अक्वाल अहमद साह र तेस्रो नम्बरमा इन्द्रा झा परेकी छन् । यस्तै सिरहाबाट ६ नम्बरमा निर्जला राउत परेका छन् भने १५ नम्बरमा लहानका डा.पशुपति चौधरी छन् । 
यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको समानुपातिकको पहिलो नम्बरमा सरिता गिरि परेकी छन् भने रेणुकुमारी यादव दोस्रो नम्बरमा छिन् ।

तान्त्रिक विद्याका लागि कमलामा भुत मेला


महेशसिंह महतो 
लहान, १८ कात्तिक । कात्तिक शुक्ल पूर्णिमाको दिन आज मधेशका विभिन्न भागमा भूत मेला लागेको छ । शुक्रवार साँझ घरबाट धामीझाँक्रीसहित हिँडेका गाउंवासीको कमलाको सारश्वर, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा स्नान गर्न भीड लागेको हो । 
सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा आज बिहानैदेखि स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको नेपाल पत्रकार महासंघ सिरहाका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य देवकुमार यादवले बताए । उनका अनुसार खासगरी आजको दिन सर्वसाधारणहरु धामीझाँक्रीको सहायोगमा आफ्नो कुलदेवताको सिद्धि प्राप्त गर्न कमलामा स्नान गर्छन् ।
  कात्तिक शुक्ल पूर्णिमाको दिन धामीझाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै स्नान गर्ने सदियौँदेखिको परम्परा रहेको सर्वसाधारण बताउँछन् । यो मेलालाई धामीझाँक्रीको मेला पनि भनिन्छ । भूत मेलामा स्नानपछि घर फर्कने बेलामा श्रद्धालुहरुले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लाने गर्छन् । पूजापाठ गर्दा उक्त पानी छर्केर जमिन शुद्ध पार्ने गरिएको धामीझाँक्रीहरु बताउँछन् ।
कमलामा कात्तिक शुक्लपूर्णिमाको दिन स्नान गर्दा वर्षभरिको पापबाट मुक्ति पाइने लहान नगरपालिका ३ बस्ने रामशरुप महतोको दावी छ । 
अंधविश्वासलाई बढोत्तरी दिंदै तान्त्रिक विद्यामा सफलता पाउंन पनि सिरहा र धनुषा सीमामा पर्ने कमला नदी छेउमा भूत मेला लाग्ने गरेको छ । 
तान्त्रिक विद्या पाको हुने जनविश्वासका साथ भूत मेलामा नयाँ धामीहरु समेत सहभागि हुने गर्दछन । भूतप्रेतले हैरान पारेको तथा भविष्यमा भूतप्रेत आफ्नो घर परिवारमा नआउने विश्वासको साथ देउता भक्तालुहरुले कमला नदी किनारमा पुगि सोमबार बिहान सूर्य उदाउनु अघि स्नान गरेका हुन । स्थानीयमा रात भर देउता र भूत खेलेपछि नदिमा बिहान स्नान गरी त्यही स्थानमा दहि,च्यूरा, सखर तरकारी खाने प्रचलन रहेको छ । पूर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या पाको हुने, योग सिद्ध हुने, भूतप्रेत कहिले नआउने विश्वास रहेको छ । तान्त्रिक विद्या प्राप्तीको लागि ग्रामिण समुदायका मानिसहरु नदि किनारामा पुग्ने गर्दछन । मेलामा सहभागि हुन सिरहा, सप्तरी, उदयपूर, धनुषा, महोतरी सिमाबर्ति भारतको मधुबनि, दरभंगा, समस्तीपूर सहितका जिल्लाहरुबाट हजारौ मानिस पुगेका थिए ।

मधेशको सांस्कृतिक पर्व ‘सामाचकेवा’ विदा लिदैं



लहान, १८ कात्तिक । कात्तिक पञ्चमीदेखि कात्तिक शुक्ल पूर्णिमाको दिन अर्थात् १५ दिनसम्म मनाउने यो पर्व बहिनीहरुले दाजुभाईको जीवन दीर्घायूको कामना गर्दै श्रद्धाका साथ मनाइएकोे लहान –१ की चुन्नु चौधरी बताउछिन् । कांचो माटोबाट बनेको मानव आकृति, पशुपंक्षीको आकृति कांचो रह्यो भने यसलाई सामा भनिन्छ र उक्त आकृति भएको मूर्तिलाई आगोमा पकाइयो भने त्यसलाई चकेवा भनिने गरिएको छ । दाजुभाई, दिदीबहिनीको मायाको प्रतिकको रुपमा रहेको पौराणिक लोकपर्व सामा–चकेवा मधेसका विभिन्न क्षेत्रमा  धुमधामका साथ मनाइएको छ । सांस्कृतिक धरोहरको रुपमा रहेका मधेशमा शताब्दीऔंदेखि शहरी तथा ग्रामीण क्षेत्रका बालिकादेखि लिएर बृद्ध महिलासम्म ‘सामाचकेवा’ पर्व बडो निष्ठापूर्वक मनाउने गर्छन् ।  सामा भगवान श्रीकृष्ण र जाम्ववतीकी छोरी थिइन् । सकृन्त पंक्षीको रुपमा बहिनीले भाईको दीर्घायू र कल्याणको लागि यो पूजा गर्थिन् । भाई टिकाको दिनदेखि निष्ठापूर्वक यसको आरम्भ हुन्छ । राति–राति घरछिमेकीका महिलाहरु एक ठाउँमा जम्मा भई ढक्कीमा सामा–चकेवा लगायत अन्य मूर्तिहरु सजाएर दियोवाली गीत गाउंदै यो पर्व मनाइन्छ । पद्मपुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णको छोरीको नाम सामा थियो र त्यही बृन्दावनमा चक्रवात नाम गरेको एउटा सुन्दर कुमार बस्ने गर्थेे । सामा र चक्रवात एकआपसमा प्रेम गर्थे । ती राज्यको महासामन्त चुडक (चुगला) पनि सामालाई चाहन्थ्यो । तर सामाले चुडकको प्रेमलाई अस्वीकार गरेपछि दुष्ट चुकले सामार चक्रवात (चकेवा) को प्रेम प्रशंग भगवान श्रीकृष्णलाई सुनाई दिइन् । सोही कुरालाई लिएर भगवान श्री कृष्णले आफ्नी छोरी सामालाई चरा बन्ने सराप दिए । सराप पाउने वित्तिकै सामा चरीको रुप धारण गरिन् र उडेर वृन्दावन तर्फ लागिन् । भइसकेकी थाहा पाएपछि प्रेमी चक्रवात सामाको वियोगमा स्वेच्छाले चराको रुपधारण गर्न पुगे, मझौराकी विनीताकुमारी यादव बताउँछिन् । भगवान श्रीकृष्णको छोरा साम्य राजधानी मथुरा फर्केपछि बहिनी सामा बुवाको सरापले चरी रुपधारण गरेकी थाहा पाए र बाबु कृष्णसंग क्षुब्ध भई सामा तथा चकेवा पुनः मनुष्यरुपमा फर्काउन बृन्दावनमा गएर घोर तपस्या गरे । उता चुडकको कारण सामाले दुःख पाएको भनि मथुराका सबैले चुडकलाई समातेर उसको मुख र जुंगा आगो लगाई दिए । 
आज राती सामाचकेवा सम्पन्न हुंदै ।  
अमर प्रेम प्रतिकको रुपमा रहेको समाचकेवा पर्व शुक्रबार आज राति समापन हुँदैछ । कात्तिक पूर्णिमा भोलि भएको र शनिवार मधेशमा छोरीको बिदाई नगरिने चलन रहेकोले आज शुक्रबार राति नै समाचकेवा बिसर्जन गरिने भएको छ । जसको लागि अहिले घरघरमा समाचकेवाको बिदाईको लागि अन्तिम तयारी गरेका छन् । दिदीबहिनीले माटोले निर्मित समाचकेवाको आकर्षक मुर्तिलाई फोडनको लागि घरघरमा भाइलाई आमन्त्रण गरिसकेका छन् । सामा पर्वलाई बिसर्जन गर्नका लागि केही दिन अगाडिदेखि तयारीमा रहेका दिदिबहिनीले सम्पूर्ण तयारी पूरा गरिसेकेका छन् । यसबर्षको अन्तिम समाचेकवाको खेल खेलेर बिदाई गर्दैछन् । दिदीबहिनीले दाजुभाइलाई मिष्ठान भोजन खुवाइन्छ भने दाजुभाइले आफ्नो सकेअनुसारको उपहार दिने गरिन्छ । सामूहिक रुपमा खेलिने यो खेल भाइबहिनबीचको अमरप्रेमको प्रगाढ बनाउने काम गर्दछ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता