नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
बिचार/ब्लग
Nov 05, 2017
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव 
जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु गदारी हो, भने सारको साथ मुक्ति या मृत्युको कसम खाएर देश बदल्ने, जनताको सत्ता स्थापनाको निमित महा समरको यात्रामा निस्केका हजारौ हजार गणतन्त्र, संघियता र जनताको नौलो जनवादको हिमायतीहरू, हजारौ बालकृष्ण ढुंगेलहरू जो द्वन्द्वको चपेटामा पर्दा आफ्नै साथीले पानी पानी भन्दा छोडेर जनताको शाशनको निमित निरन्तर, अहोरात्र भोक प्यास नभनिकन, घर परिवार नभनिकन मात्र एउटा सुन्दर र सुनौलो सपना बोकी लागीरहे । जनताको महान जनयुद्धमा  नेतृत्वको गदारीले गर्दा जनयुद्धको मात्रै बिषर्जन भएन, हजारौ जनताको सपनासंग पनि कुठाराघात भयो । ती युवा र योद्धाहरुको सपना कुल्चियो । 
पढ्दा—पढ्दै बुर्जुवा शिक्षाको खिलापमा जनयुद्धको रापले आन्दोलनमा समाहित हुन पुगेका हजारौ बिद्यार्थीहरू, मुक्तियुद्धमा लागेका दलित, जनजाति, आदिबासी ,महिला, मजदुर र किसान तथा तिनिहरूलाई  सहयोग गर्ने हजारौ सुभचिन्तकहरू, सबै क्रान्ति बांगोटिंगो बाटोबाट हुन्छ भने भ्रममा पारिए र नजानिदो पाराले आन्दोलनको बिषर्जन भयो । जनयुद्धको उपलब्धि समाप्त पारिए । हामीबाट म र मेरो परिवारमा पार्टी र नेतृत्व सिमित भए । नेताको जीवन शैली भोग बिलासी बन्यो, जनताको जीवन झन बर्बर बन्यो । युद्धमा हजारौ योद्धाहरूको साहदत भयो, हजारौ अहिले पनि घाइते  र बेपता छन् । 
जनयुद्ध लडेर  बाचेकोहरुको समाजमा पुनः स्थापना हुन गाह्रो भयो, दुई छाक टार्न पनि असमर्थ बने । तिनले सोचे जस्तो न त तिनको मृत्यु भयो न त मुक्ति नै । अहिले तिनिहरूबाट कतिपय खाड़ी मुलुकमा गएर पसीना चुहाउन बाध्य छन् । 
पार्टी नेतृव संसदीय व्यवस्थाको नांगो नाचमा लिप्त भए ।हिजो जनताको मुक्तिकामी आन्दोलनमा बगेको रगतलाई महिलाहरूको महिनावारी हुंदा बगेको रगतसंग तुलना गर्ने संग घाटी जोड़े । हिजो आन्दोलनकारीलाई आतंककारी घोषणा गरेर युद्धको सिपाहीहरूको टाउको पैसासंग साटन खोजनेहरू, हजारौको रगत र पसीनाबाट आएको गणतन्त्र व्यवस्थामा नेपालको प्रधानमंत्री छन् र तिनैको सरकारमा हिजो मुक्तिको सुन्दर सपना देखाएर युद्धमा हजारौ जनतालाई होमने नेताहरु पनि छन । र, त्यहि सरकारले निर्णय गर्छ र जेल पठाउछ हिजोको जनताको सिपाहीलाई, गणतन्त्रको पहेरादार लाई, जनताको शाशन व्यवस्था ल्याउन युद्धमा लामबद्ध एउटा समान्य नागरिक लाई । र, पनि क्रान्तिको नेतृत्व गरेका सर्वोच कमान्डर एक शव्द नबोली त्यही सरकारमा छन, गणतन्त्र ल्याउने भनेको गढ़ा चढेर चन्द्रमामा पुग्ने जस्तै हो भन्नेहरू संग चुनाबको मैदानमा संगै छन, अझ भनौ दाम कमाउन जनतालाई झन गरीब बनाऊन, देश लूटन बाम गठबन्धनको नाममा । हिजोको उपलब्धि सिध्याऊन, दलाल संसदीय व्यवस्थामा लाहा छाप लगाऊन कमर कसेर लागेका छन् , 
हिजो राज्य पक्षबाट भएको दमनमा परि ज्यान थिलो थिलो भएको, हीटरमा पिसाब फेर्न लगाउदा सकिएका र बिग्रिएका मृगौलाहरू, कमजोर मुटु र यस्तै अनेक समस्या लिएर यो देशमा बाची रहेका हजारौ बालकृष्णहरूले बोल्नै पर्छ, के हिजोको युद्धको उपलब्धि यही हो ? जनयुद्धको सिपाहीलाई जेल पठाउदा, शांति सम्झौताको ठाडो उलंघन गर्दा टूलु टूलु हेरेर बसेका हे ढुंगेलहरू तिमीहरू किन बुझ्दैनऊ बिरालोले दूध खानु भन्दा पल्किनु ठुलो समस्या हो । 
नेतृत्वले गदारी गर्दैमा आफ्नो सबै त्याग र तपस्या समाप्त पार्दे भीरबाट लडन लागेको गोरुलाई राम राम भन्नुको सट्टा उसैसंग सती जान किन उन्मुख हुदै छौ ? के तिमीहरुले बिर्सयौ हिजो आन्दोलनमा लामबद्ध हुदै गर्दा गरेका वाचाहरू र खाएका कसमहरू ? मेरो शरिरमा एक मुठी साँस रहून्जेल मैले क्रान्तिको झंडा कहिले पनि झुक्न दिने छैन भन्ने तिमीहरु होइनौ । हिजो युद्धमा संगैको साथी ढल्दा पनि एक रति नडराई युद्धको मोर्चामा निरन्तर डटी राख्ने योद्धा होइनौ ? हो भने आज आफ्नै एउटा सिपाहीको बलिदान, उसको त्याग र तपस्या, उसको महान गाथालाई यो प्रतिक्रियाबादि सत्ता र बिदेशीको दलालहरूले बलात्कृत गर्दा किन चुप लागेर बसेका छौ ? आज मौन बस्नु भनेको भोली आफ्नो लागि निम्तो दिनु हो । क्रान्तिको झन्डा निरन्तर उठ्छ नै । मात्र त्यसमा ती सबै ढुंगेलहरूको साथ फेरी पनि जरुरी छ । 
नेपाली जनताको मुक्तिको लागि, जनताको शाषण व्यवस्थाको लागि फेरी पनि उठ्नु पर्ने जरुरी छ । यो देशमा सम्मान साथ बस्नु छ भने, बांकी जीवन सुखमय ब्यतित गर्नु छ भने, भावी पुस्तालाई बिदेशीको गुलामी गर्नु बाट बचाउनु छ भने, साचिकै नेपाललाई प्रगतिको बाटोमा डोर्याउनु छ भने यो शाषण प्रणालीको अन्त्य गर्न, हामी सबै मजदुर, किसान, सबै जातजाति, नया श्रमिक बर्ग सबै मिलेर एकीकृत क्रान्तिको बाटोमा लाग्न जरुरी छ । आफ्नो कार्यकर्ताको रक्षा गर्न नसक्ने नेता र नेतृत्वले संपूर्ण नेपाली जनताको सुरक्षा कसरी गर्छ ? यो प्रतिक्रियाबादी दलाल सत्ता र संसदीय व्यवस्था ध्वस्त नहुंदासम्म यो सत्ताले ती सबै ढुंगेलहरूलाई मूसाको दुलोबाट भए पनि निकालेर दुःख दिई रहने छ निरन्तर निरन्तर अन्नत सम्म ।                
रामेश्वर यादव, जिल्ला संयोजक 
राष्ट्रिय युवा अभियान, सिरहा ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता