नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Nov 01, 2017
कतीले ६ महिना नपुग्दै तीन पटक पार्टी प्रवेश गरे, असिनाले सिरहा सप्तरीको दक्षिण गाउंहरुमा करोडौको बाली नष्ट
   कतीले ६ महिना नपुग्दै तीन पटक पार्टी प्रवेश गरे
लहान, १४ कात्तिक । निर्वाचनको माहौलसंगै सिरहामा एमाले र  माओवादीले राप्रपा कांग्रेसलगायत केही नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् । लहान नगरपालिकाको पूर्व मेयर तथा सिरहा जिल्लाका पूर्व सभापति लगनलाल चौधरी एमालेमा प्रवेश गरेका छन् । उनलाई सिरहा क्षेत्र नं. १ कबाट प्रदेशसभाको सदस्यमा उम्मेदवारी दिलाउंने भएको छ । त्यसैगरी, ६ महिनामा तीन वटा  पार्टी परिवर्तन गरिसकेका संघीय समाजवादी फोरम नेपालबाट रामनारायण महतोलगायत एक दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उता, माओवादी केन्द्रले आजै नेपाली कांग्रेसका चर्चित नेता सुरेशचन्द्र दासलाई पार्टी प्रवेश गरेका छन् । आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनीधिसभा निर्बाचनमा बाम र लोकतान्त्रिक गठबन्धनबीच तीब्र प्रतिस्पर्धा छ ।

असिनाले सिरहा सप्तरीको दक्षिण गाउंहरुमा करोडौको बाली नष्ट

लहान, १४ कात्तिक । गएराति परेको असिना पानीले सिरहा र सप्तरीको दक्षिणी गाउंहरुमा करोडौको धान र तरकारी बाली नष्ट गरेको छ । 
असिनाका कारण सिरहाको इनर्वा, भगवानपुर, नवराजपुर सप्तरीको मलहनमा, मौवाहीलगायतका क्षेत्रमा एक करोडाबढीको धान र तरकारी नष्ट भएको इनर्वाका स्थानीय रामनारायण महतो बताए । 
यसप्रति सम्बन्धित निकाय जिल्ला कृषि विकास कार्यालय सिरहा मौन रहेको छ । 
सिरहा र सप्तरीको दर्जनौ गाउंमा लगाइएको तरकारी मध्ये ७० प्रतिशत भन्दा बढी धान र तरकारी नष्ट भएको उनले बताए । बिक्रिका लागि तयारी अवस्थामा रहेको तरकारी बिक्रि गर्नै नमिल्ने गरी नष्ट भएको बताउदै उनले तरकारी नष्ट भएपछि किसानहरु चिन्तित बनेको छ । 
अर्का पीडित मदन पुर्वेका अनुसारसप्तरीको मौवाहीलगायतको गाउंमा पनि ५० प्रतिशत तरकारी नष्ट भएको छ भने धान ७० बढी क्षति भएको बताए । त्यसक्षेत्रमा ७० प्रतिशत धान असिनाले नष्ट पारेको छ । विशेषगरी इनर्वा भगवानपुरमा बाक्लो असिना परेको र नोक्सान भएको उनले बताए ।
जिल्लाको अन्य क्षेत्रमा भने बाक्लो असिना नपरेको र किसानबाट गुनासो पनि नआएको बताउँदै उनले असिना पानीले अन्न बाली र तरकारीमा पुर्याएको नोक्सानको बारे जिल्लाका सबै सेवा केन्द्र मार्फत विवरण संकलन कार्य सुरु गर्नुपर्ने स्थानीय कृषकहरुको माग रहेको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी