मधेशदेखि काठमाण्डौसम्म छठ्को रौनक
लहान ९ कात्तिक । मधेशमा मुख्य पर्वको रुपमा मनाइने छठ पर्व यत्तिवेला पहाड र काठमाण्डौं उपत्यकामा भव्यताका साथ मनाउंन थालेको छ । चार दिनसम्म मनाइने यस पर्वको आज तेस्रो दिन सांझ अस्ताउदो सुर्यलाई अर्घ दिइएका छन् । मूख्य दिन निरहार व्रतालुहरुले आज बिहीबार अस्ताउँदो सूर्यलाई एकै साथ अर्घ दिएका छन् । नदी, तलाउ तथा पोखरी किनारमा बनाइएका छठ घाटहरुमा व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेको लहान स्थित छठ पर्वमा सहभागी गुडिया साहले बताइन् । भोलि बिहान उदयमान सूर्यलाई दोश्रो अर्घ चढाएपछि छठ पर्व सम्पन्न हुनेछ । संसारलाई जीवन दिने भगवान भाष्कर (सूर्य देव) लाई विधि पूर्वक यस पर्वमा पूजा गर्ने गरिन्छ ।
हिजो बेलुका छठ ब्रतालुहरुले खरना पुजा सम्पन्न गरेका थिए । पूजापछि माटोको चुल्होमा पकाएर तयार पारिएको खिर, रोटी, केरा तथा नुन बिनाको पर्साद खाएका व्रतालुहरुको ३६ घण्टा लामो निर्जल र निराहार व्रतमा छन् । सिरहाको लहान, गोलबजार, मिर्चैया, धनगढी, सिरहा, सुखीपुर, गाढा, भगवानपुर लगायतका जलासयमा पुगेर ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् । सिरहाका प्रमुख जलाशयहरु कमला नदी, घुर्मी खोला, कमलदह, गागन, खुट्टी, बलान खोला लगायतका विभिन्न खोलानाला तथा पोखरी, तालतलैयाको किनारामा श्रद्धालुहरुले विभिन्न सजावटका साथ छठ पर्व धुमधामका साथ मनाईरहेका छन् । ध्वजापताका सहित छठी मैयाको गीतले यहाँका खोलानालाहरु गुन्जिएका छन् । सुरुमा छठको विधि नजानेका कारण छिमेकीलाई पूजा गर्न लगाउँदै आएको चलन छ ।
त्यसैगरी सिरहा, सप्तरी, मोरङ, सुनसरी, धनुषा, रौतहट, पर्सा, बारा काठमाण्डौ, उदयपुरलगायत पहाडी जिल्लाहरुमा ब्रतालुहरुले पनि नजिकका जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् ।
सिरहामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
लहान, ९ कात्तिक । दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिरहाको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको कार्यालय सञ्चालनमा आएको छ । निर्वाचन कार्यालय सिरहाले बिहीबार एक कार्यक्रम आयोजना गरी सिरहाका ४ वटै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेकोे हो । निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले कार्तिक १६ गते उम्मेदवारी दर्ता गर्नेछन् । सहायक निर्वाचन अधिकृत नरेन्द्र श्रेष्ठका अनुसार सिरहाको चार वटै क्षेत्रको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन क्षेत्रको कार्यालय चन्द्र मावि सिरहाको प्रांगनमा स्थापना गरिएको छ । क्षेत्र नम्बर– १ को लागि महेश खनाल, क्षेत्र नम्बर– २ को लागि वेदप्रसाद उप्रेती, क्षेत्र नम्बर– ३ को सुदर्शन पाण्डे, क्षेत्र नम्बर– ४ को लागि देवेन्द्रलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले सिरहाको लागि मुख्य निर्वाचन अधिकृतमा सुदर्शन पाण्डेलाई तोकिएको छ । दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामै बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको निर्वाचन आयोगले जनाएको छ ।
लहान, ९ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपालले सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको लागि डा.पशुपति चौधरीलाई सिफारिस गरेको छ । यही कात्तिक ९ गते क्षेत्र समितिको बैठकले निर्णय गरेको छ भने समानुपातिकको लागि राजपाबाट गोपाल गुप्ताको उम्मेदवारीको लागि सिफारिस गरेको छ । क्षेत्र १ क’बाट प्रदेशसभाको लागि उपेन्द्र सिंह र ख’को लागि शत्रुधन मण्डललाई सिफारिस गरेको छ । यसैगरी, समानुपातिकमा निर्मलादेवी महतो, गुलाब राईन, सुनिता साह, देवनाथ यादव र भोगिन्दर पासमान लगायतलाई सिफारिस गरेको क्षेत्र कमिटिका सचिव रामप्रवेश कामतीले जनाएका छन् ।