मधेसको साँस्कृतिक पर्र्व सामा – चेकवा’ ,छठ् लक्षित कारोबार ३० प्रतिशतले बृद्धि
मधेसको साँस्कृतिक पर्र्व सामा – चेकवा’
लहान, ८ कात्तिक । मधेशी संस्कृतिको विशिष्ट स्थान रहेको सांस्कृतिक पर्व सामा चेकवा विधिवत रुपमा शुरु भएको छ । हिन्दुहरुको प्राचिन ग्रन्थ महाभारत र बाल्मीकि रामायण यस संस्कृतिको वारेमा स्पष्ट रुपमा उल्लेख गरिएको पाईन्छ । यही संस्कृतिसँग जोडिएको धार्मिक अनुष्ठानको प्रतिक भाई वहिनीबीचको पवित्र प्रेमको रुपमा प्रसिद्धि पाएको पर्व हो, सामा चेकवा पर्व । यसको प्राचिनता द्वापर युगदेखि नै चलिआएको छ ।
सामा चेको समा चको अहियै हो ........सवरंग पटिया ओछविह हो........... आई पटियापर सव जन बैठिहि हो .......... सामा चेकवा पर्वको प्रारम्भसँगै मधेशी समाजमा यस्तै कोकिल गीत गुञ्जिरहेको हुन्छ । मधेशको संस्कृति लोकगीतमा अमृतवास हुन्छ जहाँ माटोको मिठो सुगन्ध भेटिन्छ ।
कार्तिक मास लोेहार आलेला, चलु सामा खेलन.........कथिके सामा चेकवा वनेला कथिके सोलह श्रृंगार सजेला चलु सामा खेलन..................
सामा चेकवा पर्व सुरु भएपछि ग्रामिण क्षेत्रको घर दैलोमा यस्ता गीतहरु गुञ्जिरहेका हुन्छन । साँकृतिक धरोहरको रुपमा रहेका मधेशमा शताब्दीऔंदेखि शहरी ग्रामिण क्षेत्रका साना केटाकेटिदेखि लिएर उमेर पुगेका महिलाहरुसम्म सामा चेकवा पर्व बडो निष्ठापूर्वक मनोरञ्जन गरी मनाउने गर्दछन् । कार्तिक पंचमिदेखि कार्तिक शुक्ल पूर्णिमाको दिनसम्म मनाउने यो पर्व बहिनीले भाइको दीघायूको लागि अटुट आस्था र श्रद्धाका साथ मनाउने गर्दछन् ।
काँचो माटोवाट वनेको मानव आकृति पशुपंक्षिको आकृति काँचो रह्यो भने यसलाई सामा भनिन्छ । सामा भगवान श्रीकृष्ण र जाम्बबतीको छोरा थिइन । शकुन्त पंक्षिको रुपमा बहिनीले भाईको दीर्घायू र कल्याणको लागि यो पूजा गर्दछिन । छठको शुरुवातको दिनदेखि निष्ठापुर्वक यसको पुजा आरम्भ हुन्छ । राती राती छरछिमेकका महिलाहरु एकठाउँमा भेला भई ढक्कीमा सामा चेकवा लगायत अन्य मूर्तिहरु सजाएर दियो वाली यसरी गीत गाउँदै यो पर्व मनाउँछन् ।
कोनै भैया रोपलक वेली चमेली
कोने भैया रोपलक गुलाब गे माई,
सामा दाइके सोलहो श्रृंगर गे माई,
पदमपुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णको छोरीको नामा सामा (साम्य) थियो । र त्यही बृन्दावनमा चक्रावत (चेकवा) नाम गरेको एउटा सुन्दर कुमार वन्दथ्यो । सामा र चक्रवात एक आपसमा प्रेम गर्दथे । त्यहीं राज्यको शोषक चुडक (चुग्ला) पनि सामालाई चाहन्थ्यो । तर सामाले चुडकको प्रेम प्रस्तावलाई अस्वीकार गरेपछि दुष्ट चुडकले सामा र चक्रवातको प्रेम प्रसँग भगवान श्रीकृष्णलाई सुनाईदिन्छ । सोहि कुरालाई लिएर भगवान श्रीकृष्णले आफ्नी छोरी सामालाई चरा वन्ने सराप दिनुहुन्छ । सराप पाउने वित्तकै सामा चरीको रुप धारण गर्छिन र उडेर बृन्दावनतर्फ जान्छिन । सामा चरी भइसकेकी थाहा पाएपछि प्रेमी चक्रवात सामाको वियोगमा स्वेच्छाले चाराको रुपधारण गर्न पुग्छन ।
भगवान श्रीकृष्णको छोरा साम्य राजधानी मथुरा फर्केपछि वहिनी सामा बुवाको सरापले चरी रुपधारण गरेकी थाहा पाए र बुवा श्रीकृष्णसँग क्षुब्ध भई सामा (श्यामा) तथा चेकवा –चक्रवात)लाई पुनः मनुष्य रुपमा फर्काउन बृन्दावनमा घोर तपस्या गर्न थाल्छन् ।
उता चुडकका करण सामाले दुःख पाएको भनी मथुराका सवैले चुडकलाई समातेर उसको मुख र जुंगामा आगो लगाइदिन्छ । आफूमाथि मथुरावासीले गरेको अन्याय सहन नसकी चुडकले पुरै बृन्दावनमा आगो लगाइदिन्छ । त्यहीवेला साम्यले गरेको घोर तपस्यावाट ठूलो हुरी वताससँगै भयंकर पानी पर्दछ । उक्त हुरी वतासले बृन्दावनको रुख ढलेर चुडकको जीउमा पर्दछ । चुडक त्यही रुखवाट किचिएर मर्दछ ।
यता साम्यको तपस्यावाट खुशी भएर भगवान विष्णुले पुनः मनुष्य रुमा आउने वरदान दिएपछि सामा र चेकवा फेरी मनुष्यको शरीर धारण गर्दछन् । त्यहि वेला सामाले भनेकी थिइन – मेरा भाईले मलाई उद्धार गरे जस्तै जुन बहिनीले माटोको सामा चेकवा वनाएर यो पर्व मनाउँछन् उसको भाइको दीर्घायू हुनेछ । त्यही परम्परा अनुरुप यो पर्व मनाउन थालिएको हो ।
छठ् लक्षित कारोबार ३० प्रतिशतले बृद्धि
लहान, ८ कात्तिक । लहानक्षेत्रमा छठ् पर्वको लागि अन्तिम हाटबजार सोमवार लागियो । लहानलगायत गाढा, ढोढना, गोविन्दपुर, भोटिया टोललगायतको हाटबजार मंगलबारसम्म अन्तिम कारोबार भएको छ । करिब सत्तादेखि लाग्दै आएको छठ् लक्षित हाटबजारमा तीन करोड २५ लाखबढीको कारोबार भएको लहान उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल महतोको दावीको छ । विगत बर्ष भन्दा यस बर्ष लहान बजारमा ३० प्रतिशतले बढी कारोबार भएको छ । विगतमा छठको अवसरमा अढाई करोडको कारोबार भएर यस बर्ष ७५ लाख बढीको कारोबार भएको छ ।
बजारमा छठ पर्वका अवसरमा उपयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य बृद्धिकै कारण कारोबारमा समेत बृद्धि भएको छ भने छठ् पूजा गर्ने संख्याको वृद्धिको कारण समेत विगतको भन्दा यस बर्षको कारोबार उच्च रहेको व्यापारीहरु बताउंछन् । छठ पर्वमा पर्सादको रुपमा प्रयोग हुने केरा, नारिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसबाट बनेको नाङलो, कोनियाँ र माटाको भाँडाकुडालगायत समानको मूल्य बृद्धि भएको छ । लहानबाट नाडगलो, डकिया, कोनियालगायतको समाग्री भारततर्फ समेत जाने गरेको छ ।
यस्ता सामग्रीको मूल्य बढाइए पनि त्यसको नियन्त्रण गर्न सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । चाडपर्वको मौका छोपेर बजारमा व्यापारीले सामानको मूल्य मनपरी ढङ्गले बढाइए पनि अनुगमन गरी कारबाही गर्ने निकाय मुकदर्शक बनेको लहान २ का रामपृत महतोको आरोप छ ।
सूर्यको अराधना गरी मनाइने यो पर्वको तयारी सिरहामा तीव्र भएको छ । विजयदशमी र दिपावली सकिएपछि स्थानीयवासी छठ पर्वका लागि ताल तलाउ, खोला र नदी सरसफाइ गर्न र पूजाघाट बनाउन व्यस्त भएका छन् ।उनीहरुले सिरहाको प्रमुख जलाशय, पोखरी किनारमा पूजाघाट बनाएर सजाउने कामलाई तीव्रता दिएका छन् ।