लहान, ९ भदौ । पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांङ्ग्रेसका सांसद गगन कुमार थापाद्वारा सिराहाका बाढिपीडितलाई ‘माया भरिएको बाल्टिन’ अन्तरगत राहत उपलब्ध गराएको छ । आज लहान नगरपालिका वाड नं. २० को मलहनमा गाउँका ५० घरपरिवारलाई बाल्टिनमा रहेको चामल, चाउचाउ ,टर्च, जिबनजल, लत्ताकपडा, गम्छा,जग लगायतको सामाग्री बितरण गरिएको नेवि संघका सहमहासचिव प्रमेश्वर साहले बताए । नेपाल सरकारले राहत स्वस्प प्रति बाढीपीडितलाई प्रतिदिन ७० रुपैयां दिने घोषणा गरिएपनि हालसम्म सिरहामा सो कार्यक्रम लागु नभएको स्थानीयको गुनासो छ ।