नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Aug 24, 2017
अष्ट्रेलियाका नेपाली वासिन्दाद्धारा बाढीपीडितलाई सहयोग, जिम्मेवार युवा पनि सक्रिय
 लहान, ७ भदौ । लायन्स क्लब अफ लहान सिटिको संयोजनमा आज राहत बितरण गरिएको छ । अष्ट्रेलियाका नेपाली वासिन्दा, क्यरेबान स्थित समाजको पुर्ण सहयोगमा करिब ५ लाख बराबरका खाद्यान्न लगायतका सामाग्री वितरण गरिएको लायन्स क्लब लहान सिटिका निवर्तमान अध्यक्ष पाण्डव हमालले बताएका छन् । सिरहाको लहान  ११ , २० र २१ का १३८ दलित वाढी पीडितलाई लायन्स क्लव अफ लहान सिटि लहानले प्रति व्याक्ति लाई ३२ केजीको राहत सामग्री वितरण गरिएको छ ।
  उक्त वाडाका वाढी पीडितहरु पहिलो पटक राहत पाएर हर्षित भएका छन् । ३२ केजीको राहत सामग्रीमा १२ केजी चामल , २ केजी दाल , २ केजी पिठो ,१ कार्टुन च्याउच्याउ , १ केजी तेल , १ केजी नुन ,५ केजी च्युरा, २ केजी भूजा , १ त्रिपाल र एक थान साडी उपलब्ध गरेका छन् ।
  राहत पाएर समत लाल पासवान र शोभा कुमारी सदायले भने , खाद्यान्नको रुपमा यो संस्थाले पहिलो पटक हामीलाई राहत दिएर खाने समस्या तत्काल टरेपनि घर बनाउन वाँस र कर्कट पाता सहयोग भईदिए हुन्थ्यो । राती सर्पको बिगबिगी रहेकोले भत्किसकेको घरमा वालवालिकाहरुलाई लिएर डराई डराई रात काटनुपरेको वाध्यता रहेको छ ।  


अष्ट्रेलियामा चिकित्सक रहेका कृष्ण हमालले सहयोग गरेको पांच लाख मूल्य वरावरको राहत सामग्री वितरण गर्न लागेको लायन्स क्लवले जानकारी गराए  । लायन्स क्लव र नेशनल प्यासन सिरहाको संयुक्त सहयोगमा उक्त राहत वितरण गरिएका छन् । राहत वितरण गर्न गएपछि पीडित नरहेकाहरुले पनि राहत देउ भनेर समस्या खाडा गर्न थालेपछि लहान नगरपालिकाको सिफारिस र प्रहरीले उपलब्ध गराएको तथ्यांकको आधारमा लहान स्थित सडक डिभिजन कार्यालयको परिसरमा रहेको लहान नगर प्रहरीको सहयोगमा राहत वितरण गरिएको छ । 
जिम्मेवार युवाद्धारा राहत
जिम्मेवार युवा नेपाल काठमाण्डौको सहयोगमा नवजीवन मार्फत एजीटरले लहानको मिलन चौकमा ४३ बाढी पीडितलाई राहत उपलब्ध गराएका छन् ।  सो संस्थाले मुरही ५ सय ग्राम, दालमोट ५ सय ग्राम, चप्पल, जुत्ता, झुल, साडी, चटाईलगायतको सामाग्री बाढी पीडितलाई उपलब्ध गराएको उमेश बरालले जानकारी गराएका छन् । सो राहत वितरणमा साना हातकी मनिषा विन्सखे लगायतको सहयोग रहेका थिए । 




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी