नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Aug 15, 2017
बाढी पीडितलाई स्वास्थोपचार र राहत उपलब्ध गराउंन राजपाको जोड
 लहान, ३१ साउन । राष्ट्रिय जनता पार्टी नेपाल सिरहा क्षेत्र नम्बर १ क्षेत्रीय समितिले आज एक विज्ञप्ती जारी गरी संविधान संशोधन विना स्थानीय तहको निर्वाचनमा सहभागी नहुने भन्दै मधेशी, थारु, जनजाती, दलित, मुस्लिम, अल्पसंख्यकलगायतको मागप्रति सरकार उदासिनता रहेकोले पछाडिपारिएका समुदायको हक अधिकार सुनिश्चत गर्न माग गरेको छ । 
जारी विज्ञप्तीका अनुसार यहां स्थित रहेको सरकारी कार्यालयहरुमा सेवाग्राहीलाई विभिन्न वहानामा दुःख दिने काम भइरहेको छ भने सेवाग्राहीलाई झमेला पारेर आर्थिक चलखेल गर्ने काम भइरहेकोले यस्ता कार्य यथाशिघ्र रोक्न माग गरेको छ । र, आर्थिक अनियमिताको क्रियाकलाप गरेको पाइयो भने राजपा नेपालले यस्ता कार्य गर्ने विरुद्ध कारवाहीको कार्य अघि बढाउंन विज्ञप्ती मार्फत चेतावनी समेत दिइएको छ । 


सिंचाईंको अभावमा यहांका किसानहरु समयमा रोपाई गर्न नसकेकोले मधेशको प्रभावित क्षेत्रलाई सोही अनुरुपको किसानलाई सेवा सुविधाको व्यवस्था गर्न राजपा नेपाल माग गरेको छ । र, सरसफाई अभियानलाई निरन्तरता दिई राजपाका कार्यकर्ताहरु सक्रिय रुपमा खट्न कुनै कसर नराख्ने र सम्पूर्ण गाउं नगरवासीलाई यस अभियानमा सहभागी हुन अपिल समेत गरेको छ । विज्ञप्तीमा आन्दोलनकारीमाथी लगाइएको झुठा मुद्दा खारेज गर्न जोड दिंदै सरकारी तथा स्थानीय तहमा असारमसान्तको नाममा अनियमिता गर्ने पक्षलाई कारवाही गर्न जोड दिएको छ । कति कार्यालयहरुमा काम नगरी नक्कली विल भर्पाई पेश गरेर रकम निकासा गरेको छ । यस्ता कार्य गर्नेलाई कारवाही गर्न जिल्ला र क्षेत्रीय स्तरीय समिति गठन गर्न माग गरिएको छ । क्षेत्रीय अध्यक्ष विणा मण्डलकी हस्ताक्षरमा जारी गरिएको विज्ञप्ती अनुसार किसानहरुको हकमा सिंचाई, मलखाद्य र सहुलियत दरमा ऋणको व्यवस्था गर्न जोड दिंदै आधुनिक कृषि प्रविधि उपलब्ध गराउंन माग गरेको छ । साथै बाढी पीडितलाई यथाशिघ्र स्वास्थोपचार र राहतको व्यवस्था गर्न माग गरेको छ । लहान सिरहाका बैंकहरुले ऋण दिने क्रममा कमिशनको खेल गरिरहेको छ त्यस्ता कमिशन लिनेपक्षलाई कारवाही गर्न माग गरेको जारी विज्ञप्तीमा उल्लेख छ । र, सरकारी अस्पतालहरुमा आउंने सहुलियतको औषधी विरामीलाई निःशुल्क उपलब्ध गराउंन माग गरेको छ । मजदुर र पेशगतको हकमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार श्रमको व्यवस्थाको माग गर्दै इन्स्युरेन्समा जोड दिएको विज्ञाप्तीमा उल्लेख छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी