नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Aug 15, 2017
सिरहामा बाढीले साढे एघार हजारबढी घरपरिवार प्रभावित, सरकारी कार्यालयका प्रमुखहरुको मोबाईल जहिले पनि स्वीच अफ
 लहान, ३१ साउन । खोलामा आएको बाढीको चाप त्यसमा पनि बाटोघाटोमा ढल पुरिएको कारण पानीको निकास नभएकोले सिरहामा क्षती बढेको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले बताउंनुभयो । दैवी प्रकोप समिति सिरहाको बैठकमा आज प्रजिअ श्रेष्ठले यहांका जनता सचेत रहेपनि केही व्यक्ति सचेतनाको अभावमा पानी निकासीमा तादरुकता नदेखाएकोले सुकुम्वासी तथा दलित गरिब घरवार विहीन हुन पुगेको छ । यसको लागि प्रजिअ श्रेष्ठले यथाशिघ्र राहत र पूर्नवासको व्यवस्थामा जुट्न सरोकारवाल निकायलाई आव्हान गर्नुभयो । प्रजिअ श्रेष्ठले यहांका अधिकांश कार्यालयका हाकिमहरु स्वीच अफ गरेर बस्छन् । समयमा सम्पर्क हुंदैन । अबउप्रान्त कार्यालयका हाकिमहरुले आफुलाई फोन उठाउंन इच्छा छैन भने ठिक छ तर स्वीच अफ गरेर नराख्नु होला बैठककै क्रममा सचेत गराउंनुभयो । बैठकमा जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी शेखर कोइरालाले आफु अन्तरगतको उद्धार र क्षतिवारे जानकारी गराउंनुभएका थिए । नेपाल रेडक्रस सोसाईटी सिरहाले पांच दिनको बर्षाले हालसम्म भएको डुबानमा परेका घरपरिवार र क्षतिवारे जानकारी गराएका थिए । सिरहामा हालसम्म ११ हजार ५ सय ५० बर्षा बाढीले घरपरिवारमा असर परेको छ । ५ हजार ७ सय व्यक्तिमा प्रत्यक्ष असर परेको छ भने २ हजार १ सय १० घरपरिवार विस्थातिप भएको छ । जसमा १० हजार ५० व्यक्ति विस्थापित भएका छन् । २ हजार एक सय २० घरमा पानी पसेको छ भने ९ हजार २ सय ८० घरमा क्षति पुगेको सो बैठकमा रेडक्रसले संकलन गरेको तथ्यांक सार्वजनिक गरेको छ । 


कल्याणपुर नगरपालिकाको इटारीपर्साईमा ५ सय घरपरिवारमा असर पुगेको छ भने २५ सयबढी व्यक्ति प्रभावित भएको छ । जसमा १ सय ५० परिवार विस्थापित छ भने ३ सय ५० घरमा पूर्ण रुपमा क्षति भएको छ । लहान नगरपालिकामा २ हजार घरपरिवारमा असर पुगेको छ भने १० हजार व्यक्ति प्रभावित भएको छ । जसमा ३ सयबढी परिवार विस्थापित छ भने १७ सय घरमा पूर्ण रुपमा क्षति भएको छ । औरही गाउंपालिकामा ५ सय घरपरिवारमा असर पुगेको छ भने २५ सयबढी व्यक्ति प्रभावित भएको छ । जसमा एक सय परिवार विस्थापित छ भने ३ सय घरमा पूर्ण रुपमा क्षति भएको छ । त्यसैगरी, निर्दना चिकनामा ३ सय घरपरिवारमा असर परेको छ भने १ सय ५० घरमा क्षति पुगेको छ । सारस्वरमा ३ सय  घरपरिवारमा असर परेको छ भने २ सय ५० घरमा क्षति भएको नेपाल रेडक्रस सिरहाले जनाएको छ । यसैगरी, बास्पीटामा २ सय ५० घरपरिवारमा असर परेको छ भने २ सय ५० घरमा क्षति भएको छ । सिरहा नगरपालिकाको विभिन्न वडा गरी १२ सय घरपरिवारमा असर परेको छ भने एक हजार ४० घरमा क्षति पुगेको छ । सुखचैनामा २ सय घरपरिवार र १ सय ५० घरमा क्षति । खिरौना २ सय घरपरिवार र १ सय ५० घरमा क्षति । लगदीगोठ २ सय घरपरिवार र १ सय ५० घरमा क्षति । लगदीगदीयानीमा २ सय घरपरिवारमा असर परेको छ भने १ सय ५० घरमा क्षति पुगेको छ । लक्ष्मीनिया  — १ सय ५० र १ सय २०, सन्हैठा १ सय र ७०, हकपडा १ सय र ७०, बडहरामाल १ हजार र ८ सय, कर्जनहा ५ सय र ४ सय, गौताडी ५ सय र ४ सय ५०, रामनगर मिर्चैयामा १ हजार घरपरिवारमा असर परेको छ भने ७ सय घरमा क्षति पुगेको बैठकमा सार्वजनिक गरिएको छ । यसैगरी, भोक्राहा ३ सय र २ सय ५०, चतरी ४ सय र ३ सय ६०, इटाटार ३ सय र २ सय ६०, बेल्हा २ सय र १ सय ७०, मझौलिया २ सय र १ सय ७० र अर्नमा पिप्रामा २ सय ५० घरपरिवारमा असर परेको छ भने २ सय घरमा क्षति पुरयाएको रेडक्रस सिरहाले जानकारी गराएका छन् ।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी