नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Aug 03, 2017
जोखिम न्यूनिकरणको लागि प्राथमिक उपचार तालिम, गौताडीमा तीन महिने ईलेक्ट्रिसियन अभ्यास
 लहान, १९ साउन । अस्पताल पुर्याउंनु भन्दा पहिले के कस्तो गर्न सकिन्छ ? यसको लागि आरआरएन सिरहाले प्राथमिक उपचार सम्बन्धि तीन दिने तालिम सिरहाको चोहर्वामा एक कार्यक्रमबीच सम्पन्न गरेको छ । साउन १७ गते सम्पन्न उक्त तालिमका सहभागी प्रेमकुमारी साहले ‘ग्रामिणक्षेत्रमा महिला, बालबालिकालाई पोल्ने, सर्प डंस, हात खुट्टा भाच्नेजस्ता घटना हुने गरेको छ । तत्काल जीवन रक्षाको लागि गरिने पहिलो उपचार नै प्राथमिक उपचारको रुपमा रहेको बताउंछीन् ।’ 
सिरहाको जोखिमक्षेत्रका सखुवानन्कारकट्टी र इटहर्वाका उत्प्रेरकहरुलाई आरआरएन —सामुदायिक विकास कार्यक्रम (सिडिपी) ले साउन १५ देखि १७ गतेसम्म उनीहरुलाई प्राथमिक उपचारको लागि तालिम दिइएको छ । 
तालिमका अर्का सहभागी कासिन्द्र यादवले घाईते तथा विरामीलाई तत्काल स्थानीयस्तरबाट सुरक्षा व्यवस्था गरी अस्पताल पुरयाउंनु नै यो तालिमको महत्वपूर्ण पक्ष रहेको बताउंछन् । 
आरआरएनकी सिरहा संयोजक कल्पना श्रेष्ठका अनुसार सिरहाको १५ गाविसमा नागरिक सचेतना मंचमार्फत योजना छनौट, सुशासन, तालिम, समाजिक परिचालन जस्ता कार्यक्रमहरु गर्दै आएको बताउंछन् । साथै २ सय २५ नागरिक सचेतना केन्द्रमार्फत समाजिक हात्तेपुस्तिका तथा सरसफाईलगायतको कार्यक्रम रहेको छ । ५२ हप्ता भइसकेका नागरिक सचेतना केन्द्रका सहभागीहरुलाई जीविकोपार्जन अन्तरगत एक लाखसम्म रकम दिएर सिपमुलक कार्यक्रममा सहभागी गराउंने लक्ष्य रहेको छ । कार्यक्रममा संयोजक श्रेष्ठले भौतिक पूर्वाधार, विप्पत्त जोखिम न्यूनिकरण कार्यक्रम संचालन गरिएको बताउंछन् । यसका साथै नहरा, संखुवानन्कारकट्टी र इटहर्वामा विप्पत्त जोखिम व्यवस्थापनको निम्ति  पूर्व सूचना प्रणाली अन्तरगत समिति समेत गठन गरेको छ भने टाक्सफोर्स अन्तरगत प्राथमिक उपचारको कार्यक्रम रहेको संयोजक श्रेष्ठले जानकारी दिए । सम्पन्न कार्यक्रममा रेडक्रस सोसाईटी सिरहाका सभापति राजदेव यादव र नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वरप्रसाद गुप्ताले ग्रामिणतहमा हुने गरेको जोखिम न्युनिकरणवारे चर्चा गर्नुभएका थिए ।



यसैबीच नेपाल तथा वेलायत सरकारको आर्थिक सहयोगमा संचालित सामुदायिक विकास कार्यक्रम, सिरहामार्फत तथा लहान प्राविधिक शिक्षालयको प्राविधिक सहयोगमा तीन महिनाको जुनियर बिल्डिङ्ग ईलेक्ट्रिसियन तालिम सम्पन्न गरेको छ । उक्त तालिमगएको चैत्र २९, २०७३ देखि सुरु भएको थियो । समान्य पढेर त्यतिकै वसिरहेको अतिविपन्न तथा विपन्न बेरोजगार तथा इच्छुक युवाहरुलाई विषेश प्राथमिकता दिएर सम्बन्धित नागरिक सचेना केन्द्र र गा.वि.स.को रिफारिसमा तालिममा सहभागि गराएको संस्थाको जिल्ला संयोजक कल्पनाश्रेष्ठले जनाएको छ । तालिममा पुराना संरचनानुसार गौताडि, कल्यानपुर र मझौलिया गरि ३ गा.वि.स.का २० जनामध्ये १५ जनादलित, ४ जना पिछडावर्ग र १ जनाधार्मिक अल्पसंख्यकबाट सहभागि रहेको संस्थाको जिविकोपार्जन तथा स्थानिय सुशासन अधिकृत निराजन चौधरीले वतायो । सहभागिहरुलाई भ्याट सहित १ लाखउन्नैस हजार दुई सय पन्द्र मूल्य बरावरको सानो वाकस सहित १३ प्रकारका आवश्यकीय उपकरण पनि दिइएको भन्यो ।  कार्यक्रम संयोजकश्रेष्ठका अनुसार तालिममा भएको सम्पूर्ण खर्च विवरणहरु समाजिक लेखा परिक्षण मार्फत सहभागिहरुको माझ पारदर्शी गरिएको छ ।  तालिममा सहभागिहरुले व्यवहारमा प्रयोग गर्ने दाबि गर्दै सम्बन्धित गाविस तथा अन्य ठाउँमा पनि यि यूवाहरुले रोजगारि पाउने उनले बताईन । तालिम अवधिभर सहभागीहरुको सक्रिय उपस्थितिमा सैद्घिान्तिक र व्यवहारिक सीप परिक्षण गर्दा उत्तिर्ण भएकाहरुलाई मात्र प्रमाण पत्र दिइएको उक्त संस्थाकै भौतिक तथा पूर्वाधार अधिकृत श्रीकृष्ण पौडैल वि.क.ले बताए । तालिममा निकै चासोका साथ सिकाई प्रक्रियालाई अगाडि बढाएको उनले जनाए । सहभागिहरु सक्रिय रुपले तालिममा उपस्थित पनि भएको उनले दावि गरे । नेपाल तथा वेलायत सरकारको आर्थिक सहयोगमा पुराना संरचनानुसार १५ वटा गाविसमा उत्त कार्यक्रम संचालन विगत २ वर्षदेखि हुदै आएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी