नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jul 26, 2017
पशु कार्यालय सिरहामा अनियमिताको गन्ध
     लहान, ११ साउन । पशु सेवा कार्यालय सिरहामा अनियमिता बढेपछि स्थानीयहरु आक्रोशित भएका छन् । आक्रोशित एक समूहले अस्ति पशु सेवा कार्यालयका सहायक प्रमुख रामप्रकाश यादवमाथी हातपातको प्रयास गरेको छ । पशु सेवा कार्यालय सिरहाको लागि बार्षिक बजेटबारे सोधखोज गर्न गएका रामप्रसाद यादवसहितको एक समूहले सहायक प्रमुख रामप्रसादसंग विवाद हुंदा हातपात भएको जानकारीमा आएको छ । सिरहा पशु पालन व्यावसायी संघका अध्यक्ष राजाराम यादवका अनुसार गोठ सुधार कार्यक्रमको विषयमा विवाद हुंदा पशु कार्यालयका रामप्रकाश माथी हातपातको प्रयास भएको दावी गरेका छन् । उनले भने २ लाखको उक्त कार्यक्रम अन्र्तगत अरुलाई ५० हजारको लेनदेन गर्न खोज्दा यिनीहरुबीच विवाद भएको थियो । यसवारे पशु सेवा कार्यालयको फोन नम्बर ०३३—५२००५८ र कार्यालय प्रमुख डा.काशिनाथ यादवका नम्बर ९८५२८३४४११ मा पटक पटक सम्पर्क गर्दा फोन उठाउंन चाहेन । स्रोतका अनुसार यस बर्ष ४ करोडको कार्यक्रम रहेको अनुमान गरिएको छ । तर, २ करोड पनि खर्च नभएको दावी गरिएको छ । 
खर्च गरिएको रकममा नक्कली विल भर्पाई बनाएको र कति कार्यक्रम नगरीकन नै विल भर्पाईको तयारी गरिएका संघका अध्यक्ष यादवले दावी गरेका छन् । आएको बजेटले जिल्लामा असारे विकास भएको छ । जिल्ला पशु सेवा कार्यालयले गाई गोरु, भैंसी रागो ,बाख्रा ,बंगुर, संगुर ,कुखुरा ,दुध ,मासु उत्पादन, घांस, परम्परागत पशुपंक्षी पालनलाई निरुत्साहित गरि ब्यबसायिक पालनले तिब्रता उत्पादनको बार्षिक बजेट आउंने गरेको छ । स्मरण होस् हिउदे घाँस जौ तथा वर्षिम घाँसको बिउ वितरणमा अनियमितता भएको  भन्दै  यहाँका कृषकहरुले जिल्ला पशु सेवा कार्यालय सिरहामा केही महिना पहिले तालाबन्दी गरेका थिए । कार्यालयको आ.व. २०७३ र ०७४ को स्वीकृत कार्यक्रम तथा केन्द्रिय कार्यालयबाट प्राप्त प्रथम चौमासिकको अवधिमा वितरण गरेको हिउदे घाँस जौ तथा वर्षिम घाँसको बीउ वितरणमा अनियमितता गरेकोले किसानहरु बाध्य भएर तालाबन्दी गरेको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी