नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jun 24, 2017
कथित बोक्सीको आरोपमा मरनासन कुटपिट, दोषीलाई प्रहरीको संरक्षण
  लहान, १० असार । सप्तरीको सुरुंगा नगरपालिका ३ लक्ष्मीपुर बस्ने विनादेवी यादवलाई शुक्रवार उनको छिमेकीहरुले कथित बोक्सीको आरोपमा मरनासन कुटपिट गरी घाईते बनाएको छ । स्थानीय फौदी यादवका बुहारीलाई भूत लगाइदिएको भन्दै स्थानीय सत्यनारायण यादव, तेजनारायण यादव, रानीवत्ती यादव, ललिता यादव, गेना यादव, ककुलती यादव, जिवछी यादवलगायत दर्जनौको एक समूहले विनादेवीलाई मरनासन कुटपिट गरेको हो । 
स्थानीय कप्लेश्वर धामीले झाक्री बसेको बेला छिमेकीको कर्तुत रहेको भनेपछि फौदी यादवलगायतका घरपरिवारले विनादेवीलाई दूई दिनदेखि गालीगलौज गर्दै आएको थियो । दूई दिनदेखि चल्दै आएको गालीगलौजपछि शुक्रवार विवादकै क्रममा फौदी यादवपक्षले विनादेवीको घरमै पुगेर मरनासन कुटपिट गरेको पीडितका पति मोतीलाल यादवले बताए । 
विभिन्न किसिमको वात लगाएपछि फौदी यादवलगायतका समूहले विना यादवलाई कथित बोक्सी भनेर मरनासन कुटपिट गर्दा प्रतिकारमा केही व्यक्तिमाथी समान्य चोट लागेको छ । कुटपिटमा संलग्न लक्ष्मीपुर चौकीले दुई जनालाई नियन्त्रणमा लिएपनि राजनीतिक दवावको कारण केही छिनमा रिहा गरिएकोे छ । प्रहरीले यसरी अपराधीलाई संरक्षण गर्दै गरियो भने न्याय पाउंन कहां जानु पर्ला पीडितका देवर धनिकलाल यादवले बताए । पीडित विना यादवलाई उपचारको लागि लहानको एक अस्पतालमा भर्ना गरिएको छ भने उनको टाउंकोमा ९ वटा टांका लागेको छ । हात र छातीमा समेत चोट लागेको छ । यता, पक्राउ गरेका अपराधीवारे लक्ष्मीपुर प्रहरी चौकीको मोबाईल नम्बर ९८५२८९०५०७ मा सम्पर्क गर्दा उनले आफ्नो नाम बताउंन मानेन उनले भने माथीको दवावमा  रिहा गरिएको छ । उजुरी हालेपछि भोली फेरी ती अपराधीहरुलाई नियन्त्रण लिने बताए । लक्ष्मीपुर प्रहरीले थपे मेरो बारे नछाप्नु, भिरिया प्रहरीको मोबाईल नम्बर ९८५२८९०५१७ मा सम्पर्क गरेर केही गर्नु होला । नभए कडरबोना प्रहरी र जिल्ला प्रहरीलाई भन्नु होला उनले बताए । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी