नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jun 03, 2017
सिरहाका शिक्षा अधिकार कर्ण निजी विद्यालयका पदधिकारीहरुको गोटी, भौतिक निर्माणमा व्यापक अनियमिता
लहान २० जेठ । शिक्षा क्षेत्रमा व्यापक अनियमिता बढेपछि यसलाई ढाकछोप गर्न विभिन्न वक्तव्यवाजी अर्थात प्रचारवाजी भइरहेको छ । ग्रामिणतहमा बर्षौंदेखि सञ्चालित संस्थागत विद्यालयलाई जिल्ला शिक्षाले अनुगमन गरिरहेको छ भने भौतिक निर्माणमा समेत कमिशनको खेल शुरु भएको खुलासा भएको छ । शिक्षा सबैमा पहुंच हेतु बजार र ग्रामीण क्षेत्रका टोलटोलमा खुलेको विद्यालयहरुलाई संरक्षण तथा सुधार गर्नु भन्दा हतोत्साहित पार्ने काम भइरहेको छ ।
शिक्षा अधिकारी अरविन्दलाल कर्णको नेतृत्व टोलीले त्यस्ता विद्यालयको अनुगमन गरिरहेको छ । ग्रामिणतहमा सबैमा शिक्षाको राम्रो पहुंच होस् भनी खोलिएको १३ विद्यालयलाई प्यावसन र एनप्यावसनको दवावमा बन्द गर्ने कार्य थालेको छ । शिक्षा संस्थालाई व्यवस्थित गर्नुपर्ने अर्थात खोलिएका विद्यालयलाई सुधार गर्नुपर्ने ठाउंमा शिक्षा अधिकार जस्तो मर्यादित व्यक्तिले रकमान्तर दवावमा बन्द गराउंने कार्य अनैतिक रहेको ठहर छ ।
ठाडी बजारको मुनलाइट इङलिस बोर्डिङ स्कुल कक्षा ५ सम्म सञ्चालित छ । सिक्रौन ३ का ब्राइट फ्युचर कक्षा ५ बीएस मिथिलेश आवासीय बोर्डिङ भगवानपुर २ का कक्षा ३, कक्षा ७ सम्म पठनपाठन गराउँदै आएको छ । भगवानपुर ४ स्थित राजदेवी शिक्षादीप पाठशाला अनुगमन क्रममा सञ्चालनमा भेटिएका छन् । यस्ता विद्यालयहरुले ग्रामिण भेगका कम आय स्रोत भएका अभिभावकका विद्यार्थी पठ्नपाठ्नमा रहेको छ । त्यस्ता विद्यालयहरुलाई सुधारको आवश्यकता रहेकोले जिल्ला शिक्षा अधिकारी कर्ण आफ्नो दायित्वबाट पन्छिरहेको छ भने प्यावसन एनप्यावसनका पदधिकारीहरुको दवावमा बढ्दो शिक्षामा लगाम लगाउंने कामप्रति युवा मंच सिरहाका अध्यक्ष विरेन्द्र यादव विरु आक्रोशित भएका छन् । यस्ता भाडाका अधिकारी विरुद्ध सडक र अदालत जानुपर्ने परिस्थिति नआउंला भन्न सकिदैन मंचका यादवले भने ।
यस्ता सुधार र प्रक्रियामा ल्याउंनुपर्ने सिरहा नगरपालिका भलुवाहीका शुभकामना स्कुल कक्षा ५ सम्म, लक्ष्मीपुर प्रमका जीवन ज्योति, गोल्डेन फ्युचर कक्षा १० सम्म , फ्रेन्ड्स एजुकेसनल सिरहा कक्षा ३, मेरी चिल्ड्रेन सुखचैना कक्षा ५, क्रिएटिभ स्कुल छपराडी कक्षा ८, न्यु सगरमाथा स्कुल मौवाही रहेको छ । एसियन गुरुकुल एकेडमी लहान २१ कक्षा ५, न्यु शिशु निकेतन जस्ता विद्यालयहरुलाई प्रक्रिया र सुधार गर्नुपर्ने हो । यसमा शिक्षा अधिकारी कर्णको दायित्व प्यावसन र एनप्यावसनको वहकाउममा वग्नु कद्दापी न्ययोचित नरहेको शिक्षाकर्मीहरु बताउंछन् । जिल्ला शिक्षा अधिकार कर्णले प्यावसन र एनप्यावसनको दवावमा पत्रिकामा निजी विद्यालयहरुको नमावली प्रकाशन गर्न लगाएका थिए । प्रकाशन गराएको विज्ञापनको भुक्तानी सगरमाथा बोर्डिग स्कूल मिर्चैयाका संस्थापक अर्थात निजी विद्यालय संगठनका एक पदधिकारी प्रदीप तिवारीबाट गराएको छ । यसरी गोटीको रुपमा प्रयोग भइरहेका शिक्षा अधिकारीलाई भ्रष्टाचारीमुक्त भने कुनै ठाउं छ भने सार्वजनिक सुवाई हुनुपर्ने आम नागरिकको माग रहेको छ । उता, शिक्षा कार्यालय अन्तरगत अनुदानका निर्माण हुने डेक्स, बेन्च, ट्रस्टलगायतको भौतिक निर्माण कार्यमा व्यापक घुसखोरी हुने गरेको छ । यसमा दुधको साक्षी विरालो जस्तै जिल्ला शिक्षा अधिकार अरविन्दलाल कर्ण संलग्न रहेको चर्चा छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी