नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
स्थानीय समाचार :
May 28, 2017
राजपाको मसाल प्रदर्शन, संविधान संशोधन विना कुनै निर्वाचन हुंदैन
 लहान, १४ जेठ । राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने घोषणापछि मधेसमा मसाल जुलुससंगै आन्दोलन तिब्र रुपले अघि बढ्न थालेको छ । राजपाले शुक्रबार पत्रकार सम्मेलन गरी निर्वाचन विथोल्ने तथा बन्दलगायत आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । सोही अनुरुप आन्दोलनको पहिलो दिन राजपाले सिरहा, लहान, राजबिराज, जनकपुर, विराटनगर, इनरुवा, सर्लाही, पर्साको सदरमुकाम वीरगञ्जमा,बाराको सदरमुकाम कलैया, भैरवा, नेपालगन्जलगायतको मधेशको जिल्लामा आज शनिवार दिउँसो मशाल जुलुस प्रदर्शन गरको छ । लहानमा बलाजी पेट्रोल पम्पबाट निस्किएको करिब पांच सयबढी संख्याको मसाल जुलुस नगर परिक्रमा गरी सहिद चौकमा कोणसभा गरेका थिए । सो कोणसभामा डा.महादेव साह, डा.पशुपति चौधरी, महमुद आलम, बसन्त यादव, गोपाल गुप्ता, विणा मण्डल, मनोज यादवलगायतले मन्तव्य राख्नु भएका थिए । उता, सप्तरीको राजबिराजमा विशाल मसाल जुलुस सभालाई  सम्बोधन गर्दै नेताहरुले सरकारले जबर्जस्ती निर्वाचन गराउन खोजेकाले विरोधमा उत्रिनु परेको बताएका छन् ।जनसंख्याको आधारमा समानुपातीक समावेशी प्रतिनिधित्व र निर्वाचन क्षेत्र हुनुपर्ने,थरुहट र मधेस आन्दोलनको सम्पुर्ण मुद्दा  फिर्ता लिनु पर्ने,पीडितलाई क्षतीपुर्ती दिनु पर्ने लगायतको मागहरु विगतमा सरकारसंग सहमति गरिएको भएपनि त्यसो नगरी सरकारले निर्वाचनको मिति तोकेकोले चरणबद्ध आन्दोलनको कार्यक्रम शुरु गरिएको राजपाका महासचिब राजकुमार लेखीले बताए । राजपाले घोषणा गरेको आन्दोलन कार्यक्रम अनुसार आइतबार लाठी जुलुस प्रदर्शन गर्ने, सोमवार अन्तरक्रिया, निर्वाचन कार्यालय घेराउ गर्ने तथा जेठ १८ र १९ गते थरुहट, मधेश, लिम्बुवान बन्द गर्ने कार्यक्रम रहेको छ । आज दिउंसो लाठी जुलुस रहेको छ ।



मुस्लिमहरुको रमजान शुरु

मुस्लिमहरुको एक महिने रमजान आजबाट सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवतअनुसार नवौं महिना ‘रमजानल मुबारक’ मा विश्वभरका इस्लाम धर्मावलम्बी मुसलमान एक महिनासम्म रोजा (व्रत) बस्छन् । आठौं ‘साबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा बस्न सुरु हुन्छ । इस्लामका पाँच आधार स्तम्भ इमान (आस्था), नमाज (प्रार्थना), हज (तीर्थ), जकात (दान) र कल्मामध्ये रोजा (व्रत) एक खम्बा हो । अरू महिनाका तुलनामा ‘रमजानल मुबारक’ महिनालाई मुसलमानले पवित्र महिनाका रूपमा विश्वास गर्छन् । रमजान महिना दान गर्ने महिना पनि हो । धनाढ्यले गरिब र विपन्नलाई आर्थिक सहयोगसमेत गर्छन् । शास्त्रअनुसार बालिग (वयस्क) मुसलमानलाई रोजा अनिवार्य छ । धनी, गरिब कसैलाई छुट छैन । मुसलमान समुदायमा रमजानले विशेष महत्त्व राख्छ । रमजान महिनामा नै इस्लामका प्रवर्तक हजरत मोहम्मदमाथि कुरआनका आयात (श्लोक) अवतरण सुरु भएको थियो ।

मे २८ अन्तर्राष्ट्रिय महिनावारी सरसफाई दिवस

आज मे २८ अर्थात अन्तर्रा्ष्ट्रिय महिनावारी सरसफाइ दिवस । ‘महिनावारी सम्बन्धि शिक्षाद्धारा परिवर्तन हुन्छ सारा’ भन्ने नाराका साथ नेपालमा पनि सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् । महिला स्वास्थ्य र सरसफाइका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले महिनावारीका बेला अपनाउने सरसफाइका बिषयमा जनचेतनामूलक कार्यक्रम गर्दैछ । महिला अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले भने यसलाई सरसफाइका साथै महिनावारी हुँदा गरिने छुवाछुत विरुद्ध जनचेतनामूलक कार्यक्रम गरेर मनाउँदैछ । दिवसको अवसरमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले महिनावारी व्यवस्थापन र चुनौती विषयक छलफल कार्यक्रमको आयोजना गरेको छ ।

फोरम नेपालबाट पार्टी परित्यागको संख्या बढियो

संघीय समाजवादी फोरम नेपाल मधेश आन्दोलनको विपक्षमा गएपछि पार्टी परित्याग गर्नेको संख्या बढ्दै गएको छ । फोरमका मधेश प्रदेश सदस्य सुखराम यादवलगायत सप्तरीका सयौंले पार्टी परित्याग गरेका छन् । शनिवार विज्ञप्ती जारी गर्दै उनले प्रदेश सदस्य र साधारण सदस्य समेतबाट राजिनामाको घोषणा गरेका हुन् । पार्टीमा नेतृत्व वर्गले ‘राम्रो मान्छेभन्दा पनि हाम्रो मान्छे’लाई महत्व दिएको, नेतृत्ववर्गमा सामन्तवाद, जातिवाद, नातावाद र कृपावाद हावी भएको, अहोरात्र पार्टीका लागि काम गर्ने कार्यकर्ताको उचित मूल्यांकन हुन नसकेको, मधेशको मुद्दामा नेतृत्ववर्गले पटक–पटक बोली फेर्ने गरेको आरोप लगाउँदै उनले राजिनामा दिएका छन् । यादवले आइतवार पत्रकार सम्मेलनमार्पmत राजिनामाको भावी कदमबारे सविस्तार जानकारी गराउने समेत विज्ञप्तीमा उल्लेख छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता