नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
स्थानीय समाचार :
May 10, 2017
बुद्ध जयन्ती, एकतीर शान्तिको सन्देश अर्कोतीर राजदेवीमा पशुपंक्षीको बली
 लहान, २७ बैशाख । जहां शान्तीका प्रतिक गौतम बुद्धको जन्मजयन्ती मनाइन्छ सोही दिन सिरहाको लहान १७ ढोढना स्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली चढाइन्छ । राजदेवी मातालाई भाकल गरे सन्तान प्राप्ति हुने, रोग ब्याधीबाट मुक्ति मिल्ने र मनोकांक्षा पुरा हुने जनविस्वास रहेको छ । सोही कारण बली चढाउन राजदेवी मन्दिरमा लाखौंको भिडभाड लाग्छ । बैशाख २७ गते भन्दा दूई दिन अगाडि नै बली चढाउन र मन्दिरमा दर्शन गर्न श्रद्धालुहरुको घुइचो लागेको आयोजकले जनाए । साँझ देखि नै मन्दिरमा पुजाआजा गर्न श्रद्धालुहरुको भिडभाड बढेपनि बैशाख २७ गते बिहान ८ बजे देखि मात्र पुजा सुरु भएको मेला समितिले जनाएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने लहान बजारदेखि करिब ७ किलोमिटर उत्तरमा पर्ने ढोढना स्थित राजदेवी पञ्चावती मन्दिर रहेको छ । यो मन्दिरमा पशुपंक्षीको बली दिन सिरहा, सप्तरी, उदयपुर, धनुषासहित छिमेकी मुलुक भारतको बिहार राज्यबाट समेत श्रद्धालुहरु आउने गरेको आयोजक समितिका विरेन्द्र चौधरीले बताए । ढोढना स्थित राजदेवी पञ्चावती मन्दिर १ बिघा ५ कठ्ठा ५ धुर क्षेत्रफलमा जङ्गलको बीचमा रहेको छ । यो मन्दिरमा मूर्ति (राजदेवीको प्रतिमा) छैन् । बाराको गढीमाई मन्दिरपछि दोश्रो ठूलो संख्यामा पशुपंक्षीको बली दिइने मन्दिरको रुपमा चिनिने गरिन्छ । आजको दिन हजारौं पशुपंक्षीको बली यहाँ चढाउँदा रगतको खोला बगेझै देखिन्छ । तर एउटै झिँगा (किरा) देख्न सकिदैन् । स्थानीय बलिराम चौधरी भन्छन्– माताको शक्तिकै कारण यहाँ रगतको खोलो बगेपनि एउटा झिँगा (किरा) लाग्दैन् । दुर्गन्ध पनि आउँदैन् । विगतका वर्षहरुको तुलनामा यो वर्ष पशुबली बढी चढ्ने अनुमान गरिएको छ । चौधरी भन्छन्– विगतका बर्षहरुभन्दा यो वर्ष भीड बढी छ । गत बर्ष १९ हजार बोकाको बली चढेको थियो भने यस वर्ष २३ हजारको हाराहारीमा पुगेको छ । मेला भर्नका लागि यस बर्ष एक लाख भन्दा बढी श्रद्धालु भक्तजनहरुले दर्शन गरेको समितिले बताएको छ ।

शान्तिको प्रतिक बुद्ध जयन्ती

आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६१ औं बुद्ध जयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरेर मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाएका थिए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन गर्दै बौद्ध दर्शनको खोज–अनुसन्धान थालेका थिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता