नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
May 03, 2017
मधेशको नमुना दरबार होटल लहानमा संचालन
  मधेशको नमुना दरबार होटल लहानमा संचालन
लहान, २० बैशाख । रैथाने संस्कारको नाम राखेर अत्याधुनिक एवं रमणीय वातावरणमा सजिएको मधेशका एक मात्र नमुना होटल लहानमा सोमवारदेखि संचालनमा आएको छ । हुनत अन्तर्राष्ट्रिय स्तरको झझल्को रहेको र स्वीमिंग पुल समेत भएको होटलको नाम दरवार रहेको छ । विशेष सुविधा सम्पन दरबार होटलको सोमवार एक कार्यक्रमबीच उदघाटन गरिएको छ । 


विरेन्द्रप्रसाद साह र राकेश गुप्ता रोशनको लगानीमा सञ्चालन भएको होटल दरवार लोकसेवा आयोगका पूर्व सदस्य डा.कृष्ण यादवले रिबन काटेर उदघाटन गर्नुभएको थियो । लहानको मुख्य चौकदेखि १ किलोमिटर पश्चिममा पूर्वपश्चिम लोकमार्गको उत्तर छेउमा रहेको होटल दरवार निर्माणसहित संचालन गर्न साढे ६ करोड लगानी रहेको संचालक रोशन गुप्ताले बताए ।  अन्तर्राष्ट्रिय स्तरको स्वीमिंग पुल, इलेक्ट्रिक फिटनेश क्लव, स्वास्थ्यका लागि उपयोगी स्टीम बाथको व्यवस्था रहेको छ । यस्तै १ सय ५० जनाको क्षमता भएको फुल एसी भएको रेष्टुरेन्ट र फुल एसी भएको स्वीट रुमहरु रहेका छन् । साढे आठ कठाको फराकिलो कम्पाउण्ड भएको सो होटलको सोमवार भएको उदघाटन समारोहमा विभिन्न क्षेत्रका सयौ व्यक्तिहरुको उपस्थित रहेको थियो । सम्भव त मधेशको यस्तो अत्याधुनिकसहितको राजमार्गसंग जोडिएको यो पहिलो होटल रहेको आगन्तुकहरुको कथन रहेको छ ।

राजपाको तीन बुंदे निर्णय ,निर्वाचनमा प्रक्रियामा भाग नलिने 
लहान, २० बैशाख । राष्ट्रिय जनता पार्टी नेपालको एकीकरणले तीन बुंदे निर्णय गरी बैठक सम्पन्न गरेको छ । पहिलो पटक बसेको राजपा नेपालको केन्द्रीय समिति बैठक मंगलबार दिउँसोबाट सुरु भएको बैठक अबेर साँझ सम्पन्न भएको छ ।
बैठकले सबै पार्टीका केन्द्रीय सदस्य तथा पदाधिकारीहरुले पार्टी एकीकरणलाई अनुमोदन गरेको छ । साथै नाम र झण्डालाई अनुमोदन गरिएको छ ।
दोस्रो निर्णयअनुसार दल दर्ताका लागि हस्ताक्षरसहित सम्पूर्ण जिम्मेबारी अध्यक्ष मण्डललाई दिइएको छ ।
तेस्रो निर्णयअनुसार एकीकृत पार्टी भएका छवटै पार्टीको नाममा रहेको चलअचल सम्पति एकीकृत पार्टीको नाममा राख्ने निर्णय भएको छ । मधेशका सम्पूर्ण जिल्लाबाट सहभागी भएका केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्मिलित बैठकमा मधेशका प्रत्येक जिल्लामा अभियान चलाउने जानकारी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले दिए । 
यसैबीच, राष्ट्रिय जनता पार्टी नेपालले बैशाख ३१ को निर्वाचन प्रक्रियामा भाग नलिने भएको छ । नेता लक्ष्मणलाल कर्णले पहिलो चरणको चुनावका लागि आफूहरुको तयारी नरहेको बताए । दलीय हैसियतमा चुनावमा सहभागी नभएपनि आफूहरुको कुनै अवरोध नहुने राजपा नेपालका नेताहरुले बताएका छन् । स्रोतका अनुसार कतिपय ठाउँमा उसका नेताहरू स्वतन्त्र उम्मेदवार बन्न सक्नेछन् । 
विद्युत चुहावटबाट साढे २२ लाख राजस्व

लहान, २० बैशाख । नेपाल विद्युत प्राधिकरण सिरहा वितरण केन्द्रले  विद्युत चुहावट नियन्त्रण अन्तरगत २२ लाख ५३ हजार ६ सय २५ रुपैया राजश्व असुली गरेका छन् । सिरहा वितरण केन्द्रले गत श्रावण देखि चैत्र महिना सम्ममा सञ्चालन गरेको विद्युत चुहावट नियन्त्रण अभियानबाट सो रकम असुल भएको वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले वताए । प्रमुख यादवले दिएको जानकारी अनुसार विद्युत चुहावट गरिरहेको अवस्थामा पक्राउ परेका ३ सय ३४ जनाबाट उक्त राजश्व असुली भएका छन् । विद्यत चुहावट नियन्त्रण अभियानका क्रममा ९३ थान टिभी, ११७ थान मोटर , ४८ थान पंखा र ५ थान फ्रिज लगायतका विद्युतिय उपकरण समेत बरामद गरिएको छ । प्राधिकरणको सिरहा वितरण केन्द्रले ५१ प्रतिशत विद्युत चुहावट भइरहेकोमा हाल ४२ प्रतिशतमा झरेको र नियन्त्रण अभियान जारी रहेको बताए ।

सुनचांदी पसले आन्दोलित
लहान, १९ बैशाख । विर्तामोडमा सुनचांदी व्यावसायी बैद्यनाथ साहका बैद्य सुनलाई प्रहरीले अवैद्य गरी नियन्त्रणमा लिएको विरोधमा आज पूर्वका अधिकांश सुन पसले आन्दोलित भएका छन् । लहान सुनचांदी व्यावसायी संघका अध्यक्ष श्याम कुमार साहका अनुसार प्रहरीको ज्यादती विरुद्ध आज लहानलगायत पूर्वका सबै सुनचांदी पसल बन्द गरिएको छ । यत्तिबेला विवाहको समय भएपनि प्रहरी प्रशासनको ज्यादतीको कारण हामी आन्दोलन गर्नुपरेको छ । वैद्यनाथ साहले सुन किनेर आउंने क्रममा प्रहरीले सुनसहित नियन्त्रणमा लिएको थियो । आईतवार भएको सो घटनामा बैद्यनाथ साहलाई रिहा गरिएपनि ४८ लाख बराबरको एक किलो सुन राजस्वमा बुझाएको छ । सुन व्यावसायीसंगै पूर्वका कारिगरसहित आन्दोलनमा उत्रिएका छन् । 

फरार कैदी ४ बर्षपछि पक्राउ
लहान, २० बैशाख । चोरी मुद्दाका फरार अभियुक्तलाई ४ बर्ष पछि सिरहा प्रहरीले आइतबार  पक्राउ गरेको छ । 
सिरहा अदालतबाट चोरी मुद्दामा दोषी ठहर भएपछी २०७० माघ १२ गतेदेखि फरार रहेका सिरहा १ का बलराम यादवलाइ विशेष सुराकिको अधारमा घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ,सिरहाले जनाएको छ । यादबलाइ अदालतले चोरी मुद्दामा दोषी ठहर गर्दै ३ लाख २५ हजार ७ सय २५ रुपैयाँ  जरिबाना तोकेपछी जरिबाना नतिर्ने मनसायले लुकिछिपी बस्दै आएका थिए ।

उपेन्द्र नेतृत्वको समाजवादी निर्वाचनमा सहभागी भएपछि चौतर्फी विरोध
लहान, २० बैशाख । संघीय समाजवादी फोरमले संविधान संशोधनको सवाल छोडेर एक्कासी निर्वाचनमा गएपछि चौतर्फी विरोध हुन थालेको छ । उपेन्द्र यादवका संघीय गठबन्धनका एक प्रमुख नेता कुमार लिंग्देनले संघीय गठबन्धनको निर्णय विपरीत उपेन्द्र यादव स्थानीय निकायको निर्वाचनमा सहभागी भएको बताएका छन् । 
लिंग्देनले भने,‘संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने संघीय गठबन्धनको निर्णय थियो । गठबन्धनका संयोजक उपेन्द्र यादव आफै निर्णय विपरीत जानु भयो ।’
नेता लिंग्देनले संयोजक यादवले निर्वाचनमा सहभागी हुने बारे कुनै पनि छलफल नगरेको स्पष्ट पारे । मधेशी, आदिवासी, जनजातिको माग पुरा नभएसम्म निर्वाचनमा नजाने र संघर्ष गरी राख्ने भन्दै आएका यादव निर्वाचनमा सहभागी हुन आस्चर्यजनक भएको लिंग्देनले बताए । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं संघीय गठबन्धनका नेता केशव झाले पनि संघीय गठबन्धनको निर्णय विपरीत संघीय समाजवादी फोरम नेपाल निर्वाचनमा सहभागी भएको बताए । 
बलात्कारको आरोपमा ५५ बर्षीय वृद्ध
लहान, २० बैशाख । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान १३ का ५५ वर्षीय उतिमलाल सदायविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा वैशाख १७ गते उजुरी दर्ता गराएको छ । पीडित बालिकालाई आरोपितले वैशाख १६ गते बलात्कार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा वैशाख १७ गते गरिएको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेका अनुसार घटना लगत्तै आरोपित फरार भएकाले खोजी कार्य सुरु गरिएको छ ।
म्यादी प्रहरी सरसफाईमा
लहान, २० बैशाख । सिरहामा सरसफाई कार्यक्रम गति लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाको कार्यालय प्रमुख शेखर कोइरालाका सक्रियतामा आज म्यादी प्रहरी लगायतको सहभागीमा सिरहाको शहीद पार्क देखि शहरको मुख्य मार्ग हुदै जिल्ला प्रशासन कार्यालय सम्म सरसफाइ गरेको छ । सिरहामा अभियानकै रुपमा सरसफाई कार्यक्रम चलिरहेको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी