नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Apr 28, 2017
महिला कार्यक्रममा महिला कार्यालयकी कर्मचारीमाथी छेरखानी
  महिला कार्यक्रममा महिला कार्यालयकी कर्मचारीमाथी छेरखानी
लहान, १५ बैशाख । उमेर नपुगेका बाल विवाहको कारण महिला हिंसा बढ्ने गरेको भन्दै बहुविवाहको कारण पनि बालविवाहबाट नै हुने गरेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले बताउंनुभयो । मधेशी महिला जागरण संस्थाद्वारा आज आयोजित महिला हिंसा विरुद्ध अभियान कार्यक्रममा डिएसपी पाण्डेले कम उमेरमा प्रेम विवाह र सहमति विवाहले महिलाहरुलाई समस्या हुने गरेको छ । जीवनको अनुभव विना महिलाहरु पतिको घरमा बस्नु पर्दा विभिन्न यातना पाएर जीवन विरक्त भएको कारण महिलाहरु रोगी हुने र पुरुषहरु बहुविवाहतर्फ लाग्ने गरेको डिएसपी पाण्डे बताउंनुभयो । 


महिला बालबालिका कार्यालय सिरहाकी शर्मिला महतोले आमाले बेटाबेटी दुवैलाई ९ महिना नै पेट राख्छन् र जन्मिदा पनि दुवैमा उतिकै कष्ट भोग्नुपर्छ अनि किन छोरा र छोरीमा विभेद ? जन्मिनेदेखि आमाबुवाले छोरा र छोरीलाई समान नजरले हेर्नुपर्छ अनि मात्रै मधेशी समाजमा समानताको आधार स्थापना हुने बताईन् । महतोले महिलालाई जबसम्म शक्ति सता दिंदैन तबसम्म महिलामाथी घरेलु हिंसा यथावतै रहने भन्दै महिलाको काम पुरुष र पुरुषको काम महिलाले गर्नु पर्ने बताइन् । अन्य समुदाय भन्दा मधेशी महिला घुंघट (घोघ) मा बांधिएकोले जबसम्म त्यहांबाट निस्किदैन तबसम्म अधिकार नपाउंने भएकोले आजबाट नै पुरुष दमन विरुद्ध प्रतिकारमा उत्रिनुपर्ने बताईन् । आज मात्रै यो महिला कार्यक्रममा एक घण्टादेखि मलाई केटाहरुले छेरखानी (दुव्र्यवहार) गरिरहेका थिए । म महिला कार्यक्रममै पुरुषबाट हिंसा सहनु परियो यो कस्तो समाज हो ? महिला बालबालिका कार्यालयकी शर्मिला महतोले दुखेसो पोख्नुभयो । कार्यक्रममा पत्रकार दिनेश्वर गुप्ता, ज्योती महतो, गीता साहलगायतले महिला हिंसा विरुद्ध मन्तव्य राख्नुभएका थिए भने कार्यक्रमका सभाध्यक्षता निर्मलादेवी महतोले गरेकी थिइन् ।
राजपाद्वारा अग्नी पीडितलाई सखुवानन्कारकट्टीमा कर्कटपत्ता
लहान, १५ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज सखुवानन्कारकट्टी गाउंका अग्नीपीडितहरुलाई घर निर्माणको लागि कर्कटपत्ता ( चदरा) उपलब्ध गराएका छन् । 


राजपाका मनोज यादवका अनुसार पार्टी नेता महेन्द्र राय यादव र सिरहा राजपाका सहयोगमा पीडित परिवारलाई घामपानी बर्षाबाट बाच्नको निम्ति घरमा छाना हाल्न सो कर्कटपत्ता उपलब्ध गराएका छन् । दूई सत्ता अगाडि त्यस गाउंमा आगलागी हुंदा मण्डल बस्ती नै सखाप भएपछि त्यहांका मानिस विच्चलीमा परेका छन् । सहयोगको लागि चौतर्फी राहत पुगेपनि घरको छाना लगाउंन अझै आवश्यकता रहेको छ । राजपाले त्यसको लागि थप व्यवस्था गर्न सक्रिय भएका छन् ।
अग्नि पीडितहरुलाई राहत वितरण
सिरहा १५ बैशाख । २०७३ चैत २८ गते सोमबारका दिन सखुवानान्करकट्टी गाउँपालिका वडा नं. ४ मण्डल र दलित बस्तिनै सखाप हुनेगरी भएको आगलागी पीडित परिवारहरुलाई प्रति घर २ थानका दरले ३२ घरधुरीलाई ६४ थान कम्बल वितरण गरिएको छ । जिल्ला दैबी प्रकोप उद्दार समिति तथा प्रोटेक्सन् क्लस्टर सिरहा संगको साझेदारी नेपाल सरकार तथा बेलायत सरकारको आर्थिक सहयोगमा संचालित सामुदायिक विकास कार्यक्रम ( सि. डी. पि.) सिरहा मार्फत उक्त्त राहतको प्याकेज वितरण गरिएको थियो । उक्त्त कम्बल वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादव तथा पूर्वसभापति एबम भूपू मन्त्रि राजलाल यादव, सखुवानान्करकट्टी गाउँपालिकाका कार्यकारी प्रमुख रमेश कुमार साह, इलाका प्रहरी कार्यालय सखुवानान्करकट्टीका प्रमुख रामकृष्ण चौधरी, सामुदायिक विकास कार्यक्रमका जिल्ला संयोजक कल्पना श्रेष्ठ तथा विपद जोखिम न्यूनीकरण अधिकृत रेवत चापागाईं, स्थानीय राजनीतिज्ञ, समाजसेवी एवं स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी