साह हत्या काण्डका पांच गिरफ्तार, प्रेस मञ्चको शोकसभा लहानमा नगरपालिका कायम गर्न सुखीपुरवासी आन्दोलित, ओरेकको २६ औं बार्षिकोत्स
लहान हत्या काण्डका महिलासहित पांच आरोपितलाई आईतवार लहान प्रहरीले सार्वजनिक गरेको छ । सिरहाको लहान – ३ स्थित आँपको फुलबारी आत्महत्या गरेको किसिमले झुण्डिएको अवस्थामा भेटिएका एक युवकको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरी कर्तव्य ज्यानअन्तर्गत मुद्दा चलाएको छ । पक्राउ गरिएका पाँच जनालाई आज सिरहा जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि छ दिनको म्याद थप भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक (डिएसपी) हीराबहादुर पाण्डेले जानकारी दिए । इलाका प्रहरी कार्यालय लहानले आईतवार अपराह्न कार्यालयमा पत्रकार सम्मेलन गरी पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो । हत्यामा संलग्न एकजना अझै फरार रहेको र खोजी भइरहेको प्रहरीले जानकारी दिएका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका– ८ का १७ वर्षका श्रवणकुमार साहको हत्यामा प्रहरीले प्रारम्भिक अनुसन्धानको आधारमा एक महिलासहित पाँच जनालाई पक्राउ गरी मुद्दा चलाएको हो । पक्राउ परेकाहरूमा लहान नगरपालिका– ३ का अन्दाजी ४० वर्षका वसन्त साह, सप्तरीको सुरुङ्गा नगरपालिका– ५ की ३३ वर्षकी रञ्जुकुमारी मण्डल, सिरहाको फूलकहाकट्टी– ९ घर भई हाल लहान– ३ बस्दै आएका अन्दाजी १८ वर्षका भोलाजित नेपाल सिंह, लहान– ८ का १८ वर्षका दीपक शर्मा र लहान– ३ का १७ वर्षका मिस्टर राईन रहेका छन् ।
प्रेस मञ्च नेपाल


फागुन तेस्रो सत्ता सप्तरीको मलेठ घटनामा पांच जना सहादत्त प्राप्त गरेकोमा प्रेस मञ्च नेपालले आईतवार लहानमा श्रद्धाञ्जलीसभा गरेका छन् । सहादत्त प्राप्त यौद्धाहरुको दिगवंत आत्माको चिरशान्ति पायोस् भनी मञ्चको केन्द्रीय सर्कुलर अनुसार लहानको सहिद चौकमा मैनवत्ती प्रज्जवलन गरी सो कार्यक्रम गरिएको छ । सो कार्यक्रममा नागरिक समाजका शत्रुधन यादव, मधेश मिडिया मिशन नेपालका केन्द्रीय अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता, विद्यार्थी मञ्चका विजय यादव, प्रेस मञ्चका केन्द्रीय सचिव विरेन्द्र यादव, प्रेस मञ्चका केन्द्रीय सदस्य गोपाल गुप्तालगायतले मन्तव्य राख्नु भएका थिए । प्रेस मञ्चका सिरहा अध्यक्ष मनोज बनैताका सभाध्यक्षता भएको सो कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय सल्लाहकार महमुद आलम, डाक्टर पपु साह पिताम्बरलगायत चार सय बढीको सहभागिता रहेको थियो ।
मधेशमा चैत्ती छठ्
मधेसका जिल्लाहरूमा चैती छठपर्वको रौनक बढेको छ । मधेसको जिल्लाहरू सिरहा, सप्तरी, सुनसरी, मोरंग, धनुषा, महोत्तरी, सर्लाही बारा, पर्सा, रौतहटलगायतका विभिन्न ठाउँमा चैती छठको चहलपहल बढेको हो । छठ पर्वलाई लक्षित गर्दै सिरहाको लहान स्थित खुटी खोला, जनकपुर स्थित जानकी मन्दिरको छेउमा रहेका पोखरी, बारा सदरमुकाम कलैयाको रामजानकी मन्दिर गढिमाई मन्दिरको पोखरी, वीरगन्जस्थित घडीअर्वा पोखरी, सिर्सिया नदी, तिलाव नदी, रौतहटको गौर, चन्द्रनिगाहपुरको चाँदनी खोला, गरुडा, कटहरिया लगायतका ठाउँमा छठीमाईलाई दुलहीझंै सिँगारिएको छ । यस्ता मधेशको ग्रामिण भेगमा समेत चैती छठ्को लागि पोखरी सजाइएको छ । यी ठाउँमा छठ पर्व गर्ने ठाउँको पोखरी, नदी किनार छेउमा सरसफाइ गर्ने काम पनि भएको छ । स्थानीय बासिन्दा तथा नेपाली सेनाले छठघाटमा सरसफाइ गरेका छन् ।
नगरपालिका कायम गर
नगरपालिका कायम गर्न सुखीपुरमा यत्तिबेला चरणबद्ध आन्दोलन चलिरहेको छ । सुखीपुर नगरपालिकालाई गाउँपालिका बनाएको विरोधमा स्थानीयहरुले त्यहांको कार्यालयमा तालाबन्दी गरेको छ । आन्दोलित सुखीपुरवासीले जिल्ला समन्वय समितिको कार्यालय सिरहामा लगाएको ताला स्थानीय प्रशासनले फुटाएपनि स्थानीयहरुले त्यहाँको कार्यालय फागुन २८ मा लगाएको ताला अहिलेसम्म खुलेको छैन् । स्थानीयहरुले ताला लगाउदा दैनिक प्रशासनिक कामकाज बन्द हुनुका साथै विकास निर्माणका कामकाज समेत ठप्प भएको कार्यकारी अधिकृत जयराम पंजियारले बताए । राज्य पुनःसंरचनाको दोषको असर दलित तथा विपन्न गरिब वर्गमा पर्दै आएपनि सरोकारवाला निकाय मौन भई बसेको सद्भावना पार्टी सिरहा अध्यक्ष रामबहादुर महतोको आरोप छ । उनले राजनीतिक खिचातानीको चपेटामा गरिखानेहरुको जीवन चौपट बन्ने खतरा बढ्दै गएको बताए ।
ओरेकको २६ औं बार्षिकोत्स
ओरेक नेपाल सिरहा लहानले आज २६ औं बार्षिकोत्सव मनाइएको छ । सो कार्यक्रममा अधिकारकर्मी दुर्गा महतो, सुनिल साह, देवकुमारी महरा, रामभरोसी महतो, दिनेश्वर गुप्ता, रेणु कर्णलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गाउंपालिको लागि आन्दोलन
अलगै गाउँपालिका घोषणाको माग गर्दै चार गाविसका बासिन्दाहरुले आईतवार जिल्ला सदरमुकाम सिरहामा जुलुश प्रदर्शन गरेको छ । सैयौंको संख्यामा आएका बासिन्दाहरु सहभागी जुलुश यहाँको थानाचौकबाट निस्केर बजार परिक्रमा गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष ज्ञापन पत्र बुझाएको हो । हकपारा, सन्हैठा, कृष्णपुर र लगडि गदियानीका बासिन्दाहरुले सन्हैठा गाउँपालिका घोषणा गर्नुपर्ने माग गर्दै जोडदार नारा लगाएका थिए । ग्रामिण भेगको समस्या नै नबुझी गाउँपालिकाको सिमा र गाविसलाई समावेश गरेको हुँदा अमिल्दो भएको उनीहरुले दाबी गरेका छन् । प्रशासनिक तथा भौगोलिक दृष्टिले चार गाविसको संरचना मिल्दो भएपनि केन्द्रिय सोच अनुसार गाउँपालिका घोषणा गरिएको हुँदा आफुहरु मार्कामा परेको कृष्णपुरका स्थानीय शैलेन्द्र यादवको तर्क छ । वर्गीय विकासको लागि कुनै पनि संरचनालाई फेरबदल गर्छन् तर वर्तमान गाउँपालिकाको निर्धा्रित क्षेत्रले अझ समस्या नै थपेको उनले दाबी गरे । जिल्ला सदरमुकाम र हकपाराको दुरी ५ किलोमिटर भन्दा बढि रहेको बताउदै नेकपा (माओवादी) केन्द्रका युवा नेता महेश यादवले विकासीय योजना र प्रशासनिक दृष्टिले छाँयामा पर्ने भएकोले हकपारालाई सिरहा नगरपालिकामा गाभेर अन्याय भएको दाबी गरे । उनका अनुसार अलगै गाउँपालिका घोषणाको लागि चार गाविसको जनसंख्या मुल आधार रहेको छ ।
पूर्ण खोप
पूर्ण खोप वडा अन्तरगत स्वास्थ्य चौकी व्यवस्थापन तथा सञ्चालन समितिले सिरहा नगरपालिका वडा नम्बर १० र ११ लाई घोषणा गरेका छ । स्वास्थ्य चौकी व्यवस्थापन तथा सञ्चालन समितिले स्वास्थ्य चौकी भलुवाहीको परिसरमा आइतबार आयोजना गरेको कार्यक्रममा दुवै वडालाई पूर्ण खोप वडाको रूपमा घोषणा गरेको हो । उक्त कार्यक्रमकाअध्यक्ष राम अशिष भिन्दवार यादवको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला स्वास्थ्य प्रमुख डा. चुम्बन लाल दास, विशिष्ठ अतिथी सिरहा नगरपालिकाका कार्यकारी अधिकृत इन्द्र देव यादव, जिल्ला समन्वय समितिका सिरहाका प्रतिनिधी मो. सुल्तान राही लगायत पत्रकार, बुद्धिजीवी, नागरिक समाज, स्थानीय राजनीति दलका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । जिल्लाका अन्य वडाहरु झै यस दुवै वडालाई पूर्ण खोप वडा घोषणा गरिएको सि.अ.हे.व. जय नारायण यादवले बताए ।
रंगेहात पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिंदै एक अमिनलाई रंगेहात पक्राउ गरेको छ । नापी कार्यालय धनुषामा आइतबार दिउँसो अख्तियारको क्षेत्रिय कार्यालय बर्दिवासबाट खटेको टोलीले छापा मार्दा ३० हजार रुपैया घुस सहित अमिनलाई रंगेहात पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा नापी कार्याय धनुषाका अमिन कृष्ण जोशी रहेको आयोगको क्षेत्रिय कार्यालय बर्दिवासका प्रमुख एवम् प्रहरी उपरीक्षक राज कुमार लम्सालले जानकारी दिए । उपरीक्षक लम्सालको नेतृत्वमा जनकपुर आइपुगेका टोलीले पूर्व जानकारीको आधारमा सेवाग्राहीसंग घुस लिदै गर्दा पक्राउ गरिएको हो । बझागं जिल्लाको थालीमाली घर भएका अमिन जोशी एक सेवाग्राहीसँग कित्ताकाट र नामसारीको लागि उक्त रकम घुस मागेको थियो भने घुसको लागि अख्तियारले नै रकम उपलब्ध गराएको थियो । स्रोतका अनुसार, गत दूई वर्षदेखि जनकपुर कार्यालयमा कार्यरत रहदै आएका छन् । एसपी लम्सालका अनुसार ३० हजार रुपैयाको फोटोकपी राखी अगाडी अगाडी सेवाग्राही र पछिपछि अख्तियारका कर्मचारी थिए । यता नापी कार्यालय प्रमुख सुरेश जोशीको समेत उक्त घुस काण्डमा सँलग्नता रहेको बुझिएको छ भने यस घुस काण्डमा आफनो कुनै संलग्नता नरहेको प्रमुख जोशीले बताएका छन ।
लागुऔषध
सुनसरीको धरान उपमहानगरपालिका ९ बाट प्रहरीले आइतबार लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका कौलाश जोशीको घरमा कोठा लिई बस्ने बर्ष ३२ को मनोज माझी रहेका छन्। प्रहरीले चेकजाँच गर्ने क्रममा उनले लगाएको ज्याकेटबाट लागूऔषध एभिल १ एम्पुल, डाईजलोप २ एम्पुल , लुपीजैसिक ४ एम्पुल, गरी जम्मा ७ एम्पुल बरामद गरेको छ। लागूऔषधसहित पक्राउ परेका माझीलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।
उदयपुरको त्रियुगा नगरपालिका १० स्थित गाईघाट साउने सडक खण्डमा आइतबार ना ५ त ८४३० नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा ट्याक्टरमा सवार सात जना घाइते भएका छन्। अपरान्ह ३ बजेतिर बसलाई साइड दिने क्रममा भएको उक्त दुर्घटनामा उदयपुर पोखरी ३ बस्ने बर्ष २५ को उद्धब मल्ल, सोही ठाउँका ७० बर्षिय बुद्धे कामी, ५० बर्षिय सिताराम मल्ल, नेपालटार ३ बस्ने बर्ष १३ को सुजन श्रेष्ठ, झनक बहादुर श्रेष्ठ, मिलन साही र ट्याक्टरका चालक उमेश मगर घाइते भएका छन्। घाइते सबैको जल्ला अस्पतालमा उपचार भइरहेको छ भने घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउन कानून विपरीत अनुचित दबाब दिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । देउवाको दबाबमा वरियता मिचेर सरकारले चन्दलाई आइजीपीमा नियुक्त गरेपछि विवाद चुलिएको थियो । यसैबीच, सर्वोच्च अदालतले चन्दको नियुक्त बदर गर्दै वरियता र योग्यतालाई आधार मानेर आइजीपी नियुक्त गर्न निर्णय गरेपछि सरकार संकट पर्यो । तर, अदालतको आदेश अलोकतान्त्रि एवं कार्यकारी अधिकारमाथि हस्तक्षेप भएको र पुनः चन्दलाई नै आइजीपी बनाउन दबाब दिएपछि अदालतको अपहेलना भएको भन्दै कांग्रेसका सभापति देउवाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको हो । अधिवक्ता हरिप्रसाद मैनालीले आइतबार दायर गरेको रिटमा कांग्रेस र देउवालाई विपक्षी बनाइएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्ति विवादमा सर्वोच्चले गरेको फैसलालाई सरकारको कार्यकारिणी अधिकारमा हस्तक्षेप भएको निर्णय गरेको थियो ।कांग्रेसको सो निर्णयले जनमानसमा भ्रम सिजना गर्नुका साथै अदालतको मानमर्दन भएको रिट निवेदकको दाबी छ ।