नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Mar 30, 2017
मुख्यमन्त्रीको लोभमा संघीय समाजवादी फोरममा राजकुमार गुप्ता राजु
 लहान, १७ चैत्त । सद्भावना पार्टीभित्र रहेर अन्य पार्टीको प्रचारप्रसार गर्ने सिरहाका केही कामचोरी नेतालाई कारवाही गर्न थालिएको छ । सद्भावना स्थापनाकालदेखि जमिन्दारी शैलीका नेता राजकुमार गुप्ता राजुका परिवार यस पार्टीसंग आबद्ध रहेका थिए । पार्टीमा रहेर मात्रै हुंदैन भन्दै वीरगन्जको बैठकमा गुप्तासंग पार्टीको संगठन निर्माण, अनुशासन र आन्दोलनताका तेल कारोबारीसंग संलग्न विषयमा स्पष्टीकरण माग गरेको थियो । स्पष्टीकरण माग गरेको कारण गुप्ताले दूई महिना अगाडि वीरगन्जको बैठकताका राजिनामा दिएका थिए । राजिनामापछि गुप्तालाई सही बाटोमा आउंन सद्भावना पार्टीका केन्द्र समन्वय एवं निर्देशन समितिका मृगेन्द्र सिंह यादव, बद्री मण्डल र नवलकिशोर साहलगायतका टोली सिरहाको मिर्चैया आइपुगेका थिए । सो बैठकमा सहमहासचिव गुप्ताले युवा मंचका अध्यक्ष विरेन्द्र यादव, केन्द्रीय सल्लाहकार रामनारायण महतो, गोपाल गुप्तालगायतलाई पार्टीबाट निस्काशन गर्न दवाव दिएका थिए । सिरहामा पार्टीभित्र राजकुमार गुप्ताको हैसियत समाप्त हुंदै गएपछि करिब ७ महिनादेखि गुप्ता विचलनमा परेका थिए । यता, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आफ्नो पार्टीमा ल्याउंन कसरत विगत लामो समयदेखि गर्दै आएका थिए । उपेन्द्र निकट स्रोतका अनुसार राजकुमार गुप्ता महाधनाढय व्यक्ति हुन् । उनका नेपाल र भारत गरी अरबौंको सम्पती रहेको छ । सोही प्रकृतिका फोरम नेपालमा सांसद डा.विरेन्द्र महतो पनि रहेकोले पार्टीलाई आर्थिक लाभको लागि मधेशका दूई खम्बा तयार पार्न पनि यो कार्य अघि बढाइएको हो । अर्का एक स्रोतका अनुसार फोरम नेपालमा मुख्यमन्त्री बन्ने हैसियत भएका नेता कम रहेकोले राजकुमार गुप्तालाई प्रदेश नम्बर २ को मुख्यमन्त्री र पार्टीको सहअध्यक्ष बनाउंने फोरम नेपालका अध्यक्ष उपेन्द्रले प्रतिबद्धता जनाएपछि सद्भावना छाडेका हुन् ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी