नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
स्थानीय समाचार :
Mar 21, 2017
सांसदहरुलाई पेन्सन चाहियो, अधिकारकर्मीहरु विरोधमा
 — सांसदहरुलाई पेन्सन चाहियो, अधिकारकर्मीहरु विरोधमा
— मधेशवादी दलहरु गरियो संसद वहिष्कार, मधेशवादी दलहरु समान्तर सरकारको तयारीमा
— बाघको आक्रमण महिलाको जान गयो, नेपालका धनि विनोद चौधरी भारतका अनिल अम्बानी



सांसदहरुको लागि निवृतिभरण (पेन्सन) दिने ऐन संविधानसभामा विधेयक पेश भएको छ यसको विरोधमा लहानमा आज पत्रकार सम्मेलन गरिएको छ । मानव अधिकार संरक्षण केन्द्र (संजाल) लहान सिरहाले पत्रकार सम्मेलन गरी जनप्रतिनिधी तथा सांसदहरुलाई समावेश गरी अवकाश पश्चात विशेष खाले सुविधा र निवृतिभरण दिने गरि ऐन संसोधनका लागि विधेयक पेश भएको सार्वजनिक गरेको छ । नियुक्ति पाएका कर्मचारीहरु जस्तै सांसदहरु पनि निवृतिभरण विधेयक पेश गरेकोेले यसलाई लागु गर्न नदिन अधिकारकर्मी तथा नागरिक समाजलाई ध्यानाकर्षण गराउंन संजालले मंगलबार विज्ञाप्ती जारी गरिएको छ ।  जीवनभर सरकारी सेवामा व्यत्तित गर्ने कर्मचारीहरुको हकमा निवृत्तिभरण हटाउने गरि निजामती ऐन संसोधन गर्ने संसदहरुले नै आफूखुशी संसद सुविधा बढाउंन लागेको छ । सांसदहरुले स्वास्थ्य ,यातायात ,घर वहाल ,अन्य सुविधा सहित सेवा पश्चात पनि मासिक वृद्धि सहितको संसोधन विधेयकमा पेश गरी राज्यकोषको चरम दुरुपयोग हुने ठहर गरेको जारी विज्ञाप्तीमा उल्लेख छ । उक्त्त विधेयक तत्काल फिर्ता लिन सम्बन्धित सांसदहरुलाई आग्रह गरेका छन् । सो विधेयक फिर्ता नलिए मानव अधिकार संजाल चरणबद्ध आन्दोलनमा जाने पूर्व संयोजक सुनिल साहले बताए । राष्ट्रपति र उपराष्ट्रपति समेतले अवकाश पश्चात पाउने विशेष खाले सुविधा र निवुत्तिभरन समेत खारेज गर्न संजालका पुर्व संयोजक साहले बताए । मानवाधिकार संरक्षण केन्द्र संजालकी संयोजक गंगा अधिकारीका सभाध्यक्षतामा भएको सो कार्यक्रमको संचालन अधिकारकर्मी रामभरोसी महतो गरेका थिए । यसैबीच, पत्रकार दिलिप सिंहलाई देव आइडियल इंग्लिस बोर्डिगं स्कूलका संस्थापक प्रिन्सिपल मुरारी साहले दुव्र्यवहार तथा धम्की दिएकोले यसप्रति अधिकारकर्मीहरुले घटनाको भत्र्सना गर्दै दोषीमाथी कारवाहीको माग गरेको छ ।

मधेस केन्द्रित दलका सांसदहरुले व्यवस्थापिका–संसद्को आजको बैठक बहिस्कार गरेका छन् । मेधस केन्द्रित दलले उठाउँदै आएका माग सम्बोधन गर्नेतर्फ पहल नभएको, सामाजिक सद्भाव कायम गर्ने भन्दा पनि भड्काउनेतर्फ प्रमुख दल क्रियाशील रहेको भन्दै सांसद धर्मेन्द्रकुमार साह तेलीले आफूहरुले बैठक बहिस्कार गर्ने जानकारी आजको बैठकमा दिनुभएको थियो । उहाँले मधेसवादी दलले उठाउँदै आएको संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन र सहमति तथा सहकार्यको वातावरण बनाउन पनि आग्रह गर्नुभयो । उहाँको सो आग्रह लगत्तै मधेस केन्द्रित दलका सांसदहरुले नाराबाजी गर्दै बैठक बहिस्कार गर्नुभएको थियो । बैठक बहिष्कार गर्नेमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायतका दलसँग आबद्ध सांसदहरु हुनुहुन्थ्यो ।  

सुरेशकुमार चौधरीका दुबै हातमा औंला छैनन् । तर उनी एसइई परीक्षा दिइरहेका छन् । चौधरी लक्ष्मण ललिता कुशवाहा मावि लहान परीक्षा केन्द्रबाट परीक्षा दिँदैछन् । मेरी चिल्र्डेन स्कूलमा चौधरी कक्षा ८ देखि १० सम्म पढेका छन् । उनलाई पढाइको सबै खर्च विद्यालयले नै व्यहोर्ने गरेका छ । यस अघि सगरमाथा अनाथालय लहानमा बस्दै पढ्दै आएका थिए । सगरमाथा अनाथालय लहानले सात बालबालिकालाई लहानको मेरी चिल्ड्रेन बोर्डिग स्कूलमा जिम्मा दिएर पढाउंदै आएका छन् । सुरेशलाई आफ्ना दुईटै हात अपाङ्ग भएकोले आमा–बुबाले अनाथालयमा ल्याएर छोडिदिएका थिए ।  सगरमाथा अनाथालयमा नै उनले नर्सरीदेखि कक्षा ७ सम्म पढे । चौधरीसँग सोही स्कुलबाट देवीलाल महतो पनि एसइइ परीक्षामा सहभागी भएका छन् । महतो पनि अनाथालयबाट आएका हुन् । उनलाई पनि विद्यालयले नै सबै खर्च तिरेर पढाउंदै आएको प्रिन्सिपल पाण्डव हमालले बताए ।

मधेसी मोर्चाका नेता एवं सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले तराईमा समानान्तर सरकार चलाउने चेतावनी दिएका छन् । एक कार्यक्रममा महतोले मधेसमा मधेस केन्द्रित दलहरुले समानान्तर सरकार चलाउन खोजेको बताएका हुन् । मधेसलाई प्रमुख दलहरुले सामान्यरुपमा लिने गरे तापनि मधेसबिनाको देश एक मिनेट पनि चल्न नसक्ने उनको दाबी छ । मधेसलाई बाईपास गरेर निर्वाचन गर्न खोजे देशकै लागि दुर्भाग्य सावित हुने र नेपालीमाथि नै राष्ट्रघात हुने महतोको भनाइ छ । उनले संविधान संशोधनबिना निर्वाचन गर्ने कसैको आँट नभएको बताए । महतोले एमाले, कांग्रेस र माओवादीको बेइमानीका कारण संविधान संशोधन हुन नसकेको भन्दै संशोधनबिना स्थानीय तहको निर्वाचन गर्ने कसैको आँट नभएको र भए देश रक्तपातमा डुब्ने दाबी गरे । सीमांकन नै मधेसी मोर्चाको पहिलो एजेन्डा भएकाले यसलाई थाती राखेर निर्वाचन जाने भन्नु मधेस र मधेसीलाई धोका दिनुबाहेक अरु हुन नसक्ने उनले बताए ।

सिरहाका कृषकलाई व्यवसायिक मत्सयपालन प्रविधि विषयक तीन दिने तालिम सोमबारबाट सिरहामा सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालय, सिरहाको आयोजनामा शुरु भएको सो तालिममा ४ कृषि सेवा केन्द्र र १० कृषि सम्पर्क केन्द्रबाट २० जना कृषक सहभागी रहेको मत्सय विकास शाखाका प्राविधिक सहायक महेश यादवले वताएका छन् । माछा पालन सम्बन्धी सीप विकास गर्ने उद्देश्यले सञ्चालन भएको सो तालिमको सहजीकरण जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख डा. रामचन्द्र यादव, मत्सय विकास अधिकृत फुलगेन यादवले गरेको कार्यालयको प्राविधिक सहायक यादवले जानकारी दिएका छन् ।

नवलपरासीको भेडाबारीमा बाघले आक्रमण गर्दा मंगलबार बिहान एक महिलाको मृत्यु भएको छ । गैंडाकोट ११ भेडाबारी बस्ने वर्ष ६१ की पूर्णकली अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । भेडाबारी सामुदायिक वनमा घाँस दाउराको लागि जंगल गएकी अधिकारीलाई बाघले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको हो । घाँसपातका लागि गएका साथीले अधिकारीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

विश्व चर्चित म्यागेजिन फोर्ब्सले मङ्गलबार अर्बपतिहरुको सुची सार्वजनिक गरेको छ । फोर्ब्सले सार्वजनिक गरेको सूचीमा नेपालका उद्योगपति विनोद चौधरी १५६७ औँ नम्बरमा पर्न सफल भएका छन् । फोर्ब्सको विवरण अनुसार अघिल्लो वर्षभन्दा यो वर्ष चौधरी ग्रुपका मालिक विनोदको सम्पत्ति २० करोड बढेको छ । फोर्ब्सका अनुसार चौधरीको सम्पत्ति कुल एक अर्ब ३१ करोड अमेरिकी डलर अर्थात एक खर्ब ३६ अर्ब रहेको छ । (बिल गेट्स लगातार चौथो पटक विश्वकै धनी, ट्रम्प २२० स्थान तल झरे) सन् २०१३ मा फोर्ब्सको अर्बपतिको सूचीमा पर्न सफल भएका चौधरीको सम्पत्ति केही वर्षयता करोडको अन्तरमा बढेको छ । सन् २०१५ मा उनीसँग एक अर्ब ३० करोड डलर सम्पत्ति थियो । विश्वका अर्बपतिहरुको सूचीमा १०१ भारतीय परेका छन् । सर्वा्धिक धनी भारतीयमा मुकेश अम्बानी परेका छन् । उनी २३ अर्ब २ करोड अमेरिकी सम्पत्तिसहित फोर्ब्सको समग्र सूचीको ३३ औं नम्बरमा छन् । १६ अर्ब ४ करोड अमेरिकी डलरसम्पत्तिका साथ लक्ष्मी मित्तल ५६ औं स्थानमा र १४ अर्ब ९ करोड सम्पत्तिका मालिक अजिम प्रेमजी ७२ औं स्थानमा छन् । भारतीय अर्बपतिहरुमा मित्तल दोस्रो र प्रेमजी तेस्रो नम्बरमा छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले ७४४ वटै स्थानीय तहमा पहिलो चरणमा कम्तीमा पनि १५ श्ययाको अस्पताल स्थापना गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता दामोदर रेग्मीका अनुसार आइतबार जारी भएको स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ अनुसार प्रधानमन्त्रीले तत्काल अस्पताल स्थापनाका लागि निर्देशन दिएका हुन् । स्थानीय तह व्यवस्था र सेवा प्रवाह कार्यारम्भ भइसकेकाले संविधान तथा नेपाल सरकारबाट स्वीकृत कार्य्विस्तृतीकरण बमोजिम जनतालाई सरल र सहज रुपमा सेवा प्रवाह गर्नका लागि अस्पताल स्थापना गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हु्न् । कतिपय स्थानीय तहमा अस्पताल भएपनि सबैमा अस्पताल नभएको भन्दै प्रधानमन्त्रीले सोको व्यवस्था गर्न र तत्काल कार्यारम्भ गर्न समेत मन्त्रालयलाई ध्यानाकर्षण गराएका हुन् । 

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता