नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Feb 23, 2015
सामुदायिक विद्यालय सुधार्न हातेमालो र सहकार्य
 सामुदायिक विद्यालय सुधार्न हातेमालो र सहकार्य
मणिलाल विक
लहान, ११ फागुन । बिग्रिंदै  गएको सामुदायिक विद्यालयको अवस्था सुदृढ गर्दै शैक्षिक गुणस्तर सुधार्न हातेमालो र सहकार्य गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । 
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा लहानमा आयोजित विद्यालयमा सुशासन र उत्तरदायित्व अनुसन्धान प्रतिवेदनमाथि छलफल विषयक कार्यक्रममा सरोकारवालाहरुले सामुदायिक विद्यालयको अवस्था सुधार्न शिक्षकसँगै अभिभावक र विद्यार्थीहको महत्वपूर्ण भूमिका रहने औंल्याए । 
कार्यक्रममा लहानस्थित पशुपति आदर्श उच्च मा.वि.का प्राचार्य परमेश्वर रायले विद्यालयमा व्यवस्थापन समिति गठन गर्ने प्रकृया नै गलत रहेको औंल्याउँदै ‘मेरो’ भन्ने भावनालाई ‘हाम्रो’ मा परिवर्तन गर्न सकिए राम्रो काम गर्न सकिने उल्लख गर्नुभयो । 
मानवअधिकार संरक्षण केन्द्र (संजाल) सिरहाका संयोजक तथा पत्रकार मणिलाल विश्वकर्माले सामुदायिक विद्यालयमा भौतिक निर्माण, छात्रबृत्ति, विद्यालय सुधार आयोजना लगायतका शीर्षकमा आएको रकम हिनामिना भईरहेको चर्चा गर्दै त्यसलाई सुधार्न जिल्लाको शैक्षिक प्रशासन बलियो हुनु पर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा अभियानका सचिव डिल्लीराम सुवेदीले सामुदायिक विद्यालयमा गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै सामुदायिक विद्यालयमा मानव श्रोत व्यवस्थापन महत्वपूर्ण रहेको चर्चा गर्दै विद्यालयमा आर्थिक पक्ष, प्रशासनिक पक्ष, शैक्षिक पक्षमा ध्यान दिन सके अवस्था सुध्रिदै जाने उल्लेख गर्नुभयो । 
सुवेदीले विद्यालयको सामाजिक लेखा परीक्षण, शिक्षक, व्यवथापन समितिका पदाधिकारीहरको क्षमता अभिबृद्धि गर्न सके गुणात्मक फड्को मार्न सकिने बताउनु भयो । एनइसि जिल्ला संजाल सिरहाको संयोजन, भिएसओको सहयोग र दलित जनकल्याण युवा क्लवको सहकार्यमा आयोजित छलफल कार्यक्रममा क्लवका अध्यक्ष उमेशकुमार विसुन्केले सामुदायिक विद्यालयको सुधारका लागि सबैले आ– आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्नेमा औंल्याउनु भयो ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता