लहान १२ माघ । लहान सिटी जेसीजमा पदधिकारी चयनको लागि सधैं विवाद हुंदैं आएपनि यस पटक शान्तिमय ढंगमा नयां कार्यसमिति चयन गर्ने तयारीमा जुटेका छन् । सन् २०१७ को लागि माघ १२ गते लहानको मारवाडी सेवा सदनमा हुन गइरहेको १५ औं साधारणसभासंगै नयां कार्य समिति चयन हुने भएको छ ।
राजनीतिक दाउपेचको आधारमा उम्मेदवारी हुने भएपछि एमाले, कांग्रेस र मधेशवादीबीच कडा प्रतिस्पर्धा हुने भएको छ । तर, एमालेको मत कम भएपनि त्यसपक्षका उम्मेदवार गतिलो देखिएको छ भने कांग्रेसीहरुले एमालेलाई नै समर्थन गर्ने तयारी गरिरहेको एक स्रोतले बताए । मधेशवादी कसिलो भएपनि उम्मेदवारी कमजोर रहेकोले पराजयको अवस्थामा पुग्ने अर्का एक स्रोतको दावी छ । उता, राजावादी अर्थात राप्रपाका पक्षधरहरु पनि कम सक्रिय नरहेकोले यो कार्य समिति चयनमा दाउपेच कसिलो छ । अर्का एक स्रोतका अनुसार निजी विद्यालयका कर्मकाण्ड समेत यस जेसीजमा नै हुने गरेकोले जेसीज सदस्यबीच आपसी फाटो सक्रिय रहेको छ । माओवादी पक्षधरहरु पनि जेसीजका सदस्य रहेका छन् । जो ढुलमुलको अवस्थामा छन् । उनीहरु आफ्नो हैसियत कायम गर्न कसको उम्मेदवारी मैदानमा सवल छ सोही अनुरुप सहयोग गर्ने आन्तरिक तयारी गरेको छ । नेतृत्व विकासको आधार तयार गर्न स्थापित भएका लहान सिटी जेसीज जहिले पनि विवाद र नेतृत्वकलहतामा वित्ने गरेको छ भने व्यापारीहरुको झुण्ड पनि रहने गरेको छ । आज हुने नयां कार्य समितिका लागि अध्यक्षमा सत्यनारायण पंजियार, उमेश चौधरी र गंगाप्रसाद यादव उम्मेदवारी दिने भएको छ । उपाध्यक्ष अमरेश महतो, अनिलकुमार साह, सतिश महासेठ, अनिलकुमार महतो, कृष्णा गुप्ता, रंजु सिंह र ह्रदयनारायण चौधरी रहेका छन् । कार्यकारी उपाध्यक्षमा बसन्त साह र अजय साह रहेका छन् । त्यसैगरी, जनसम्पर्क अधिकारीमा फिरोज शेख र दिनेश दास छन् । तालिम निर्देशकमा दिपेन्द्रकुमार साहको एक्कल उम्मेदवारी रहेको छ । माघ १२ गते विहान ११ बजेदेखि हुने सो सभाको निर्वाचन अधिकृत बसन्त साह रहेका छन् ।