नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jan 20, 2017
रेडियोप्रति विभेद अन्त्य गर्न प्रचारक संघको सरकारसंग माग
  लहान ४ माघ । पत्रिकाले मासिक रुपमा लोककल्याणकारी विज्ञापन बापत पाउंने गरेको सुविधा सामुदायिक रेडियोहरुलाई पनि सोही अनुरुप सुविधा दिनुपर्ने रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष सुवाष खतिवडाले बताउंनुभयो । 
लहानमा माघ ४ गते सामुदायिक रेडियो समादको ९ औं बार्षिकोत्सवमा अध्यक्ष खतिवडाले कम लगानीका पत्रिकालाई मासिक लोककल्याणकारी विज्ञापन वापत सरकारले रकम उपलब्ध गराउंदै आएको छ भने ठूलो लगानीक रेडियोहरुलाई बार्षिक रुपमा २०—२५ हजार उपलब्ध गराउंदे आएको छ । यस्तो विभेदको अन्त्य गर्न मेरो नेतृत्वको संघले आन्दोलन गर्नुपर्ने बताउंनुभयो । 
अध्यक्ष खतिवडाले सामुदायिक रेडियोहरु कार्यक्रम उत्पादन गरेर उत्पादकीय कार्य गरिरहेकोले यसलाई उद्योगको आधारमा विजुलीको महसुलमा सुविधाको व्यवस्था नगरिए चाडै आन्दोलनमा जाने बताउंनुभयो । प्रकृतिका साथीहरुद्धारा संचालित रेडियो समाद स्थापना कालदेखि नै समुदाय परिर्वतन गर्ने विभिन्न प्रकारका रेडियो कार्यक्रम , सूचना , संगीतलगायत समाचार सम्प्रेसन गर्दै आएको छ । सामुदायिक रेडियो समाद एफ.एम .१०२.६ मेगाहर्जका संचालक समिति अध्यक्ष चन्द्रनारायण चौधरी अध्यक्षतामा भएको वार्षिक उत्सवमा प्रमुख अथिती सामुदायिक रेडियो प्रसारकका अध्यक्ष सुवाष खतिवडाले पानस वती बालेर कार्यक्रमको उदघाटन गरेका थिए । अथितीहरुमा पुर्व जिल्ला शिक्षा अधिकारी मुत्तिनाथ चौधरी , सामुदायिक प्रसारक संघका केन्द्रिय अध्यक्ष टिकाजंग थापा , सामुदायिक प्रसारक संघका प्रदेश नं.२ का प्रदेश सदस्य रामभरोसी महतो , नागरिक समाजबादी पार्टीका केन्द्रिय सदस्य रामचन्द्र चौधरीलगायत राजनितीक दलका प्रतिनिधी, बुद्धिजीवि , विभिन्न संघसंस्थाका प्रतिनीधि ,पत्रकार लगायत रेडियो प्रेमीको सहभागिता रहेका थिए । कार्यक्रममा प्रमुख अथिती खतिवडाले पुर्व संचालक समितीका अध्यक्ष शम्भुलाल चौधरीलाई दोसल्ला ओढाई सम्मान गरेका थिए । कार्यक्रममा विभिन्न प्रकारका साँस्कृतिक नृत्य , गायन , लगायत प्रमाणपत्र वितरण कार्यक्रम गरेका थिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता