नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jan 01, 2017
खुला दिशामुक्त संगै मधेशबाट एमाले मुक्त अभियान ः महतो
 लहान, १७ पौष । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान र संघीयताको ठूलो दुश्मन एमाले पार्टी संसद गेटमा उभिएका छन् । एमालेले संविधान संशोधन गर्न दिंदैन न त चुनाव नै हुंन दिंदैनन् बताउंनुभयो । 
संघीयता सफल भयो भने केपी ओलीहरुलाई कठिनाई हुने भन्दै आज लहानमा प्रेस मंच सिरहाद्धारा गरिएको पत्रकार सम्मेलनमा महतोले संविधान संशोधन र संघीयता सफल भएन भने विखण्डवादीहरुलाई बल पुग्ने र यसको जिम्मेवार एमाले लिनुपर्ने बताउंनुभयो ।


महतोले पहाडमा दूई तिहाई र मधेशमा एक तिहाईको संख्याको आधारमा नगरपालिका गाउंपालिकाको पूर्नसंरचनाबाट स्थानीयतहको निर्वाचन कुनै पनि हालतमा नहुने भन्दै मधेश र पहाडको बजेटिंगमा आकाश जमिनको फरक रहेकोले यस्ता विभेद अन्त्य नहुंजेल कुनै पनि निर्वाचन नहुने बताउंनुभयो । 
एमाले समस्या निकासको बाधक पार्टी भएकोले खुला दिशामुक्तसंगै मधेशबाट एमालेलाई मुक्त गर्ने अभियान चलाउंनुपर्छ  । संसद अबरूद्ध गरेर एमालेले गैरलोकतान्त्रिक चरित्र देखाएको अध्यक्ष महतोले बताउंनुभयो ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतको कुमाउ, गढवालबाट नेपाल छिरेका खस बाहुनहरुले मधेशको भाषा संस्कृतिमाथी प्रहार गरिरहेको भन्दै यसका शिकार हाम्रै एमाले कांग्रेसका मधेशीहरु तिनीहरुको गुलामी गरिरहेको बताउंनुभयो । 
महतोले भारतबाट आएका खस भाषालाई नेपालमा राष्ट्रिय भाषा बनाएर शासन गरिरहेको छ । जहां मैथिली, भोजपुरी, अबधी, थारु, हिन्दी यही भूमीको भाषा संस्कृति रहेपनि खस बाहुनहरुले दमन शोषणमा उत्रिएकोले यसको विरोधमा गम्भिर विस्फोटन हुने उहांले बताउंनुभयो । 
महतोले संसारमा पहिचानको लागि थोरै भाषाभाषी तथा संस्कृति समुदायले अलग शासन सत्ता चलाउंन राज्यसंग अलग भएको उदाहरण दिंदै ओली जस्ता राष्ट्रघातीहरुको क्रियाकलाप तिब्र भयो भने मधेश पनि आफ्नो सेना र सुरक्षाको लागि तयार रहने महतोले बताउंनुभयो । 
उहांले आफ्नो भूमीको सुरक्षाको लागि मधेशी जनता नै सेना भएर लड्न तयार रहेको दावी गर्नुभयो । सद्भावना अध्यक्ष महतोले संशोधन विधेयक जबसम्म परिमार्जन हुंदैन तबसम्म यसको कुनै महत्व नरहने भन्दै मेचीदेखि महाकालीसम्म मधेश दूई प्रदेश हुनुपर्छ बताउंनुभयो । कार्यक्रम प्रेस मञ्च सिरहा लहानका अध्यक्ष मनोज बनैताका सभाध्यक्षतामा भएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी