नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jan 01, 2017
कुमाउ गढवालवाले ओलीहरुको क्रियाकलापले मधेश पनि सेना र सुरक्षाको लागि तयार रहने ः महतो
 लहान, १७ पौष । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतको कुमाउ, गढवालबाट नेपाल छिरेका खस बाहुनहरुले मधेशको भाषा संस्कृतिमाथी प्रहार गरिरहेको भन्दै यसका शिकार हाम्रै एमाले कांग्रेसका मधेशीहरु तिनीहरुको गुलामी गरिरहेको बताउंनुभयो । 
सिरहाको रामपुर पिपरामा आज सद्भावना पार्टी प्रवेश कार्यक्रममा उहां महतोले भारतबाट आएका खस भाषालाई नेपालमा राष्ट्रिय भाषा बनाएर शासन गरिरहेको छ । जहां मैथिली, भोजपुरी, अबधी, थारु, हिन्दी यही भूमीको भाषा संस्कृति रहेपनि खस बाहुनहरुले दमन शोषणमा उत्रिएकोले यसको विरोधमा गम्भिर रुप लिने उहांले बताउंनुभयो । 
महतोले संसारमा पहिचानको लागि थोरै भाषाभाषी तथा संस्कृति समुदायले अलग शासन सत्ता चलाउंन राज्यसंग अलग भएको उदाहरण दिंदै ओली जस्ता राष्ट्रघातीहरुको क्रियाकलाप तिब्र भयो भने मधेश पनि आफ्नो सेना र सुरक्षाको लागि तयार रहने उहां अध्यक्षले बताउंनुभयो । 
उहांले आफ्नो भूमीको सुरक्षाको लागि मधेशी जनता नै सेना भएर लड्न तयार रहेको दावी गर्नुभयो । सद्भावना अध्यक्ष महतोले संशोधन विधेयक जबसम्म परिमार्जन हुंदैन तबसम्म यसको कुनै महत्व नरहने भन्दै मेचीदेखि महाकालीसम्म मधेश दूई प्रदेश हुनुपर्छ जिकिर गर्नुभयो । सद्भावना पार्टी सिरहा जिल्ला कार्यसमितिका अध्यक्ष रामबहादुर महतोका सभाध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा एक हजारबढी अन्य पार्टी परित्याग गरी सद्भावना प्रवेश गरेका थिए । आज प्रवेश भएका अधिकांश एमालेका कार्यकर्ता रहेका थिए भने राप्रपाका समेत प्रवेश गरेका थिए । केही मात्रामा नेपाली कांग्रेसका युवा कर्ताकर्ताहरु समेत सद्भावना पार्टीमा प्रवेश गरेका थिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता