नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Dec 30, 2016
संसद सुचारु गर्न सद्भावना अध्यक्ष गिरीको माग
  लहान, १५ पौष । नेपाल सद्भावना पार्टी जिल्ला कार्यसमिति सिरहाले तत्काल सदन संचालन गरी संशोधन विधेयक दर्ता गर्न गराउंन सात बुंदे ज्ञापनपत्र सरकारलाई विहीवार बुझाएका छन् । 
नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष सरिता गिरीका विशेष अगुवाईमा ईलाका प्रशासन कार्यालय लहानको अगाडि चार घण्टा धर्ना बसेर ज्ञापनपत्र बुझाएको छ । 


ईलाका प्रशासन कार्यालय लहानका प्रमुख तुलसीराम पोखरेल मार्फत बुझाएको सो ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय, सभामुख कार्यालय, नेपाली कांग्रेस, नेकपा एमाले कार्यालयमा पठाईदिन ज्ञापनपत्र बुझाएको सद्भावना पार्टी सिरहाका अध्यक्ष जिवछ यादवले बताए । बुझाएको ज्ञापनपत्रमा मधेशी सहिदलाई सम्मान गरी विभेद अन्त्य गर्न जोडदार माग गरिएको छ । ७५ जिल्ला मध्ये मधेशलाई ८ जिल्लामा सिमित गरेको प्रति आपत्ति जनाउंदै जनसंख्याको अनुपातमा प्रतिनिधित्वको व्यवस्था गर्न माग गरिएको छ । नागरिकता सम्बन्धि नयां कानुन मधेशी र महिलाहरुका लागि दासताका नयां जंजिर रहेको दावी गर्दै यस्ता कानुनलाई यथाशिघ्र संशोधन गर्न माग गरिएको छ । मधेशी तथा महिलाका लागि गणतन्त्र र संघीयता अग्रगमनको प्रतिक नभई प्रतिगमनका बाटो भएको ठहर गर्दै मधेश र महिलाप्रतिको विभेद यथाशिघ्र हटाउंन माग गरिएको छ । संविधानले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा पनि समस्या पैद गरेको भन्दै चीन र भारतबीच अवस्थित भूराजनीतिकमा असन्तुलनको अवस्था सृजना गरेको छ यसले मुलुकमा  शान्ति र सुरक्षा आउंन नसकेको ज्ञापनपत्रमा उल्लेख छ । संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचनले देशमा थप द्धन्द्ध र गृहयुद्धतर्फ धकेल्न निश्चित रहेको दावी गरिएको छ । नेकपा एमालेलाई आशंका छ की संसद सुचारु भयो भने संशोधन विधेयक पारित हुने छ भनी संसद अवरोध गरिएको हो । यो प्रक्रिया अलोकतान्त्रिक हो यसैले एमाले राष्ट्रघाती काम गरिरहेको दावी गरिएको छ । संशोधन विधेयक सरकारले फिर्ता लिनु एमालेको अडानले असंवैधानिक र अधिनायकवादी हो भन्दै राजनीतिक दुर्घटनाबाट बचाउंन संशोधन विधेयकमा परिमार्जन गरी संसदीय प्रक्रिया अघि बढाउंन माग गरेको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता