नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Dec 22, 2016
मधेशी मोर्चाले एमाले अध्यक्ष ओलीलाई लहानमा स्वागत गर्ने
  लहान, ७ पौष । मधेश आन्दोलनको उद्गमभूमी लहानमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले मधेशी विरोधी केपी शर्मा ओलीलाई स्वागत गर्ने भएको छ ।  सधैं केपी ओलीलाई मधेशमा विरोध गरेपनि यस पटक मधेशी मोर्चाको सिरहा जिल्लास्तरीय छलफलमा संघीय समाजवादी फोरमले हाम्रो आफ्नै प्रशिक्षण कार्यक्रम रहेकोले कसैलाई विरोध नगर्ने भनी निर्णय लिएको छ । 
उता, मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादवले बुधवार उपेन्द्र यादवसंग नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको कार्यक्रमबारे सल्लाह गर्दा ‘सबैको आ—आफ्नो कार्यक्रम हो ।’ ‘रोक्ने नरोक्ने कुनै आवश्यक छैन’ भन्दै कृष्णबहादुरसंग मोवाईल कनेक्सन कट गरेका थिए । कृष्णबहादुरले जिकिर गर्दै भने ‘उपेन्द्रलाई सम्पर्क गर्दा ढेड घण्टापछि कुरा गरौला भन्दै मोवाईल काट्े’ ‘अहिले ४ घण्टा भयो तर उपेन्द्रले सम्पर्क गरेन् ।’
एक स्रोतका अनुसार संघीय समाजवादी फोरम मधेशी मात्रैको नभएर देशभरीका पहाडी पार्टीको रुपमा अगाडि बढिरहेको छ । मधेशमा एमालेलाई विरोध गरियो भने पहाडमा संघीय समाजवादी फोरमलाई समेत निषेध गर्ने भएका कारण उपेन्द्र र उनका कार्यकर्ता केपी ओलीलाई लहानमा विरोध होइन् स्वागत गर्न आतुर भएका छन् । अर्का एक स्रोतका अनुसार पश्चिम नेपालमा एमालेको आन्दोलन नौटंकी मात्रै हो । केही दिनमा सेलाएर जाने छ । र, पूर्वको मोरंग र सुनसरीको मधेशी बाहुल्य क्षेत्र काटेर प्रदेश नम्बर २ मा राखिने केपी ओली र उपेन्द्रको आन्तरिक सहमति हुंदै गइरहेको छ । सोही सहमतिको अन्तिम टुंगोमा पुगेपछि प्रचण्डको सरकार ढाल्ने र फेरी केपी ओलीलाई प्रधानमन्त्री बनाउंने उपेन्द्र यादवको दुष्क्रम जारी रहेको छ । 
संघीय समाजवादी फोरम नेपालको लहानमा पौष ८ गते प्रशिक्षण कार्यक्रम रहेको छ भने एमालेको पनि सोही दिन लहानमा एमाले अध्यक्ष केपी ओलीको आगमन हुने भएको छ । तर, एमालेका एक कार्यकर्ता मोर्चाको विरोधको तयारी नहोस् भनी पौष १० गते केपी ओली लहान आउंने भनी प्रचार गरिरहेको छ । उता, ओलीको विरोधमा सिरहाका एमालेकै माधव कुमार नेपालपक्षले गर्ने तयारी भइरहेको स्रोतको दावी छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता