नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Dec 14, 2016
एमालेको राष्ट्रघात क्रियाकलापले तत्काल निर्वाचनमा समस्या ः प्रम प्रचण्ड
 लहान, २९ मंसिर । मधेशी, जनजाती, थारु, मुस्लिमसंग तीन बुंदे सम्झौता भएको थियो त्यही अनुरुप संविधान संशोधन प्रस्ताव संसदमा पेश भएको छ, यसमा मोर्चाकै आधारमा परिमार्जन पनि हुन्छ, फिर्ता हुने कुनै कुरै छैन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउंनुभयो । 
प्रेस सेन्टर प्रदेश नम्बर २ ले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले मधेश आन्दोलनका सहिद, घाईते र जेलनेल परेकाप्रति सकारात्मक निर्णय गराएको भन्दै प्रदेश नम्बर २ मा सुनसरी, मोरंग र झापाका केही भाग काटेर भएपनि परिमार्जन गर्न लगाउंने बताउंनुभयो । तर, मधेश र मधेशीको सबै माग अहिले नै पूरा हुन्छ भने छैन । विस्तारै हुदै जाने म पनि मधेशकै प्रतिनिधि गरेकोले सकारात्मक परिमार्जन गरेर संविधान संशोधन हुने उहां प्रचण्डले दावी गर्नुभयो । 


मधेश, पहाड र हिमालका जनताको भावनालाई मिलाएर अघि बढ्ने भएकोले प्रतिपक्ष एमाले पनि विस्तारै नजिक आउंछ । यसको लागि सबै कुरा यही भनेर नहुने उहां प्रचण्ड बताउंनुभयो । 
मेरो नेतृत्वको सरकारले निर्वाचनमा जाने भएकोले मधेशको संविधानमा स्वीकार्यता गरेर जाने नै यो सरकारको लक्ष्य रहेको भन्दै प्रतिपक्ष एमालेको राष्ट्रघात क्रियाकलापले तत्काल समस्या आउंन सक्ने उहां प्रचण्डले बताउंनुभयो । कार्यक्रम प्रेस सेन्टर प्रदेश नम्बर २ का संयोजक हिरालाल चौधरीका सभाध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन आशिष विकले गर्नुभएका थिए । प्रधानमन्त्री प्रचण्ड माओवादीकै मातृका यादवका छोराको जन्तीबाट फर्किएर लहानमा पत्रकार सम्मेलनमा सहभागी हुनुभएका थिए ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता