नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Dec 10, 2016
‘सहिद नगरी लहानबाट नै फेरी आंधीवेहरी उठ्ने’
  लहान २५ मंसिर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमाले पहिलेदेखि संघीयता विरोधी रहेको आज प्रमाणित भइरहेको छ । राष्ट्रिय बैश्य समाजको आयोजनामा विशाल वैश्य निर्माणको  लागि वैश्य सम्मेलनको उद्घाटन गर्दै आज लहानमा अध्यक्ष महतोले मधेशको माँग पुरा हुन नदिन एमाले जुन प्रयास गरिरहेको छ त्यो नेपालबाट मधेशलाई अलग गर्ने षड्यन्त्र गरिरहेको बताउंनुभयो । 
मधेश र मधेशीको अधिकारको लागि वैश्यहरुको महत्वपूर्ण योगदान रहेको भन्दै अधिकार र पहिचानको लागि भिक्षा माग्ने समय नरहेकोले अब मधेश मुक्तिको लागि आन्दोलनको तयारीमा लाग्न अध्यक्ष महतोले आव्हान गर्नुभयो । उहांले संशोधनको पक्षमा नउभिएर एमालेको राष्ट्रघाति चरित्रको उजागर भएको बताउंदै लहान सहिद नगरी हो फेरी आन्दोलनको आंधीवेहरी यहीबाट उठ्ने स्थिति रहेकोले अब अन्तिम लडाई नै हुने बताउंनुभयो । 


एमालेले मधेशको माँग पुरा हुन नदिनका लागि आन्दोलन गर्यो भने अब मधेशी जनता एमाले मुक्त मधेशको परिकल्पना गर्ने चेतावनी समेत उहाँले दिनुभयो । एमालेको राष्ट्रघाति चरित्रकै कारण वर्तमान उपलब्धि समेत गुम्ने खतरा तर्फ सबैलाई सचेत गराउनु भएको थियो । संविधान संशोधनको सवालमा उहाँले अहिले तयार पारिएको संविधान संशोधनको प्रस्तावबाट मधेशको सबै माँग पुरा हुन नसक्ने भएकाले मधेशी मोर्चा सो प्रस्तावबाट असन्तुष्ट रहेको स्पष्ट पार्नुभयो । 
मधेशको सबै माँग सम्बोधन हुन सक्ने संशोधन प्रस्ताव तयार पार्नका लागि मोर्चाले दबाब बनाई रहेको उहाँले बताउनु भयो । कार्यक्रम समापन लगत्तै पत्रकारले एक जिज्ञासामा अध्यक्ष महतोले तराई मधेश लोकतान्त्रिक पार्टीसँग पार्टी एकीकरण हुन लागेको चर्चामा मात्रै सीमित रहेको तर एकीकरणका लागि कुनै ठोस कदम अहिलेसम्म अगाडि नबढाइएको स्पष्ट पार्नुभयो । 
एकीकरणको लागि हाम्रो चाहना रहेको भन्दै महतोले यसको लागि वृहत्त छलफलको आवश्यकता रहेको बताउंनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता