नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Dec 06, 2016
विद्यालय बन्द गरी कुश्ती,राज्यमन्त्री भगत र सिडियोको रमोत्सव
 सुरेन्द्रकुमार कामति .
सिरहा, २१ मंसिर । कुश्ती आयोजनाको नाउँमा सिरहाको एक  विद्यालय बन्द गरिएको छ ।
सिरहाको बेल्हामा रहेको बिष्णु चरण श्रेष्ठ माध्यमिक विद्यालय बन्द गरिएको थियोे । उक्त कुश्तीको उर्जा राज्यमन्त्री सत्य नारायण भगतले उदघाट्न गरे । कुश्ती हेर्न नेपाली काँग्रेसका समानुपातिक साँसद मो.मुक्तार राईन, प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ लगायतका जिम्मेवार निकायकै प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
विद्यालय शान्ती क्षेत्र घोषणा गराउने राज्य र तिनका निकायले नै यसको अवज्ञा गरेको देखिन्छ । विद्यालयमा अध्ययन गर्ने प्राथमिक तहदेखी माध्यमिक तहसम्मका करिब ४ सय वढी विधार्थी पढ्नवाट बन्चित भएको छ ।
विद्यालयमा कुश्तीको लागि साताअघि माटो पुड्ने (अखारा बनाउने) कामले विद्यालयको पठनपाठ्न प्रभावित हुँदै आएको थियोे ।
विद्यालय बन्द गरिएपनि कुनैपनी सरोकारवालाले चासो व्यत्त गरेनन् । कुनैपनि वहानामा विद्यालय बन्द गर्न नहुने जानकारी भएपनि प्रध्यानाध्यापक र शिक्षकले आयोजकको दबाब थेग्न नसकेको भन्दै पंछिएको छ । विद्यालय शान्ति क्षेत्रका रुपमा घोषणा भएको बर्षौ भैसकेको भन्दै नागरिक अगुवा रामकिशोर यादवले विधार्थिको पठनपाठन कुनैपनि कार्यक्रम, मेलारउत्सवको नाउँमा बन्द गर्नु निन्दनीय कार्य रहेको बताए । जिल्ला शिक्षा अधिकारी अरबिन्द लाल कर्णले कुनैपनि बहाना विद्यालय बन्द गर्न नहुने बताए । सबै राजनीतिक दल, संघसंस्थाले विद्यालयलाई शान्ति क्षेत्रको रूपमा घोषणा गरेको भन्दै जिशिअ कर्णले विद्यालय बन्दवारे आफूले कुनै जानकारी नभएको बताए । विद्यालय बन्द गरेको बारे थपकुरा बुझेर आवश्यक कारबाही गर्ने बताए । रामजानकी विवाह महोत्सवको अवसरमा कुश्तीको आयोजना गरिएको विराट दंगल कुश्तीका अध्यक्ष हेबु मुखियाले बताए । उनले आफूहरुको नियत विधार्थिको पठनपाठन प्रभावित गर्नु नरहेको दाबी गरे ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता