नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Dec 02, 2016
सिरहामा एड्सबाट एक दर्जनबढीको मृत्यू
 लहान १७ मंसिर । विश्वभर विभिन्न कार्यक्रम गरी आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस मनाइएको छ । सिरहालगायत नेपालभर विभिन्न  जनचेतनामुलक कार्यक्रमको आयोजना गरी २९औं एड्स दिवस मनाइएको छ । ‘हामी सबैको काम, एचआईभी रोकथाम’ भन्ने नाराका साथ यो दिवस सिरहा पनि मनाइयो । सोहीक्रममा आर्थिक वर्ष ०७२।७३ मा सिरहामा थप २६ जना एचआइभी संक्रमित फेला परेको एक तथ्यांकले सार्वजनिक गरेको छ । सिरहामा एचआइभी एड्सकै कारण सिरहामा गत आर्थिक वर्ष ०७२।७३ सम्म १४ जनाको मृत्यु भएको थियो ।
लहान अस्पतालमा २० र सिरहा अस्पतालमा ६ जना नयाँ एचआइभी संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका एचआइभी एड्स समन्वय समितिका सरोज कर्णले जानकारी दिए ।
योसँगै सिरहामा एचआइभी संक्रमितको संख्या ६८ पुगेको छ । अघिल्लो आर्थिक वर्ष ०७१।७२ मा पनि १५ जना नयाँ एचआइभी संक्रमित फेला परेका थिए । एचआइभी संक्रमितमध्ये ४२ जनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनकपुर अस्पताल पठाइएको कर्णले बताए । 
एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै वृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रमको लागि बहुपक्षीय संलग्नता बढाउने अभिप्रायले सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर एक तारीखका एड्स दिवस मनाउने गरिन्छ ।
विश्वमा एचआइभी पत्ता लागेको ३५ वर्ष पूरा भएसँगै नेपाल लगायत विश्वमा एचआइभीको नयाँ संक्रमणमा कमी आएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार सन् २०१५ सम्ममा विश्वमा एड्स रोगका विरामीको संख्या तीन करोड ६७ लाख रहेको अनुमान गरिएको छ भने नेपालमा हाल करिब ३९ हजार ३९७ जनामा एचआइभीको संक्रमण रहेको अनुमान छ ।
जसमा पुरुषको संख्या चौबीस हजार ४४९ र महिलाको संख्या चौध हजार ९४८ रहेको छ । त्यस्तै नेपाली संक्रमितमा १५ देखि ४९ वर्ष समूहका वयष्क जनसंख्या मध्ये ०.२ प्रतिशतमा मात्र एचआइभीको संक्रमण रहेको अनुमान छ ।
नेपालमा करिब ८५ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौनसम्पर्कबाट हुने गरेकोे पाइएको छ ।
एचआइभीको उच्च जोखिममा रहनेहरुमा सुईद्धारा लागुऔषध प्रयोग गर्ने र पुरुष समलिंगी यौनकर्मीहरुमा एचआईभीको संक्रमण हुने जोखिम उच्च रहेको पाइएको छ ।
त्यस्तै यौनकर्मी, तेश्रोलिंगी, वैदेशिक रोजगारीमा जानेहरु र कैदीहरुमा पनि संक्रमणको जोखिम उच्च रहेको केन्द्रका निर्देशक तरुण पंगेनी बताउँछन् ।
हाल नेपालमा एड्सको नयाँ संक्रमणमा ८० प्रतिशतले र एड्स सम्बन्धी मृत्युमा सन् २००७ (नेपालमा एड्सबाट सबैभन्दा धरै मृत्यु भएको वर्ष)को तुलनामा २२ प्रतिशतले कमी आएको छ । त्यसैगरी, एआरभी अर्थात औषधी सेवन गर्नेको संख्या १४६ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।  त्यस्तै, सन् २००० को तुलनामा हाल विश्वमा एड्स रोगको नयाँ संक्रमणमा ३५ प्रतिशतले कमी आएको छ भने झण्डै ५८ प्रतिशत बालबालिकामा नयाँ संक्रमण कम हुदै गएको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, सन् २००४ (विश्वमा  एड्सबाट सबैभन्दा धेरै मृत्यु  भएको वर्ष) को तुलनामा हालसम्म एड्सबाट मृत्यु हुनेमा ४२ प्रतिशतले कमी आउनुका साथै ८४ प्रतिशतमा एचआइभी (औषधी सेवन गर्नेको ) उपचामा पहुँच बढेको छ । हाल संसारमा १ करोड ५८ लाख मानिसहरु एचआइचीको उपचारमा रहेको विभिन्न  तथ्यांकहरुले देखाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी