नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Dec 02, 2016
सिरहामा बाटो हगुवा नियन्त्रण अभियान
 लहान, १७ मंसिर । सन् २०१७ सम्ममा नेपाललाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अनुरुप सिरहामा हालसम्म ७० प्रतिशतले चर्पी निर्माण गरिसकेको छ । सिरहा जिल्ला सन् २०१६ भित्रै खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने भनी अभियान चलाइएको छ ।  सोही अभियान अन्तरगत सञ्चालित कार्यक्रमलाई प्रभावकारी बनाउंनको निम्ति ‘बाटो हगुवा नियन्त्रण’ अभियान शुरु गरिएको छ ।
जिल्ला विकास समिति सिरहाको जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिले खुला स्थान र सडकमा दिसापिसाब गर्नेलाई नियन्त्रण लिएर कान समातेर उठबस जस्ता कार्य बढाउंदै चेतनामुलक कार्य अघि बढाइएको छ । बिहीबार मात्र सो अनुगमन टोलीले १३ जनालाई नियन्त्रणमा लिएर ‘कान समातेर उठबस’ गर्न लगाएको छ । सिरहा नगरपालिका वडा न.८ को मैसोथा टोलमा सडक छेउमै दिसा गरिरहेका उनीहरुलाई सो टोलीले नियन्त्रणमा लिएको थियो । टोलीले नियन्त्रणमा लिएकाहरुलाई खुला दिसा नगर्न आग्रह गर्दै शौचालयमा मात्र शौच गर्न सुझाएको थियो ।
‘हामीले टोली बनाएरै बिहानै ५ बजेदेखि अनुगमनमा निस्कने गरेका छौ ।’ अनुगमन टोलीका सदस्य समेत रहेका नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देवकुमार यादवले भने, ‘पुरुष मात्र होइन, महिलाहरु पनि लाजै नमानी खुला स्थानमा दिसा गर्छन् । मधेशमा यस्तो पौराणिक क्रियाकलाप रहेकोले यसलाई हामी हटाएरै छाड्छौ ।’ समन्वय समितिले सन् २०१६ को अन्त्यसम्ममा सिरहालाई खुला दिसा मुक्त क्षेत्र बनाउने लक्ष्य लिएको छ । तर सो लक्ष्य ७० प्रतिशत मात्र पुरा भएको छ । यता, हालसम्म नेपालभर ३८ जिल्ला खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ भने ८ जिल्ला तयारीमा रहेको एक तथ्यांकले सार्वजनिक गरेको छ । लक्ष्य अनुरुप देशभर ८३ प्रतिशत खुला दिशामुक्त क्षेत्र घोषणा भइसकेको छ भने मधेशको सप्तरीदेखि पर्सासम्म ८ जिल्ला पछाडि परेको छ । जसमा सिरहा अग्रपंक्तिमा रहेको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी