नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Nov 26, 2016
चेतना बढ्दै गएपछि मधेशमा महिला हिंसाको घटनामा कमी
  लहान ११ मंसिर । समाजमा जनचेतनाका कार्यक्रम संचालन हुन थालेपछि हिंसात्मक घटनामा केही कमि आएको छ । 
ओरेक नेपाल लहानले आज पत्रकार सम्मेलनमा सो तथ्यांक सार्वजनिक गरेको छ । ओरेक नेपालकी सिरहा संयोजक निलम यादवका अनुसार विगतका बर्ष १ सय ७३ वटा महिला हिंसाका घटना रहेको थियो भने यस बर्ष ४८ जति कम रहेको बताउंनुभयो । 
२०१६ जनवरीदेखि २४ नोभेम्बरसम्म १ सय २५ वटा महिलामाथी हिंसाका घटना भएको छ भने गत बर्ष १ सय ७३ हिंसाका घटना भएको थियो । यस बर्ष घरेलु हिंसा १० , बलात्कार ५ , यौन हिंसा ६ , आत्महत्या ४ , मानसिक यातना २४ , कुटपिट ५४, दाईजो कारण मानसिक यातना ३ , बोक्सीको आरोप ६ र बहुविवाह १० वटा रहेको पत्रकार सम्मेलन जानकारी गराएका छन् । सोहीक्रममा ओरेकले सिरहामा परामर्श ३४, मेलमिलाप ३५, स्वास्थ्य उपचारको सहजिकरण ६, कानुनी प्रक्रिया २३, प्रमाण नभएको ४, प्रहरी अनुसन्धान १८, अदालती ५, अंश मुद्दा १, बहुविवाहको मुद्दा १, कुटपिटको मुद्दा १ र बलात्कारको मुद्दा २ वटामा सेवा प्रदान गरिएको जनाइएको छ । 
ओरेक नेपालले महिला हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रम समेत सो पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । मंसिर ९ गतेदेखि २४ गतेसम्म १६ दिने कार्यक्रम अन्तर्गत पत्रकार सम्मेलन, र्याली प्रदर्शन, स्कूल तथा कांलेज शिक्षा, दहेज विरुद्ध सडक नाटक, सरोकारवालाबीच अन्तरक्रिया, हिंसा विरुद्ध अन्तरक्रिया, विश्व एड्स दिवसमा चेतनामुलक कार्यक्रम, भूमिमा महिलाको अधिकार विषयक अन्तरक्रिया, महिला स्वास्थ्य शिविर, यौनजन्य हिंसा विरुद्ध अन्तरक्रिया, आत्महत्या विषयमा कार्यशाला गोष्ठी, दहेजका कारण महिलामाथी हुने हिंसा विषयक अभिमुखिकरण, घटेका घटनाहरुको अनुभव आदानप्रदान,  कोणसभा तथा रक्तदान जस्ता कार्यक्रम अघि सार्ने ओरेककी देवकुमारी महराले बताइन् । आजको  कार्यक्रममा दहेज विरुद्ध व्यापक छलफल भएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता