नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फिचर
Nov 21, 2016
कार्ड परिवर्तन गर्न जानकारी नहुंदा ज्येष्ठ नागरिक भत्ताबाट बंचित
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल महिला अन्तर्गत ५ सय रुपैयां भत्ता पाउंदै आएकी थिइन् । यता, ७० बर्ष पूरा गरे वापत थप ५ सय पाउंनुपर्ने प्रावद्यान रहेको छ । उनलाई कार्ड परिवर्तन गर्नुपर्छ भनी जानकारी नरहेकोले तीन बर्षदेखि पाउंनुपर्ने थप रकम पाउंन सकेकी छैन् । देवकी भन्छीन् — म कान सुन्दिन्,मेरी छोरी जीवछीले नै पैसा उठाउंछीन् । छोरीलाई सबै कुरा जानकारी हुन्छ । छोरीले नै नगरपालिकामा ल्याएर पैसा उठाउंन लगाउंछन् ।’ उनकी छोरी जीवछी आमाकी सहमतीमा पुरानै कार्डमा भात्ता बुझ्ने गरेकी छीन् ।
 
                                              Debaki Thakur
लहान नगरपालिकाका कर्मचारीहरुको लापरवाहीको कारण कार्ड परिवर्तन नगरी भत्ता दिने गरेकोले पीडितहरुले झन पीडा खेप्दै आएका छन् । लहान २ की ७१ बर्षीया घुरनी सदायको अवस्था पनि यस्तै रहेको छ । उनी पनि पुरानै कार्डकै आधारमा भात्ता पाउंने गरेका छन् । लहान नगरपालिकाका कार्यरत कर्मचारी रामविलास महतो भन्छन् — यस्ता कार्डलाई चाडै सुधार गरी  ६० बर्षदेखि पाउंने दलित, अपांगहरुलाई ७० बर्ष पुगेलाई ज्येष्ठ नागरिकको आधारमा थप भात्ता दिने प्रावधान छन् । कहिकतै मिस्टेकले कार्ड परिवर्तन नगरिएकोले थप भत्ता पाउंन नसकेको होला । तर, यसलाई सच्चयाएर थप भत्ता दिने’ उनी प्रतिबद्धता जनाएको छ । ज्येष्ठ नागरिक, एकल महिला, दलित, अपांगलगायतले २०७२ चैत्रसम्म भत्ता पाइसकेका छन् । यता, लामो समयदेखि भत्ता नपाएको र भत्ता वितरणमा व्यापक अनियमित हुंदै आएकोले स्थानीय विकास मन्त्रालयले समाजिक सुरक्षा भत्ता बैंक मार्फत सम्बन्धितपक्षलाई उपलब्ध गराउंने प्रावद्यान गरेको छ । सोही अनुरुप लहान नगरपालिकाले समाजिक भत्ता पाउंनेहरुको नाममा बैंक खात्ता  खोलिने  काम गरिरहेको छ । मंसिर ४ गतेदेखि लहान स्थित रहेका १० वटा बैंकका खात्ता खोलिने टोली नगरपालिकामै खटाइएको छ । लहान नगरपालिकामा समाजिक सुरक्षा भत्ता पाउंने करिब ४ हजारको संख्यामा रहेको छ । हालसम्म ६ सयले खत्ता खोलिसकेका छन् । पांच सयको दरमा दिंदै आएको समाजिक सुरक्षा भत्ता यस पटकदेखि सरकारले दोब्बर गरेर एक हजार पुर्याएको छ । विभिन्न तहमा भत्ता खांदै आएका व्यक्ति ७० बर्ष पुगेपछि थप ज्येष्ठ नागरिक बापत भत्ता खान पाउंने भएको छ । अर्थात महिनामा २ हजार पाउंने छ भने ज्येष्ठ नागरिकले एकल रुपमा एक हजार मात्र मासिक भत्ता पाउंने छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता