नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फिचर
Nov 20, 2016
सरसफाईसंगै स्थानीय सांस्कृतिको विकास
 दिनेश्वर गुप्ता ।
लहान  मंसिर । मधेशको आठ जिल्ला सप्तरीदेखि पर्सासम्म यत्तिबेला लक्ष्य प्राप्तिको निम्ति घर घरमा चर्पी, मधेशको शान भनेर अघि बढिरहेको छ । यसको मुख्य लक्ष्य खुला दिशमुक्त क्षेत्र घोषणा गर्नु हो । लक्ष्य प्राप्तिसंगै सिरहा र सप्तरीमा सांस्कृति जागरण अघि बढिरहेको छ । समाजमा रहेको विकृति तथा फोहर व्यवस्थापन गर्दै पहिचान र स्थानीय संस्कृति भाषाको समेत विकास भइरहेको छ । सिरहाको सुखिपुर ४ कुशहा लक्ष्मीनियां आज खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ । 



सो घोषणा कार्यक्रम सफल पार्न स्थानीय भाखा शैलीमा झिझिया नाच, धोती, गमछा,कुर्ता, घैलालगायतको सांस्कृतिमय प्रदर्शन गरिएको छ । सिरहाको प्रथम खुला दिशामुक्त गाविस गाढाको घोषणा गर्दा स्थानीय पहिचान र संस्कृतिका लोक गीतको झांकी, मुसहर, मलाह, थारु, बनिया,  कोईरी, यादवलगायतको पहिरन, भाखा, नाटक, नाचगानको प्रदर्शन गरिएको थियो । यो सरसफाई अभियान मात्रै नभई स्थानीय संस्कृति र पहिचान उठाउंन कलाकारहरु अवसर पनि पाउंन थालेको छ । ठाउं ठाउंमा सांस्कृतिक तथा सडक नाटकको टोली पनि गठन भएको छ । गीत गायनका पार्खि सिरहाका सिडियो खुला दिशामुक्त क्षेत्र घोषणाको जुनसुकै मंचमा आफ्नो एक दूई गीत पस्किहाल्छन् । 


सिरहाका सिडियो विजयनारायण मानन्धर भन्छन् — मधेशमा यत्तिबेला सरसफाईलाई थप उर्जा एवं सचेतनाको महत्वपूर्ण माध्यम स्थानीय भाखाको सांस्कृति र नाटक नै भएको छ । सरसफाईलाई तिब्र रुपमा अगाडि बढाउंन म पनि  आफ्नो गीत पस्किहाल्छु । सरसफाईसंग जोडिएर जनचेतना अभिवृद्धि हेतु कलाकारहरु पनि प्रदर्शन गर्दै आएको छ । नेपाल रेडक्रस सोसाईटी सिरहाका अध्यक्ष राजदेव यादव भन्छन् — यही अवसर हो , सरसफाईसंगै हाम्रो समाजमा रहेको प्रतिभाशिल युवाहरुले कला प्रदर्शन गरेर समाज परिवर्तन गर्दैछन् ।’ ‘हाम्रो समाजका कला संस्कृति लोप हुंदै थियो तर, सिरहा, सप्तरी, धनुषागरी सरसफाईसंगै सांस्कृतिक टोली विकास भएको छ ।’ खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रममा सांस्कृति र नाटक मात्रै हुने गरेकोले स्थानीय पहिचानको प्रदर्शनमा कमि देखिन्छ । सरसफाई अभियन्ता गोपाल घिमिरे भन्छन् — हाम्रो लक्ष्य सरसफाई नै हो । तर, समाज परिवर्तन गर्न स्थानीय पहिरन तथा शिपशिल उत्पादनको प्रदर्शन पनि उत्तिकै जरुरी छ ।’ ‘ विगतमा भारतबाट आउंने नाचगान र हिन्दी संस्कृतिलाई रोक्दै स्थानीय कलासंस्कृतिले अवसर पाईरहेको छ ।’ सरसफाई लक्ष्य प्राप्तिपछि विकसित भएका कलासंस्कृति तथा नाटकका कलाकारहरु वेरोजगारी हुने भनी कतिमा चिन्ता पलाएको छ । यसैले यसलाई संरक्षण गर्न स्थानीय निकायले बार्षिक बजेटिंगको आधार तयार गर्नुपर्ने नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देवकुमार यादव बताउंछन् । 
सिरहा जिल्लामा मात्रै यस्ता टोली आठ वटा रहेका छन् भने धनुषा र सप्तरीमा पनि सांस्कृतिक र नाटकीय टोली एक दर्जन जति रहेको छ ।






प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता