नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फिचर
Nov 19, 2016
भारतीय आयातले सयपत्री फूल उत्पादनमा समस्या
 दिनेश्वर गुप्ता ।
लहान ४ मंसिर । भारतीय गुणस्तरहीन कृषि उत्पादनले नेपाली उत्पादनमा ठूलो समस्या पार्दै आएको छ । यसमा कृषि उत्पादन तरकारी, दाल, माछा, कुखुरालगायत दैनिक उपभोग्य मालसमान भारतबाट आयात हुंदा स्थानीय किसानहरुलाई मार्का परिरहेको बेला सयपत्री फूल उत्पादनमा समेत असर परेको छ । वैदेशिक रोजगारको प्रभावहीन गर्न सिरहाको धनगढीमा एक दर्जन नर्सरी संचालन रहेको छ । धनगढी १० मा विगत ८ बर्षदेखि नर्सरीसंगै सयपत्री फूल उत्पादन गर्दै आएका रामकुमार चौधरी भन्छन् — सयपत्री फूलबाट सिजनमा राम्रो कमाउंन सके पनि भारतबाट ठूलो मात्रा आयात हुने फूलले हाम्रो उत्पादन अलपत्रमा पर्छन् । सयपत्री फूलको बजार जनकपुर, विराटनगर र काठमाण्डौं रहेको छ । तर, काठमाण्डौंमा भारतीय सयपत्री फूल ठूलो मात्रामा आयात हुने गरेको कारण स्थानीय फूल त्यस बजारमा पुरयाउंन ढुवानी खर्चले समस्या गरेको छ । राम्रो बजार नपाएकोले  रामकुमारले यस पटक ५ कठ्ठामा मात्र सयपत्री फूलको खेती गरेको छ । कम समयमा राम्रो आम्दानीको स्रोत रहेको, एक कठठमा लगाएको फूलबाट २५ हजारसम्म कमाई गर्छन् । असोजदेखि पुससम्म हुने यस सयपत्रीको खेती धनगढीमा पांच वटा नर्सरीले उत्पादन गर्दै आएको छ ।

करिब तीस बर्षदेखि नर्सरीमै जीवन विताएका श्रीदेव नर्सरीका श्रीदेव चौधरी भन्छन् — ‘एक मिटर साईजको माला ३० देखि ४० रुपैयांमा बेच्दै आएको छु ।’ ‘यसको माग बढीत्तर जनकपुर रहेको छ ।’‘ काठमाण्डौं ठूलो बजार भएपनि भारतीय फूलले हामी मारमा परेको छु ।’  तरकारी भन्दा फूल उत्पादन सजिलो भएपनि बजारको अभावमा उनीहरु ठूलो मात्रामा उत्पादन गर्न सकिरहेका छैन । बजार अभाव रहेपनि दशैं,दीपावली, विवाह वर्तबन्धन, धार्मिक अनुष्ठानलगायतको समयलाई पर्खेर फूल खेती गरिरहेका छन् । सिरहा जिल्लाभरी ४५ जति नर्सरी रहेपनि १० नर्सरीमा फूल उत्पादन हुंदै आएको छ । सिरहाको लहान, जिरोमाईल धनगढी, गोलबजारलगायतको नर्सरीमा फूल उत्पादन भइरहेको छ । फूल उत्पादनमा आत्मनिर्भर बनाउंन सरकारले बजारको व्यवस्थापन गरिदिएपछि भारतबाट आयात हुने करोडौंको फूल रोकिन सक्छन् । बजार राम्रो भए स्वदेशमै ठूलो मात्रामा फूल उत्पादन हुने सम्बन्धित कृषकहरुको कथन रहेको छ ।





प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता