नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
बिचार/ब्लग
Mar 14, 2015
नारी दिवस ः लिनुपर्ने अभिप्रेरणा
संगीता रेग्मी
सत्य बोल्दा आफ्नो आर्थिक आधार गुम्ला कि भनेर बुझ पचाएर कुरो गर्ने विज्ञहरूको समाजमा कुनै चेली बलत्कृत भइरहँदा उसको पीडामा संवेदना व्यक्त गर्नुको साटो , त्यसका अपराधीलाई सजाय गराउन आक्रोश पोख्नुको साटो आफ्नो छोरी चेली सुरक्षित रहेकी छिन कि छैनन् भनी घरतिर टोलाउने प्रवृति खतरनाक हुन्छ । वर्सेनी नारी दिवस आउँछ ,जान्छ । पाँच तारे होटलसम्म साना ठूला सेमिनार गोष्ठी गरिन्छ । पत्रकारहरूले टेलिभिजन, रेडियो र छापा माध्यमका दैनिक, साप्ताहिक, द्विमासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक पत्रपत्रिका, विशेषांक निकाल्न ति सेमिनार गोष्ठीको छलफललाई विषय वस्तु बनाउँछन् । कुनै कुनै संघसंस्थाले प्रधानमन्त्रीसम्मलाई महिलाहरूको दुदर्शाका बारेमा मोटो प्रतिवेदनसम्म बुझाउँछ । तर महिलाहरू पीडितकै पीडित भइरहेका समाचार पनि ती सञ्चारका माध्यमहरूमा आइरहेकै छन् । पढेलेखेका  घरपरिवारका महिलाहरू पनि पीडित छन् भने औंठाछाप घरपरिवार भएका महिलाहरू पीडित  भएका समाचारले प्रष्टयाउने गरेको छ । तर महिलाहरूको पीडालाई मूलरूपमा बुझ्ने र तिनको समाधान खोज्ने प्रयास मात्र नौंटकी भएको जस्तो बुझिन्छ । सबैले बुझ पचाए जस्तो । महिला पीडित भएको कथा कसैलाई थाहा छैन् । बालुवाटारको खोपीमा बस्ने अविवाहित प्रधानमन्त्री सुशील कोइरालालाई , तिनका आसेपासेलाई तिनका मन्त्रिपरिषद्मा बस्ने मन्त्रीहरूलाई , मन्त्री बन्न पाएका राजनीतिक दलका नेताहरूलाई कसलाई थाहा छैन् र ? महिलाको पीडा । सबैलाई थाहा छ र पनि महिला पीडित भएकै भए । अनि पाँच तारे होटलमा सेमिनार भइ राखेकै छ । अनि वर्सेनी नारी दिवस मनाइएकै छ । अनि सावित हुँदैन र सबैले बुझ पचाएर महिलाको पीडालाई बजारीकरण गरिरहेका छन् । दातृ संघ–संस्थाहरूबाट अनुदान सहयोग माग्नका लागि उनीहरूले कतै जानीजानी महिलालाई पीडित बनाइरहेका त छैनन् ? शंका उपशंका जन्मिरहेको छ ।
महिलाहरू त्यसमा पनि अगुवा महिलाहरू पनि कतै त्यही बुझ पचाईको साक्षी किनारा बस्दै आएका त छैनन्  ? यस्तो महशुस भइरहेको छ । सुरक्षा दिने सेना प्रहरीलाई हुँदा हुँदै महिला पीडित भइरहेको हुन्छ । सुरक्षा दिने सेना प्रहरीले सुरक्षाको परिभाषा र व्याख्या कतै पुरानै राखेका त छैनन् त्यो पनि शंका उत्पन्न भइरहेको छ । आधुनिक सुरक्षा व्यवस्थामा प्राविधिक उपकरणका अलावा अन्य उपायहरू अवलम्बन गर्नुपर्ने सिफारिश सरकारलाई गर्नुपर्ने हुन्छ । अपराधकर्मको व्याख्या यो २१औं शताब्दीमा बदलिएको छ । यसका मान्यता बदलिएका छन् । यसको बृहत व्याख्या विज्ञहरूले रेशा रेशका केलाएर गर्ने गरेका छन् । तर मूल रूपमा अगाडि आएका मूल मान्यताहरू अपराधी मानसिकता बोकेको (रोगी मानसिकता) भएका हुन्छन् भने अर्कोथरि परिवन्दमा परेर अपराध हुने गरेको छ ।  रोगी मानसिकताका अपराधीहरूको संख्या परिवन्दमा परेर हुनेको भन्दा न्यून हुने गरेको हुन्छ ।  प्रहरीहरूका लागि परिवन्दमा हुने अपराधीहरूको संख्या न्यून पार्न सरकारको सामाजिक सुरक्षाको व्यापकता र विस्तारबाट गर्न सकिन्छ । शैशवकालमा विद्यालयमा पढ्न नपाएर, बाल्यकालमा गाँस टार्न कठोर परिश्रम गर्नुपर्ने कार्यक्षेत्रमा काम गर्नुपर्ने बाध्यता, तिनीहरूले पाउनुपर्ने वात्सल्य, माया , प्रेमको आधारमा बरालिएर डोरिने युवाहरूबाट हुने महिला विरूद्धको अपराधका लागि दोषी खोज्नु पर्ने खाँचो छ । तिनको निर्मूलनको आवश्यकता छ । सामाजिक संरचना भित्र यस्ता परिबन्दको निर्माण गर्ने अवस्थाका जिम्मेवार हाम्रा परम्परागत समाजिक सांस्कृतिक मान्यता पनि त्यतिकै दोषी हुन्छन् । हामी छोरी चेलीलाई छोरा मान्छेको तुलनामा जन्मेदेखि नै कमजोर मानिसकताबाट हुकाउँछौं । छोरी चेली त्यही मानिसकतामा हुर्किन्छन् । छोरी चेलीले यो गर्नु हुँदैन, त्यो गर्नुहुँदैन, अबेर राति घर बाहिर जानु हुँदैन, समयमै घरमा आउनु पर्छ आदि इत्यादि यस्ता नानाथरी सुरक्षा उपाय अपनाउँछौं तर छोरा जातिका लागि इ सबै प्रकारका खुला स्वतन्त्रता उपलब्ध हुन्छ । यो प्रवृति आफैंमा कतिको हानिकारक हुन्छ त्यसको हामीले कल्पनासम्म गर्न सक्दैनौं । यो दृष्टिकोणले हामीले घर बाहिरको समाजलाई क्रुर, अपराधी र बलात्कारी बनाइरहेका हुन्छौं । महिलाहरूका लागि साँझ परेपछि नरभक्षी हिंस्रक जनावरहरूको जस्तो जंङल राज नै चलायमान हुन्छ जहाँ कुनै महिलाले फू गर्दा पनि ढल्ने पुरूषका लागि स्वतन्त्र विचरण गर्न सहज तर सशक्त महिलाका लागि त्यो असहज बन्न पुग्छ । अनि हामी तारे होटलमा छलफल गरिरहेका हुन्छौं नारी स्वतन्त्रताको , नारी स्वतन्त्रताका बारेमा नामूद नामूद विचारकहरूको कथनलाई कोट अन कोटमा उल्लेख गरिरहेका हुन्छौं ।  तर साँझ परेपछि हिंस्रक जङगल भइरहेको हाम्रा शहर गाउँलाई महिलाहरूका लागि सहज विचरण गर्न सकिने स्थलको निर्माण गर्न चाहिरहेका छैनौं । हाम्रा चेलीबेटीलाई सहरमा बनेको युएन पार्कको रूखहरूको फेदमा बसेर आकाशमा टहटहाउँदो जुनको मनोरम दृश्य अवलोकन गर्न पाउन छुट दिन चाहिरहेको हुँदैनौं किनभने आफूभित्रको कालोकुकुर (ब्ल्याक डग)ले उग्रवेगलाई घरभित्रको सङिनीसँग शान्त पार्न नचाहेर बजारमा निर्माण गरिएकी बजारूहरूसँग त्यही युएन पार्कमा रमन गर्नुपरेको जो हुन्छ । हामी यस्तै यस्तै आर्थिक समाजिक सांस्कृतिक सम्बन्ध भएको समाजिक प्रणालीमा जो रमाइरहेका छौं । अनि फेरि पनि दिउँसो चारतारे होटलमा नारी स्वतन्त्रता विषयक गोष्ठीमा प्रवचन दिइरहेका छौं । समाजको कुनै वस्तु कुनै व्यक्ति मात्रको उत्पत्ति हुँदैन र हुन सक्दैन् । लघु दृष्टिकोणमा यो कुनै व्यक्ति मात्रको उत्पत्ति हुन सक्छ तर बृहत दृष्टिकोण कुनै पनि वस्तु वा सेवाको उत्पादन कुनै व्यक्तिको होइन सामूहिक हुन्छ । उदाहरणका लागि तपाईले दुई ओठबीचको अन्तरबाट मुखमा छिराउन खोज्नु भएको पहिलो गाँसको निर्माणको समग्र प्रक्रियालाई विचार गरेर त हेर्नुस । जवाफ तपाईलाई गाँस मुखमा छिर्न अघि दिमागमा आइबस्छ । भन्नु पर्दैन् । समाजिक संरचनाको दोष कुनै व्यक्तिलाई थोपरेर समस्याको समाधान गर्न खोज्नु उमालेको पानीले कुनै शत्रुको घर जलाउनु जस्तै हुनेछ ।
शत्रुको घर जलाउन उमालेको पानीले होइन राँको नै चाहिन्छ । राँकोले नै शत्रुको घर जल्ने हो । त्यसको राप सहन सक्ने शक्ति घर जलाउनमा हुनु पर्ने हो । महिला स्वतन्त्रताका लागि यसको दोषीहरूका किटान गरी यसको निर्मूलन सामूहिकरूपमा गर्नुपर्ने हुन्छ । यसको निदान व्यक्तिगत रूपमा हुँदैन् । यसबारे समाजको संरचना र राज्यको संरचना तदनुरूपको विचारबाट गर्नुपर्ने हुन्छ । अराजक विचारको अवलम्बन अराजकतालाई निम्त्याउँछ ।  मानव इतिहासमा उपलब्ध विचारहरूको मन्थन गरी नेपाली समाजको आधारभूत संरचनामा आर्थिक सामाजिक सांस्कृतिक सम्बन्धको व्याख्या र त्यसको पुराना विचारहरूको विस्थापन खोज्नुपर्ने हुन्छ । तर सरसर्ती अवलोकन गर्दा घरदेखि गाँउ गाउँदेखि शहर र शहर देखि राजधानीसम्मको व्यवहारलाई अवलोकन गर्दा त्यो सर्वव्यापी आचरण र व्यवहारबाट परिचालित भएको पाइँदैन् । सत्य बोल्दा आफ्नो आर्थिक आधार गुम्ला कि भनेर बुझ पचाएर कुरो गर्ने विज्ञहरूको समाजमा कुनै चेली बलत्कृत भइरहँदा उसको पीडामा संवेदना व्यक्त गर्नुको साटो , त्यसका अपराधीलाई सजाय गराउन आक्रोश पोख्नुको साटो आफ्नो छोरी चेली सुरक्षित रहेकी छिन कि छैनन् भनी घरतिर टोलाउने प्रवृति खतरनाक हुन्छ । हामी घरबाट अफिस र अफिसबाट घर जाने नियमति पथका पथिक बनेर इज्जतदार बन्न खोजिरहँदा खतरनाक कर्म गरिरहेको पत्तो हुँदैन् ।
हामी भित्र घरजम गरिरहेको मुर्दा शान्ति जो सबैभन्दा खतरनाक चीज हुन्छ त्यसबारे बेखबर भइ टोलको चौतारोदेखि पाँच तारे होटलको पोडियममा ठेलीका ठेली तर्क प्रस्तुत गरेर महिलाहरूको मुक्ति किमार्थ हुन सक्दैन् । यो त समग्र मुक्तिको राँको बालेर एक एक शत्रुलाई डढाउने बेला परिपक्व भइरहेको छ । महिला मुक्तिका शत्रुलाई डढाउन राँको बालेर तयार होऔं । लोटामा उमालेको पानी लिएर शत्रुको घर डढाउन नसकिने सत्य  बुझौं । महिला मुक्ति नभएसम्म कोही मुक्त हुन नसक्ने सत्यलाई आत्मसात् गरौं । महिला मुक्ति समग्र मुक्तिको सर्वाधिक मुख्य हिस्सा भएको विषयलाई बुझ्नु नै नारी दिवसको अवसरमा लिनुपर्ने मुख्य अभिप्रेरणा हुनेछ ।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता