नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Nov 12, 2016
मधेशीको भोटले म प्रधानमन्त्री बन्न पाए ः प्रम प्रचण्ड

  लहान, २६ कात्तिक । मधेशीले भोट नदिएको भए आज म प्रधानमन्त्री भएर यसरी बोल्न पाउंने थिएन । मधेशकै भोटबाट प्रधानमन्त्री बन्न पाएकोले यहांको जनताले उठाएको माग जसरी पनि पूरा गर्न प्रतिबद्ध रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले बताउंनुभयो । सिरहाको चोहर्बामा आज जनसभाको सम्बोधन गर्दै प्रचण्डले मधेसी, थारु, जनजातीलगायतका जायज माग सम्बोधन हुनेगरी एक दुई दिनभित्रै संविधान संशोधनको प्रक्रिया अगाडी बढ्ने बताएका छन् । 

प्रधानमन्त्री भएपछि पहिलो पटक शुक्रवार आफ्नो निर्वाचन क्षेत्र सिरहा क्षेत्र नं. ५ चोहर्वा आएका प्रधानमन्त्री प्रचण्डले सबै दलहरुसँगको छलफल अन्तिम अवस्थामा पुगेको भन्दै अब चाँडै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने दावी गरेका हुन् । प्रचण्डले आफ्नो मधेस र मधेसी जनतासँग अझै प्रेम रहेको बताए । ‘केहीसाथीले मैले भनेको कुरालाई गिल्ला गरेर उडाउने गरेको भएपनि संविधानपछि मधेसी जनतासँग मेरो प्रेम–माया कति छ भन्ने प्रमाणित भएर देखाउँछ बताउंनुभयो ।  सोहीक्रममा जिल्ला तथा क्षेत्रका विकास निर्माणकार्यको घोषणासमेत गरेका छन् । उनले मिर्चैया नगरपालीकाको ढलनिकास ढल, छिटो–छरीतो र सजिलोको लागि मिर्चैयामा इलाका प्रशासन, मालपोत, नापी लगाएतका कार्यालयहरु स्थापना गर्ने, जमदह–लगडी गदियानी सडक कालोपत्रे गर्न बजेट व्यवस्था गर्न सम्वन्धित कार्यालयका प्रमुख तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिए । बैदेशिक रोजगारीमा जाने तराइ मधेसका जनतालाई सुविधाहुनेगरी आगामी ४५ दिनभित्र जनकपुरमा वैदेशीक रोजगार कार्यालयको स्थापना गर्न पनि उनले निर्देशन दिए । त्यसैगरी सिरहाको लामिडाँडामा एरपोर्ट निर्माणकोलागि बजेट व्यवस्था गर्ने, जिल्ला अस्पताललाई १५ बेडबाट ५० बेडकोलागि स्तरोन्नती, पस्तीपुर–सिकरौन सडक कालोपत्रै लगाएतका एकदर्जन बढी विकास निर्माणका कार्यक्रम घोषणा गरेका छन् । सभालाई सम्वोधन गर्दै कानुनमन्त्री अजयशंकर नायकले मधेसी जनताको भावानुकुल नै कानुनहरु बन्ने बताए । उनले सवै निकायमा समानुपातीक तथा समावेशी लागुहुने गरी कानुन बन्ने बताए । यसैबीच, प्रधानमन्त्री प्रचण्डले  पुर्बाञ्चलको पहिलो आबासीय नमुना बिद्यालय श्री मोहन माबि मिर्चैयाको नबनिर्मित भबनको सिल्यानास गर्दै सिरहा जिल्लाका अन्य स्कुलबाट  एसएलसी परीक्षमा ए प्लस ल्याई उतिर्ण गर्ने  छात्रालाई नगद ५ हजार दिई सम्मान गरेका छन  ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता