नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Oct 30, 2016
ब्लुबुक लिएपछि ट्राफिक प्रहरीलाई मासु—रक्सी
  लहान, १३ कात्तिक । सिरहाको धनगढीमाई नगरपालिकामा ट्राफिक प्रहरीले अनाहकमा सवारी चालकलाई दुःख दिने गरेको खुलासा भएको छ । धनगढी प्रहरीसंग आबद्ध रहेका प्रसनी सचेन्द्र यादवले  केही समयदेखि मोटरसाईकल चालक तथा अन्य सवारी चालकका  ब्लुबुक लिएर सांझमा भेट्न आदेश दिने गरेको छ । यो एउटा घटना कात्तिक ८ गते हो । धनगढी ३ निवासी सुर्यदेव महतोको लक्ष्मी सुपरट्राभल्स धनगढीदेखि अम्बास चल्ने  बसको ब्लुबुक लिएर २५ सय रुपैयां माग गरियो । सो रकम प्रसनी सचेन्द्र यादवले धनगढीको महेश होटलमा सांझतीर लिएर आउंन भनियो । ब्लुबुक खोसेपछि सुर्यदेव महतो त्यस होटलमा पुग्ने नै भयो । होटलमा प्रसनी यादवलगायत तीन चार जनाले मासु रक्सीे खादैं जांदा २५ सयको ठाउंमा ३५ सयको विल बनियो । एक हजार बढीको विल भएपछि सुर्यदेव महतोले भने ‘म संग २५ सय मात्र छ । बांकी रकम तपाई आफै तिर्नुस् ।’ यतिकैमा प्रहरी र महतोबीच विवाद भयो । विवादकै क्रममा एक जनाले जिल्ला प्रहरी कार्यालय सिरहामा फोन हानियो । यता, लहानबाट डिएसपीसहितको टोली धनगढी पुग्दा प्रसनी सचेन्द्र यादव रातीभरी फरार रहे । प्रसनी सचेन्द्र यादव रक्सी खाएकोले मापसे चेकिंगको कारण हाजिरी भएन् । त्यसको भोलीपल्ट कात्तिक ९ गते जिल्ला ट्राफिक कार्यालय लहानले प्रसनी यादवलाई २४ घण्टे स्पस्टिकरणको माग गरेको छ । यसबारे प्रहरी निरिक्षक आमोदकुमार खेरबारले भने ‘कारवाहीको प्रक्रिया जारी छ । तर, डिएसपी राजकुमार केसी स्वंम त्यस केसमा गएकोले म केही भन्न सक्दिन् ।’ धनगढी क्षेत्रमा प्रसनी यादवको यो एउटा उदाहरण मात्र हो । यस्ता कैयन सवारी चालक उनीसंग पीडित छन् । चेकजांचको नाममा यस्ता घुसखोरी गरी दिउंसै रक्सी खाने ट्राफिक प्रहरीलाई कस्तो कारवाही हुने हो सम्बन्धित निकायलाई नै थाहा हुनुपर्छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता