पानी र जवानीलाई कन्ट्रोल गर्न सकिदैन् ? शिक्षामा नै बहुविवाहको बढावा
दिनेश्वर गुप्ता ।
लहान, ८ कात्तिक । बहुविवाह अपराधिकरण हो भने यसलाई बढावा दिने काम शिक्षा क्षेत्रबाट नै हुने गरेको डा.महादेव साहले बताउंनुभयो । ओरेक नेपाल सिरहा लहानले आयोजना गरेको आज महिला हिंसाको अवस्था, नागरिक समाज तथा जिम्मेवार निकायहरुको भूमिका विषयक जिल्ला स्तरीय परामर्श गोष्ठीमा डा.साहले गुरुप्रसाद मैनालीको नासो कथामा बहुविवाह प्रथाको शिक्षा दिने गरेको भन्दै यस्तो अपराधिक शिक्षालाई हटाउंन उहांले जोड दिनुभयो । डा.साहले विद्यार्थी कालदेखि दिईने शिक्षा वैज्ञानिक हुनुपर्छ । यस्ता अपराधिक शिक्षाप्रति महिला अधिकारकर्मीहरु चिन्त्तन मनन गर्नुपर्ने र यसको विरुद्धमा आन्दोलन गर्नुपर्ने आजको आजको आवश्यकता रहेको बताउंनुभयो ।
वैदेशिक रोजगारको सवाललाई जोड दिंदै अधिकारकर्मी रेणुकर्ण यादवले पानी र जवानीलाई कन्ट्रोल गर्न सकिदैन् ? भन्दै पानीलाई कुलो खनेर र जवानीलाई योगा तथा पौराणिक संस्कृतिको आधारमा माइनेज गर्न सकिन्छ बताउंनुभयो । महिलालाई घरायसी दवावबाट स्वतन्त्रता दिनुपर्छ भन्दै कर्णले वैदेशिक रोजगारीको कारण समाजमा कुसंस्कृतिको विकास भइरहेको छ । यसमा स्वतन्त्रता भए आफ्नो जिम्मेवारी पुरा गरेर समस्या निवारण गर्नुपर्छ कर्णले बताइन् । कर्णले सिरहाको दक्षिणी ग्रामिण क्षेत्र झाझपटटीमा सांझ पर्ने वितिकै बालबालिका बलात्कारका शिकार हुन्थ्यो । तर, अधिकारकर्मीको सक्रियता बढेपछि त्यसक्षेत्रमा यस्ता घटनाहरुमा न्यूनिकरण भएको उनले बताइन् ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय लहानका प्रमुख तुलसीराम पौडेलले महिला र पुरुषबाट एउटा परिवार निर्माण हुन्छ । यसैले कांचो र पाकेको ईटाले एउटा वाल सवल हुन नसक्ने भन्दै दुवै पाकेको ईटाले निर्माण भएको वाल मजवुत हुन्छ भन्दै परिवारमा महिला र पुरुषबीच विभेद कद्दापी हुनुहुंदैन बताउंनुभयो ।
कार्यक्रममा ओरेक नेपालकी निलम यादव, देवकुमारी महरा, गंगा अधिकारी, ईलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर पांचु चौधरी, दुर्गा परियार, रामभरोसी महतो, साना हातका प्रतिनिधिलगायतले महिला हिंसा न्यूनिकरण गर्न जोड दिएका थिए । सो कार्यक्रममा ओरेक नेपाल परियोजना सिरहाले २०१६ जनवरी १ देखि सेप्टेम्बरसम्ममा महिलामाथी ९ महिनाभित्र भएको १ सय ९ घटना सार्वजनिक गरेको छ । कुटपिट ४९ , बलात्कार ५ , बलात्कारको प्रयास ३ , बहुविवाह ७ , मानसिक यातना २४, आत्महत्या ३ , यौन हिंसा ४, बोक्सीको आरोप ४, घरेलु हिंसा ७, दाईजोको कारण कुटपिट, मानसिक यातना ३ वटा रहेको सार्वजनिक गरेको छ । सिरहामा सुरक्षाबासको अभाव रहेको पीडित महिला झन् पीडित भईरहेको अवस्था छ ।