नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
कला र मनोरञ्जन :
Oct 08, 2016
झिझिया नाचभित्रको गालीगालौज हटाउंन जोड
सिरहा, २२ असोज । पूर्वी मधेशमा झिझिया नाच विशेष रुपमा मनाउंने गरेको छ । यस पौराणिक नाचमा समाजलाई नपच्ने किसिमको गालीगलौजले विकृति बढाउंन थालेको छ । यस्ता विकृति ( तोरा बेटाके खेबौं ) जस्ता गीतमा संशोधन गर्नुपर्ने र यसलाई आधुनिकतर्फ लैजाउंनुपर्ने आजको माग रहेको मानव अधिकारकर्मी राजकुमार राउत बताउंछन् । सोहीक्रममा मधेशको मिथिलाको प्रचलित लोक नाच भिझियाको संरक्षण, सम्वद्ध तथा प्रवद्धनमा सहयोग पुर्याउने उदेश्यका साथ विहीबार साँझ सिरहामा आयोजित झिझिया फेस्टिबल २०१६ सम्पन भएको छ । कार्यक्रममा विभिन्न भिझियाँ नाच प्रदर्शन गरी सो फेस्टिबल मनाइएको हो । भिझिया फेस्टिबल २०१६ का मूल आयोजक समितिले सिरहाको चउमाबिको प्राङ्गनमा आयोजना गरिएको सो फेस्टिबलको प्रमुख अतिथिका रुपमा रहेका सांसद बिरेन्द्र महतोले ढोल बजाएर झिझियाँ फेस्टिबल उदघाटन गरेका थिए । उदघाटनपछि सांसद महतोले झिझिया लोक संकृतिसंग गासिएको ले यसको संरक्षणका लागि संबिधानमा नै उल्लेख गर्नुपर्ने । संबिधानमा उल्लेख नभएसम्म हामी चुप लागेर बस्न सक्दैनौ भनी प्रमुख अतिथि सांसद महतोले बताए । विशिष्ठ अतिथि सिरहाका प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धर र प्रहरी प्रमुख श्यामलाल ज्ञावाली, अतिथिहरु पत्रकार महासंघ सिरहा शाखाका सभापति देवकुमार यादव, एमालेका जिल्ला अध्यक्ष प्रमोद यादव, लगायत अन्य पार्टीका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष नविन यादव लगायत हजारौं दर्शकको उपस्थिति रहेको आयोजकले बताएका छन् ।
फेस्टिबलमा झिझियाँ नृत्य निर्णायक समितिमा पत्रकार महासंघका सभापति देव कुमार यादव, धिरेन्द्र प्रियमर्शी लगायत चार सदस्य रहेका थिए । 
सो फेस्टिबलमा भिझियाँ नाचमा पहिलो हुने सनेचरी देवी कामतलाई १५ हजार, दोस्रो हुने सनेचरी देवी दास लाई १० हजार, तेस्रो हुने कारी देवीलाई ७ हजार ५ सय, चौथो हुने समुन्द्रि देवी पासवानलाई ५ हजार लगायत ७ जनालाई पुरस्कृत गरेको आयोजकले जनाएका छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता