नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
खेलकुद समाचार :
Oct 08, 2016
स्वस्थ र क्षमतावान जनशक्तिको लागि खेलकुदलाई प्राथमिकता दिनुपर्छ ः सांसद यादव
लहान, २२ असोज । म खेलकुदबाट राजनीतिकमा आएको हुं, खेलाडीप्रति मलाई औंधी माया छ सांसद रामचन्द्र यादवले बताउंनुभयो । 
खेल जगतलाई आगाडि बढाउंने प्रतिबद्धता गर्दै सिरहा क्षेत्र नम्बर ४ का सांसद रामचन्द्र यादवले आज धनगढीमाई नगरपालिकामा देवकुमार मगर स्मृति फुटवल प्रतियोगितामा विजय खेलाडीलाई पुरस्कार वितरण गर्दै सो कुरा उहांले बताउंनुभयो । 
सांसद यादवले स्वस्थ जनशक्ति र क्षमतावान युवा बनाउंनको निम्ति खेलकुदलाई नै प्राथमिकताका साथ अगाडि बढाउंनुपर्ने आवश्यकता रहेको बताउंनुभयो । 
आज देशका स्वस्थ जनशक्तिको अभावले उत्पादनमा कमि आएको छ । हामी आयात गरेर मालसमान उपयोग गरिरहेका छौं , जब आफ्नै उत्पादन गर्न सक्ने क्षमतामा जोड दिंदै सांसद यादवले स्वस्थ जनशक्तिलाई वैदेशिक रोजगार जतिको तलब स्वदेशमै दिएर आधुनिक नेपाल बनाउंनुपर्ने बताउंनुभयो । 
देवकुमार स्मृति फुटवल प्रतियोगिता असोज १४ गतेदेखि शुरु भएर २१ गते सांसद यादवका प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सो प्रतियोगितामा ८ टिम सहभागी भएका थिए । जसमा गोलबजार प्रथम विजेता भएका छन् भने बर्दिवास २ गोल गरेर दोस्रो विजेता भएका थिए । गोलबजारले बर्दिवास विरुद्ध ४ गोल गरेर प्रथम विजेताको रुपमा अगाडि बढेका छन् । आज भएको फाइनल खेलमा म्यान अफ दी म्याच, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता,  उत्कृष्ट   खेलाडीहरुलाई नगद तथा  प्रमाणपत्र प्रदान गरिएको थियो ।  सो फुटवल प्रतियोगितामा बानो, वागमती, बेलटार, कटारी, बिरेन्द्र बजार र आयोजक टिम जिरोमाईल समेत सहभागी भएका थिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता