नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Mar 14, 2015
?आफ्नो खुट्टामा उभिएर बाच्न सिकायो?
शेखर कार्की
लहान । जिल्ला सिरहा न.पा.वार्ड न.७ की सामाजिक परिचलाक ज्योती कुमारी साहको संघर्षपुर्ण र अरुलाई पनि प्रेरणादायक जीवन कथा लेख्न गइरहेको छु ।  उनी साधारण परिवारमा जन्मेकी साह (हलुवाई) जातको चेलीबेटी हुन् । उनको घरको आर्थिक अवस्था अति नै कमजोर भएपनि उनका बुवाले दुःख गरेर उनलाई २०५४ सालमा एस.एल.सी. उर्तीण गराउनु भयो । उनी अरु पढ्न चाहन्थिन् त्यसै बीचमा उनको बुवाको निधन भयो तैपनि उनले टोलका नानीहरुलाई टियूसन पढाएर आई.ए.सम्मको अध्ययन पुरा गरिन् । त्यसपछि उनको प्रेम विवाह भएको रहेछ र उनको जीवन केही हदसम्म सुखमय वितिरहेको थियो । त्यसै क्रममा उनी एउटा छोराको आमा पनि बन्न सफल भइछन् ।
    विधिको विडम्बना पनि कस्तो अचम्बको रहेछ, उनको जीवनमा एउटा ठूलो भुकम्प आएजस्तो भयो, उनका श्रीमान् अचानक काल गतिले वित्नु भयो र उनी यो संसारमा एक्लो भइन् । त्यसबेला उनले आफूलाई मर्नु भन्दा केही देखिन छिन्, त्यतीबेला उनका लागि संसार अन्धकार थियो । र उनले मर्नका लागि विष समेत पिइछन् तर भाग्यले बाच्न सफल भइछन् । फेरी उनलाई सानो छोराको याद आएछ र उसको लागि भए पनि बाच्नु पर्छ जस्तो सोच आएछ ।
    जीवन बाच्नका लागि र छोराको शिक्षाका लागि काम नगरी कसरी चल्न सक्छ र ? त्यसका लागि उनले कामको खोजी गर्न थालिन् । उनी रुदै भन्छिन्, सर ! काम खोज्न धेरै संघर्ष गर्नु प¥यो ।
    काम पाउदै नपाउने पाइ हाले पनि विभिन्न विध्नवाधाहरुको सामना गर्नुप¥यो रे उनले । तर एलजिसिडिपीको काम आफ्नै बलबुता, योग्यता र क्षमताले पाएकोमा उनी खुशी छीन् । मधेसी समुदायको एउटा विधवा जो यदि बुढि भए बोक्सी र तरुनीमा विधवा हुन्छिन् भने वेस्या भनेर हेला गर्ने चलन रहेछ । यहाँसम्मकी बुढी आइमाईलाई दिसा समेत खुवाइ दिने गर्छन् र तरुनी विधवालाई हातखुट्टा बाँधेर फोहर नालापानीमा हालेर कुट्ने गर्छन् । आँखा रसाउदै उनले सुनाइन यी सबै समस्याहरु पनि भोग्नु प¥यो रे उनले । तर पनि जीवन बाँच्न हार नमानी उनी अगाडी बढिरहिन् । यसै क्रममा अनेक समस्याको बाबजुद उनले छोराको शिक्षालाई निरन्तरता दिदै आफूले पनि बि.ए.पास गर्न सफल भएन् । यो उनको लागि जीवनको ठुलो उपलब्धि थियो ।
    हाल उनी यस एलजिसिडिपी कार्यक्रम अन्तर्गत लहान न.पा. वार्ड न. ७ मा सामाजिक परिचालकको रुपमा काम गरिरहेकी छिन् । समाजकमा एउटा एकल महिलालाई पनि बाच्ने अधिकार छ, उसले पनि कर्म गर्न र अरु समान जीवन जीउन पाउनु पर्छ भन्ने उदाहरण उनी आफुबाट नै दिन चाहन्छिन् । उनी समाजको यस किसिमको रुढीवादी सोचलाई बदल्न चाहन्छिन् । उनको कार्यक्षेत्रमा उनी जस्ता पीडित महिलाहरुको न्यायका लागि आज उनी लडिरहेको छिन् । समाजमा पीडित, असाहाय, एकल महिलालाई हक अधिकार दिलाउनु उनले आफ्नो पहिलो धर्म सम्झी, उनीहरुको दुःखलाई आफ्नै दुःख सम्झी ज्योती दिनरात काम गरिरहेकी छिन् । उनको कामलाई आजका दिनमा समुदायका अरु मानिसहरुले पनि साथ दिन थालेका छन् । हिजो आज उनलाई नासके, वनाम, राजनितिक दल, सबै क्षेत्रबाट सहयोग प्राप्त हुन थालेको छ । उनी खुसी हुदै भन्छिन्ः मुरी मुरी धन्यवाद छ । एलजिसिडिपी कार्यक्रमलाई जसले मलाई समाजमा सेवा गर्ने अवसर दियो, मलाई आफ्नो खुट्टामा उभिएर बाच्न सिकायो । उनी हिजोआज अरुका लागि प्रेरणाको श्रोत भएकी छिन् ।
(तयार गर्नेः शेखर कार्की—नगर शासन विज्ञ, लहान नगरपालिका, सिरहा)


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता